स्पेनिस वेंगर जोर्डि अल्वाले विश्वकप मैदानमा यदि मेस्सी भेट भए उनी आफ्नो मित्र नरहने बताएका छन् ।
जोर्डी अल्वा र मेस्सी बार्सिलोनाका खेलाडी हुन् । दुवैबीचको मित्रता अत्यन्त गाढा छ । तर अल्वाले विश्वकप फुटबलको प्रतिस्पर्धामा यदि स्पेन र अर्जेन्टिनाको भेट भए आफ्ना लागि मेस्सी मित्र नभई प्रतिद्वन्द्वि हुने जनाए ।
फुटबल खेल सम्बन्धी चर्चित पत्रिका मार्कासँगको कुराकानीमा अल्वाले भने “मेस्सी एक विश्व उत्कृष्ट खेलाडी हुन् । तर विश्वकप मैदानमा भेट भए मैले मेस्सीलाई हराउन कुनै कसर बाँकी राख्ने छैन् । म कसैलाई मैदानमा आफूलाई पछिपार्न दिने छैन् ।”
अल्वाले फुटबल मैदानमा आफ्ना पितानै विरोधी भए उनलाई पनि आफूले नछाड्ने बताएका छन् । मेस्सी र अल्वाको उत्कृष्ट प्रदर्शनमा यसपटक बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रे कपको उपाधि हात पारेको छ ।
गत मार्च २७ तारिखमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अल्वाको टोली स्पेनले अर्जेन्टिनामाथि ६–१ को जित निकालेको थियो । त्यसबेला मेस्सी घाइते भएका कारण मैदानमा उत्रेका थिएनन् ।
Source: www.dcnepal.com