Best Online News From Nepal

वर्तमान प्रतिमान र विकल्पको बाटो

 

नुम नाथ प्याकुरेल—–

धध

धन, शक्ति, विलासिता तथा आडम्वरको मोहमा आफ्नो पहिचान र स्वाभिमान साट्ने हरेक व्यक्ति, प्रवृत्ति तथा प्रयत्न निन्दनिय छन्। सानो चित्त र संकृण मानसिकता राखेर गरिएका कृतिम बिभाजन तथा बेसिजनको घृणाको खेतिमा असिनापानी पर्नुपर्छ, असिनापानी नपारे डढेलो लाग्नुपर्छ, डढेलो नलागे पहिरो झर्नुपर्छ, त्योपनी नभए चरा तथा जंगली जनावरले खाएर ध्वस्त पार्नुपर्छ र पारुन् पनि। सत्तामा पुग्ने र त्यहाँ टाँसिरहन, आफ्नो व्यक्तिगत तथा गुटगत स्वार्थका लागी सर्वसाधारण जनतालाई उक्साउने, घृणा र हिंसाको विषपान गराउने, मान्छे मार्ने र मराउने वर्तमान गलत पद्वति तथा प्रतिमानका शृङ्खला असोभनिय तथा अश्विकार्य छन्।

कित्ता काटेर सिन्डिकेट मोलतोल गर्न गरेएका कृतिम विभाजन, खुट्टा मात्रै यता मन र मस्तिष्क अन्तै केन्द्रित गरेर लाभ लिन सकुन्जेल यिनिहरु अथवा तिनिहरुले यस्तै पद्वति तथा प्रतिमान कायम राख्ने निश्चित छ। मन र मस्तिष्क पनि यहाँ राखेर हेर्ने हो भने, सर्वत्र संभावाना र आशालाग्दो स्थीति देखिन्छ।

घृणा अश्विकार्य

आज जुँगाको लडाईमा मिस्रित समुदायको एक छेउमा बसेर देखावटी अधिकार प्रात्तिका वहानामा अर्को छेउमा बस्ने सहृदयी भाईलाई पराईको इसारामा धुलो चटाउने प्रपन्च गर्दा आनन्द लाग्न सक्छ तर सार्वभौमसत्ता र स्वतन्त्र अस्तित्वमै आंच आउने गरि मर्यदा र सिमानै ख्याल नगरि विवेकहिन तरिकाले घृणायुक्त अभीव्यक्ति तथा हिंसात्मक कार्य सदा सर्वथा निन्दनिय तथा खेद पुर्ण छन्। विवेक नपुर्याई गरिएका साधारण कार्य नै किन न हुन् ति हसिमजामा गरिएका कार्य पनि निन्दनिय छन् किनकी यिनै ख्यालख्यालमा गरिएका विवेकहिन कार्यले समाज र सांस्कृति प्रतिमानहरु क्रमश: क्षय गराउदै छन् यहि क्रम जारिरहे, एकदिन आत्मनिर्णयको अवशर समेत गुमाउने निश्चित छ, त्यो क्षण सबैलाई न्याउरी मारी पछुतो हुनेछ।

बहुआयामिक नेपाल र हाम्रो अग्रसरता

नेपाल कति हो र कति हैन भन्ने विषयमा लामै वादविवाद गर्नसकिन्छ। वहुआयामिक नेपालको राजनीतिक सिमान संकृण तथा सांगुरो भएपनि   समान सामाजिक, सांस्कृतिक, शभ्यता, धर्म, संस्कार, जाति तथा जनजातिय विशेषता भएको भारतिय क्षेत्र सहितको भुभाग नेपाल हो। राजनीतिक बाहेक अन्य आयामहरु छुट्टियाउनै नसकिने गरि अनोन्यासृत छन्।

पहाड र पहाडि तथा मधेस र मधेसी भनेर संकृण तथा लघुताभासको घृणा युक्त अभिव्यक्ति तथा क्षदमभेषी अवधारणा ग्रहण गरेका हामिमध्ये कसैलाई क्षणिक सुख त मिल्ला तर “कृण्वन्तो विश्वमार्यम्” विश्वलाई उत्कृष्ट बनाउँदौ जाउँ भनेर व्रमाण्डको नेतृत्व गर्न तम्सेका पितापुर्खाका अगाडि यस्ता पानिमरुवा कुरा गरेर, राखिएको लक्ष्य के हो? चाहेको परिवर्तन केहो? जरो र किलोमा फर्कौं भनेर त्यसै आव्वहान गरिएको हैन, केन्द्र र मुल यहि धर्तिमा राखेर मात्र यो देशको मुहार फेर्न सकिन्छ भनेर बुझ्न किन आनाकानि गर्ने। हरिणले कस्तुरि खोज्न सारा संसार भौतारिए जस्तो हामि पनि बिचल्लित भएका छौं। आफ्नो सामार्थ्य थाहा नपाएर दृष्य अदृष्य प्रभुका इसारमा समाज र राष्ट्रलाई प्रयोगशाला बनाएर क्ष्यतविक्ष्यत पार्न पाखुरा सुर्केका छौं। अव अलिकति पनि अबेर नगरी पितापुर्खाका पदचिन्हहरु पहिल्याउन तयार हुनु पर्दछ। सबैकिसिमका घृणा तथा हिंसाको त्याग, सिन्डिकेट तथा भागबन्डको अन्त्य, प्रतिशोध, द्वेश तथा क्लेशको अन्त्य गरि प्रेम, शदभाव तथा सहृदयताको माध्यम बाट कांडा झिक्न मात्रै कांडाको प्रयोग गरेर मुल र केन्द्र याहि राष्ट्रमा राख्ने हो भने देशको मुहार हाम्रै पालामा फेर्न सकिन्छ। वढ्दो उमेरका नौजवानको आशाको बत्ति बाल्न सकिन्छ। वर्तमानको संक्रमणकाल बाट देशलाई निकास दिइ, केहि बर्षको प्रयत्न मै यो राष्ट्रलाई तत्कालका अग्रणि राष्ट्रको स्तरमा पुर्याउन सकिन्छ। अन्ततोगत्वा नेपाललाई वैश्विक केन्द्र बनाउन सकिन्छ।

आडम्वरीहरुले पनि देखावटी औपचारिक रुपमा देश र जनताका नाममा सपत खाएकै हुन तर तिनिहरु क्ष्यदमभेषी रहेछन् भनेर चिन्न र बुझ्न अव कठिन छैन। अव हरेक सचेत नागरिकले भित्रिमन बाट समाज र राष्ट्रका नाममा सफत लिनु पर्दछ। कसै प्रति आरोप प्रत्यारोप हैन, आफैं उदाहरण बनेर आफू र जगतलाई उठाउनु पर्दछ। वयं राष्ट्रे जागृयाम पुरोहिताः हामी नै अग्रणी बनेर राष्ट्रलाई जागरुक गर्छौं। हामि न पुर्व, न पश्चिम, न उत्तर, न दक्षिण कसैको निगाहाको क्षणिक सुखभोग हैन आफ्नै हातले यो राष्ट्रलाई बगैंचा जस्तै सिगर्न अग्रसर बन्ने छौं र नेपाल लाई पहिलो स्थानमा राख्न अग्रसर रहन्छौं।

सहृदयता निर्विकल्प

घृणामा दुनियाको चासो हुन्छ। हिंसाले मानिसलाई चांडो ध्यानाक्रषण गराउछ। परिवर्तन घृणा र हिंसाबाट पनि सम्भव हुन्छ तर यतिन्जेलको अनुभवलाई हेर्ने हो भने घृणा र हिंसाको आधारमा परिवर्तन छिटो भएका छन् तर ति कहिँ र कतै पनि दिगो भएका छैनन्। २००७ साल देखि आजकामिति सम्म घृणा तथा हिंसालाई नै समाज, संस्कृति तथा राजनीतिक परिवर्तनको आधार बनाईयो, परिवर्तन पनि भयो। निश्वार्थ र पुर्वाग्रहि नभै छातिमा हात राखेर मुल्यांकन गरौं त, के आजसम्मका परिवर्तन हाम्रा मात्रै चाहानाले, हामिले चाहे जसरि, चाहे जस्तो परिवर्तन गर्न सकेका छौं? परिवर्तनलाई संस्थागत गर्न सकेका छौं? घृणा र हिंसा मच्चाउन सहयोगि दृष्य अदृष्य हातहरु के प्रम र सद्भाव र सहृदयता बनाउन पनि सहयोग गरिरहेका छन्?

अब यो अथवा त्यो वहाना नगरि, सोच, विचार, अवधारण तथा सिद्वान्त बदल्ने बेल भयो। घृणा, प्रतिशोध तथा हिंसा त्यागेर प्रेम, सद्भाव तथा सहृदयताको मार्गबाट मौलिक रैथाने अवधारणा तथा सिद्वान्त स्थापना गरेर मौलिकताको रक्षा तथा उत्थान गरेर हासिल गरिएका उपलब्धी दिगो र कल्याणकारी हुन्छन्। स्वचेत तथा जान्नेहरु भ्रममा नपरौं र नजान्नेहरुलाई भ्रममा नपारौं, मौलिकताको रक्षा बिना न अधिकार, न पहिचान, न भाषा, न संस्कृतिको संरक्षण हुन्छ, यो सत्यलाई आत्मसात गरौं।

कमजोरिको पहिचान गरौं

आरोप तथा प्रत्यारोपको शृंखला वर्तमान प्रतिमानमा अनन्त चलिरहन्छन्। घृणा र हिंसा पनि त्यसरिनै चलिरहन्छन्। साधारणकुराका लागि देवत्वकरण र त्यस्तै साधारणकुराका लागि दानविकरण गर्ने प्रवृत्ति पनि चलिरहन्छ। यि र यस्ता कुरामा पात्र र पत्रत्व हैन, प्रचलित सामाजिक, सांस्कृतिक तथा राजनीतिक प्रतिमान गलत छन्। यिनै प्रतिमानले एक अर्काको पहिचान तथा विचारलाई स्विकार्न दिदैनन्। वैचारिक आस्था फरक पर्दामात्रै पनि एकअर्कका बिचार एकअर्कालाई वाईयत तथा निन्दनिय लाग्दछन् र तिनको प्रस्तुतिकरण पनि घृणायुक्त हुन्छ।

राज्यमा गलत सिद्धान्तको प्रयोग भैरहेकोछ, आजसम्म राष्ट्रको नेतृत्व नालायकले, आन्दोलन अकर्मण्यले गरिरहेका छन् र अनुकुलतामा अकर्मण्य नेतृत्वलाई देवत्वकरण र प्रतिकुल पर्दा दानविकरण गर्ने अवसरबादीहरु तिनीहरु बाट शासित छौं।

वर्तमानको निकास, प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्नु हो। राष्ट्रको पुनरसंरचना गर्दा प्रयोग गरिएको अवधारण र सिद्वान्त पुर्णतया गलत छ भन्नेकुरा स्वतसिद्ध छन् भन्ने तथ्य भागवन्डा नमिलेर असन्तोष भएका तथाकथित पहिचानवादि परिधीका राजनीतिकदलहरुले स्विकार गरेपनि, मुलधारका तथाकथित लोकतान्त्रिक दलहरुले आफ्ना हातमा राज्यको बागडोर थामिउन जेल त्यसको स्विकारोक्ति किन गर्थे।

भूकम्पको धक्काले घर गर्लम्मै ढल्नु भन्दा कतैकतै चिरापरेको अवस्थालाई सन्तोष मान्नुपर्ने वर्तमान परिप्रेक्षमा, आफ्नै देशको भुमी थोरै यता र थोरै उता भएर तत्काललाई केही फरक पर्दैन। खासै संघियता चाहेर स्थापन गरिएको हैनरहेछ भन्ने प्रमाणित हुँदै छ। कसैले चाहेको भएपनि आफु छोटेमहाराज बन्ने स्वार्थि अभीलासा बाट प्रेरित भएको यस्तै अकर्मण्यता प्रस्तुत गर्ने हो भने प्राप्त उपलब्धिहरु पनि गुम्न सक्छन्। हठ र जिद्दी गरिरहदा संघियता बिरोधी जनमत निर्माण हुनसक्छ। धैर्यधारण गरेर धमिल्यिएको पानीलाई केहिक्षण संग्लिन दिउँ, त्यस पछि केगर्ने भनेर सोच्नु आजको परिस्थीतिमा वुद्धिमानी हुन्छ।

वर्तमान नेपाली समाजमा मुलधारका राजनीतिक दल, नेतृत्व तथा तथाकथित पहिचानवादी मधेस केन्द्रित राजनीतिक दल र नेतृत्व सवैका खुट्टामात्रै यहाँ छन्। तीनिहरुले पाखुरा सुर्केर लागुगर्न खोजेको प्रतिमान बाहिरकै हुन् त्यसकारण यिनिहरु सबैका मन र मस्तिष्क बाहिर छन्। नेपाल यौटा राजनैतिक अवयव मात्रै हैन, यो बहुआयामिक छ। सामाजिक, सांस्कृतिक, भौगोलिक, शभ्यतागत, भाषिक, चालचलन, रितिरिवाज, आर्थिक तथा पर्यावरणिय अवस्था तत्कालिन राजनीतिक सिमाना भीत्र अट्दैन र यो विशाल छ। राजनीतिक अवयव बाहेक अन्य भिन्न केहि छैन। प्रचलित पराई प्रतिमान त्यागेर, मौलिक प्रतिमानको आधारमा सर्वत्र सहृदयता नै सहृदयता नै देखिन्छ तर प्रचलित आयातित प्रतिमान बाट हेर्दा घृणा नै घृणा देखिन्छ।

आफ्नो समुदायको अधिकारको कुरा गर्दा अन्य समुदाय विर्सनु स्वार्थ हो तर आफ्नो र आफ्नो समुदायको अधीकारको कुरा गर्दा अन्य र अन्य समुदायको अवस्था र अधिकारको सम्झना गर्नु सहृदयता हो। दुई मध्ये एक हैन, समय र सन्दर्भ अनुसार दुबै रोज्न सक्ने हाम्रो मौलिक पद्वति किन बिकास नगर्ने?

तराईको जनसंख्या अलि अगाडि वा अलि पछाडी, सिधा सिमापार भएर वा घुमौरो मार्ग भएर, बैवाहिक तथा व्यापारको शिलशिलामा नेपाल प्रवेश भएर बनेको मिश्रति समाज हो। वर्तमान परिप्रेक्षमा कठोर र निर्मम राजनीतिक आयामलाई ख्यालख्याल ठानिएको छ। यो मुलुक प्रति प्रेम, सद्भाव र सहृदयता भए शरणार्थी तथा अंगिकृत नागरिक पनि राष्ट्रवादी हुनसक्छन भन्ने तथ्य धेरै पटक धेरै स्थानमा स्थापित भएका र गरिएका छन्। मधेसका जनता र राजनीतिक नेतृत्वलाई अनुकुलतामा भोटबैंक ठान्ने र प्रतिकुलतामा भारत परस्त मान्ने प्रवृत्ति पनि वर्तमान प्रतिमानको उपज नै हो।

आफूलाई चिनौं

नेपाल भारतवर्षको अविछिन्न उत्तराधिकारी हो र यो अनन्तसम्म कायम रहन्छ। भारत हाम्रो नजिकको र विशिष्ट छिमेकी हो। जसरी किताबलाई अति टाढा वा अति नजिक राखेर पढ्न सकिँदैन र आँखाको दृष्टि क्षमता अनुसार ठिक्कको दुरिमा राखेर पढन् सकिन्छ त्यसै गरि नेपाल होस या चिन दुवै देशसंगको दुरि व्यवस्थापन गर्न सकिएन भने त्यो नै भोलि हाम्रा लागि अभिशाप हुन्छ।

यदि सिमाविवाद वा नेपाल भारत संवन्धमा गडबड हुँदा सबैभन्दा ठूलो क्षती मधेसवासिलाई नै हुन्छ। घृणामा, हिंसा, द्वेश, क्लेसमा आधारित यूरोपियन राष्ट्रराज्यवाद तथा दुईराष्ट्रवाद तथा वहुराष्ट्रवादका गलत प्रतिमान उखेल्न प्रेम, सद्भाव, सहृदयतावादमा आधारित पुर्विय शभ्यतामा आधारित मौलिक रैथाने प्रतिमान स्थापना गरि  पर्विय दर्शनमा आधारित मौलिक राज्यराष्ट्रवाद सिद्वान्त तथा अवधारणा नै तत्कालिन संक्रमणकाल तथा मधेसको समस्य समाधान सहित छिमेकि राष्ट्रका राष्ट्रियतामा आधारित झमेला वा समस्या समाधानमा समेत लाभदायक छ।

