भगवान भोले बाबा शंकर कै स्वरूप आदि शंकराचार्यले ८ औं शताब्दीमा अद्वैत दर्शनको प्रतिपादन गरी चार पीठहरू
(१) पूर्वमा गोवर्धन पीठ २) पश्चिममा द्वारका शारदा पीठ ३) उत्तरमा ज्योतिर्मठ पीठ र ४) दक्षिणमा सृंगेरी शारदा पीठ को स्थापना गरी शंकराचार्य परम्पराको शुरूवात गर्नु भयो अर्थात यी चार पीठहरूमा शिद्ध योगी शंकराचार्य हुने परम्पराको शुरुवात ८ औं शताब्दीदेखि भएको हो।
शंकराचार्य पदवी स्वयम् भगवान शिवजी स्वरूप आदि शंकराचार्यले ८ औं शताब्दीदेखि सुचारू गरेको पदवी हो, जसमा आशिन हुन १) वेदान्तको पूर्ण ज्ञाता हुनुपर्ने २) आजिवन विवाह नगरेको पूर्ण ब्रम्हचारी भै परमब्रम्ह परमात्माकै योगमा आरूढ भएको हुनुपर्ने ३) सन्यासी दण्डधारी हुनुपर्ने आदि न्यूनतम योग्यता आवश्यक हुंछ।
आदि शंकराचार्यद्वारा स्थापित उत्तरको ज्योतिर्पीठमा पद खाली भएछ जसमा नेपालकी हेमानंद गिरी आशिन हुने खवरले म सहित हामी सबै नेपाली हर्षित भएका थियौं।
तर भारतको शंकराचार्य नियुक्य गर्ने आधिकारिक सन्तविद्धत परिषद “काशी विद्धव परिषद”ले हेमानंद गिरीलाई सिफारिस गरेनछ तर अन्य अखिल भारत विद्धत परिषद भंन्नेले भने सिफारिस गरेछ। विवादमा घेरिएपछि नेपाल मै एक नया शंकराचार्य पीठको स्थापना गरी हेमानंद गिरीलाई नेपालको नया शंकराचार्य पदमा आशिन गराउने कुरो भएछ।
यहाँ हामी समस्त वैदिक सनातन हिन्दुधर्मी नेपालीहरूले यो बुझ्नु आवश्यक छ। पहिलो कुरो त अध्यात्म भनेको मनुष्यले बनाएको भौगोलिक सिमानामा बाँधिएको हुदैन। अध्यात्ममा भारत, नेपाल, म नेपाली, तँ भारतीय, त्यो अमेरिकन भन्ने हुदैन। दोश्रो कुरा शंकराचार्य पीठ स्वयम् भगवान शंकर स्वरूप आदि शंकराचार्यले चार स्थानहरूमा स्थापित गरिसकेको अवस्थामा हाम्रा पदलोलुप नेताहरूले सत्ता बचाउन र चाकडी गर्न मंत्रालय थपे झै थप्न मिल्ने कुरो हैन। तेश्रो कुरो, अध्यात्ममा विचारा, आहा, छि छि जस्ता मनोभावको स्थान हुदैन कि शंकराचार्य पद कोही विचारा, अशक्त, लुलो आदि लाई दिइयोस वा आजकल नेताहरुको स्वार्थी समूहगत राजनीति झै कोही दलित, आदिवासी, मधेसी, मुसलमान वा महिलालाई दिइयोस। स्मरणीय रहोस, शंकराचार्य पद कुनै राजनीतिक पद वा समूहगत पद हैन अपितु समस्त हिन्दुहरूलाई मार्गदर्शन गर्ने विशुद्ध योगी महात्माको पद हो, आवश्यक योग्यता कै योगी/महात्मा पूर्वनिर्धारित आधिकारिक पदमै आशिन रहून।