Aviral Yatri / Malesia
वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया आयका सप्तरीका एक नेपाली युवाको हिजो आइतबार मृत्यु भएको छ।
मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर, खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केलाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु भएको बताइएको छ