Best Online News From Nepal

विप्लव नेकपा माओवादी परित्याग गरि सूर्यबहादुर भेटवालको नेतृत्वमा पर्यटन व्यवसायीहरुको ठूलो समूह एमालेमा प्रवेश

विप्लव माओवादीका पर्यटन व्यवसायीको संगठनका केन्द्रिय सचिव सूर्यबहादुर भेटवालको नेतृत्वमा  आज एक कार्यक्रमकाबीच सबै कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् । सूर्यबहादुर  भेटवालको नेतृत्वमा आएका राममनी काफ्ले, मनिससिंह कपाली, राज रन्जितकार, तीर्थराज ढुंगेल, कुशल पाण्डे, हर्कराज राई, राजन गजुरेल, किरन श्रेष्ठ, रमेश बास्तोलालगायतका व्यक्तिहरुलाई नेकपा एमाले पर्यटन विभागका प्रमुख सूर्य थापाले टिका र खादा लगाइ पार्टी प्रवेश गराएको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सचिव तथा प्रचारप्रसार विभाग प्रमुख अन्जन थापाले जानकारी दिए ।


आजै बसेको संगठनको बैठकले सात वटै प्रदेशमा प्रदेश कमिटि गठन गरिसकेको हुँदा अब छिट्टै अधिवेशन गर्ने गरि तयारी थालिने निर्णयसमेत गरेको सचिव थापाले बताए । पार्टी प्रवेश गराउने कार्यक्रममा एमाले निकट पर्यटन व्यवसायीहरुको पनि ठूलो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *