Best Online News From Nepal

विश्वका अर्बपतिहरुको सूचीमा फेरि पनि अटाए विनोद चौधरी

विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनः समावेश भएका छन् । संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का अर्वपतिहरुको सूचीमा नेपाली उद्योगी विनोद चौधरीलाई समावेश गराएको हो ।

फोब्र्सका अनुसार, चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब १० अर्ब रुपैयाँ रहेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उनी विश्वका अर्बपतिको एक हजार ५ सय ७७औं स्थानमा परेका छन् ।

नबिल बैंक एवम् सिजी इलेक्ट्रोनिक लगायत कम्पनीका मालिक ६० वर्षीय चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गर्नुभएको फोब्र्सले उल्लेख गरेको छ । चौधरीका भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ ।

उक्त म्यागेजिनले विश्वको एक नं सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *