Best Online News From Nepal

शास्त्रको निर्देशन यो हो कि सान्सारिक कार्य निर्वाह गरेर मानव जीवन परमार्थको काममा लगाउनु ।

नारद ढुंगाना

19961164_771105176400267_5950611313225741_n

शास्त्रको निर्देशन यो हो कि सान्सारिक कार्य निर्वाह गरेर मानव जीवन
परमार्थको काममा लगाउनु । यस्तो जीवन धेरै प्रसन्सनीय हो । यो कुरा
हाम्रो वैदिक शास्त्रको भनाइ हो । घुमाइ फिराइ सवै धर्मग्रन्थहरूको लक्ष
यहि हो । मानव जीवन अती धनी भएर शक्तिशाली भएर अरूमाथि शासन
गर्न होइन बरू विश्ववन्धुत्वको भावनामा रहेर अरूलाइ पनि यस्तै भावना
दिएर यहाँका स्थावर जंगम सवैको जीवनलाइ आफ्नै जीवन मान्न सिकाएको
छ । वैदिक धर्ममा एकरूपता छैन भन्ने आरोप विधर्मि वा धर्मभ्रष्टहरूले
लगाउने गरेका छन । तर वैदिक धर्म अनुसारको धर्माचरण नगरेका सित
एकरूपता हुन कसरि सक्ला । मूलको संङ्ग्लो पानीमा वर्षाको धमिलो पानि
मिसिन कसरि होला । यदि संङ्ग्लो पानिसित एकरूपताहुनु छ भने धमिलो
पानि संङ्ग्लिन अनिवार्य छ । आहार आचार ले व्यवहारमा फरक पार्छ ।
सकरात्मक चिन्तन गरेर गम्भीर रहने मानिस सित सान्सारिक मनोरन्जनात्मक विषयमा गरिने चर्चामा कसरि सहभागी हुन सक्छ ।
जगतमा जति आकृति फरक छ त्यत्तिनै उस्को प्रकृतिमा पनि फरक
हुन्छ । हडताल र आन्दोलन गरेर परिक्षामा उतीर्ण हुन चाहने विद्यार्थि
आफ्नो आचार व्यवहार आहारमा सात्वीकता नआइ कराएको भरमा
अरूसित समान हुन चाहने मानिस भँडुवा मात्र हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *