Best Online News From Nepal

विधर्मी आतकवादि रोहिंग्या मुस्लिमहरु दिन प्रतिधिन काठमाडौमा बढ्दै, गृहमन्त्रालय के गर्दै छ? कि डलरका खात लागेर चुप छ सरकारी निकायहरु?

सर्वप्रथम नेपालका केहि मिडिया हाउसहरु रोहिंग्या आतकवादिहरुले दुख पाय सरण देऊ भन्दै घुमाउरौ पाराले तस्विर समाचार प्रसारण गरिरहेका छन यसको पछाडि अरु केहि नभयर  डलर भयको प्रमाण दिरहनु पर्दैन?

म्यान्मार (बर्मा) का घटनाक्रम तथा रोहिंग्या मुस्लिमहरुबारे नेपालका समाचार माध्यममा निकै सामग्रीहरु प्रकाशन / प्रसारण हुन थालेको देखिन्छ । ती सामग्रीमा म्यान्मार (बर्मा) को रैथाने बौद्ध समुदायको नकारात्मक छवि र रोहिंग्या मुस्लिम समुदायको सकारात्मक छवि प्रस्तुत गर्न खोजेको देखियो । रोहिंग्या मुस्लिम समुदायबारे नेपाली जनमानसमा सहानुभूति जगाई नेपालमा रोहिंग्या मुस्लिम शरणार्थीहरुलाई ठूलो संख्यामा शरण दिलाउने उद्देश्यले समाचार, रुपक (फिचर) एवं वैचारिक लेखहरु प्रकाशन प्रसारण गर्न थालिएको देखिन्छ । संसारमा जहाँकहिँ पनि अशान्ति हुनु राम्रो होइन; तर, बौद्ध समुदायको नकारात्मक र रोहिंग्या मुस्लिम समुदायको सकारात्मक छवि निर्माणको औजार नेपाली मिडिया बन्नु चिन्ताको कुरा हो । नेपालले विधर्मी समुदायका शरणार्थीको बोझ धान्न सक्दैन भन्ने तथ्य सबैले बुझ्नु जरुरी छ ।

स्रोत-

suvham.com

http://www.bbc.com/hindi/international-41135325

म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।

राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता शरण लिइरहेका छन् । अहिले उनीहरूको संख्या झन्डै पाँच सय पुग्न लागेको छ। शरण लिइरहेका रोहिंग्याहरूका अनुसार एक महिनाअघि मात्रै शिविरमा १३ जना थपिएका छन् ।
यद्यपि, संख्या बढ्दै गएकोबारे सरकार जानकार छैन । रोहिंग्याहरू कसरी राजधानीसम्मै आएर निजी जग्गामा टहरा बनाएर बस्न सफल भए भन्नेमा सरकार अनविज्ञ छ । रोहिंग्यालाई अहिले खाद्यान्न सहयोग राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालयले गरिरहेको छ ।

विज्ञहरूले म्यानमारबाट यहाँ आएका रोहिंग्यालाई नेपालले तत्काल डिपोर्ट गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । मानवीय हिसाबले शरणार्थीहरूलाई शरण दिँदा नेपाल शरणार्थीका लागि ‘सेफ हेभन’ बन्न पुग्ने र त्यसले नेपालको सामाजिक, आर्थिक र सुरक्षा क्षेत्रमा असर पार्ने उनीहरूको भनाइ छ ।

रोहिंग्यालाई शरणार्थीको मान्यता दिइए त्यसले नेपाललाई दीर्घकालीन रूपमा सामाजिक तथा सुरक्षाजन्य समस्या ल्याउन सक्ने पूर्वसचिव गोविन्द कुसुमले बताए ।
रोहिंग्यालाई पनि भुटानी र तिब्बतीसरह शरणार्थीको मान्यता दिइए त्यसले नेपालको राष्ट्रिय सुरक्षामा दीर्घकालीन रूपमै चुनौती ल्याउन सक्ने विज्ञहरूको भनाइ छ । पूर्वसचिव कुसुमले रोहिंग्या मुस्लिमहरू हिंस्रक र अतिवादीसमेत रहेको आशंका गर्दै उनीहरूका माध्यमबाट नेपालमा इस्लामिक स्टेटजस्ता अतिवादी संगठनको प्रवेश हुन सक्नेतर्फ सरकारलाई सचेत गराए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *