Best Online News From Nepal

वीरगञ्ज नाकाबाट डेढ करोडको फूल आयात

अर्जुन भुसाल , भारतबाट सयपत्री, गोदावरी लगायतका फूल व्यापारीहरुले आयात गर्ने गरेका छन् ।  बजारमा प्लाष्टिकका फुल पनि देखिन थालेको छ ।देशकै प्रमुख भन्सार नाका वीरगञ्जबाट चाडपर्वलाई लक्षित गरेर झण्डै डेढ करोड मूल्य बराबरको फूल आयात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म २ लाख ७८ हजार किलो फूल आयात भएको हो । जसको १ करोड ४० लाख मूल्याङकन गरिएको छ । फूलबाट वीरगञ्ज भन्सार कार्यालयले ७ लाख १२ हजार रुपैयाँ राजश्वसमेत संकलन गरेको छ ।७३ लाख मूल्य बराबरको फूल आयातबाट कार्यालयले ३ लाख ५० हजार राजश्व संकलन गरेको थियो ।

यस वर्षमा आयात अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ ।  सूचना अधिकारी यादवका अनुसार आयात बढेका कारण फूलबाट राजश्व पनि सोही अनुसारकै संकलन भइरहेको छ । ‘फूल आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ, सँगै ५ प्रतिशत अग्रिम आयकर पनि बुझाउनुपर्ने नयाँ व्यवस्था छ,’ उनले भने, ‘त्यसले गर्दा अघिल्लो वर्षको तुलनामा आयात धेरै नबढेपनि दोब्बर राजश्व संकलन भएको देखिन्छ ।’

चाडवाडका लागि लक्षित गरेर वीरगञ्ज भन्सार नाका हुँदै