संवाद नै समस्याको समाधान

संवाद नै समस्या समाधानको उपाय हो। सामान्य झगडा हुन् या विश्वयुद्ध समाधान त वार्ता र छलफल वाटै भएकाछन्। आजको प्रतिमानमा शान्तिपुर्ण ढंगले प्रस्तुत गरिएका अति आवश्यक मागहरुको सुनुवाई हुदैनन्। तोडफोड तथा विध्वंस गरेपछि तिनै माग सुनुवाई हुन्छन्। माग पुराहुने भएपछि त मुलधारका हुन् या परिधिका तथाकथित पहिचानवादि राजनीतिक दल तथा तिनका भात्रि संगठनहरु सहिदको खेति गरेर जायज नाजायज माग पुरागर्न पाखुरा सुर्केर मरिमेटेको देख्दा, उदेक लागेर आउंछ।

ज्ञान, वुद्धि, विवेक तथा सिद्वान्त तथा दुरदर्शीता नभएकै कारण संवादमा तलपरिने भएपछि नै हो वार्ताको बटमलाईन तोकिन्छन्।  संवाद बाहेक संसारमा अरु कुनै प्रभावकारि समस्या समाधानको अर्को उपाय छैन। संवाद टाउको फोरेर गर्ने कि टाउको सद्देहुदै गर्ने? सहिदको रास बनाएर गर्नेकी सर्वसाधारण लाई सहिद नबनाइ गर्ने? अव अलमल नगरि एउटा निश्कर्षमा पुग्नै पर्छ।

संविधान र कानुनि व्यवस्था

राज्यको आधारभूत कानुन जसले सरकारको संरचना र कार्यको व्यवस्था गर्दछ, त्यो संसारका धेरै संविधानको स्वरुप संग समान हुन्छ। जुन नेपाली संविधानका विशिष्ट व्यवस्था हुन् ति छन्दनवन्दका छन्। अर्थ र  प्रशंगले मेल नखाने गरि गरिएका व्यवस्था तथा व्याख्या निन्दनिय छन्। सवै समुदाय तथा तिनका समास्या तथा पहिचानका मुद्धाहरु संविधानमा समावेस गर्न आवश्यक छैन। तिनिहरुलाई प्रचलित कानुनमा समेटे पर्याप्त हुन्छ। वखेडा झिक्न नै हो भने, जे भने पनि हुन्छ। संविधान आफैले यो जातिलाई अधिकार छ र त्यो जातिलाई अधिकार छैन भनी विभेद गर्दैन। संविधानले मधेसी जातिलाई नै विभेद गरेको पहाडी जातिलाई संरक्षण गरेको हैन र छैन। सामाज परिवर्तनको सिद्वान्त तथा परिस्थितिवस असमानता भएको भए प्रचलित कानुन संसोधन गरेर तत्ताकलिन तथा दिर्धकालिन समस्या समाधान गर्न सिकिन्छ। त्यतिले पनि मधेस र मधेसी जनताको शसक्तिकरण भएन भने कानुन निर्माण गरेर नितिगत रुपमा विशेष व्यवस्था गर्न पनि सकिन्छ तर घृणा, प्रतिशोध, हिंसा, क्लेस तथा द्वेश अश्विकार्य छन्।

समस्या वोध

मधेसी समुदायले त विभेद भएको महसुस गर्यो संघर्ष गर्न सक्यो, आफ्नो अधिकारको बारेमा सचेत भयो, यति चेतना नभएका मानिस/समुदाय संख्यामा कम होलान तिनको अधिकारका वारेमा कसले बोल्ने।
दलिय हनुमानले आफ्नो अनुकुलतामा निर्माण गरेको संविधान संसारकै उत्कृष्ट छ भनेपनि यसका आधारभुत व्यवस्था जुन संसारका सबै संविधानमा सामान हुन्छन् ती बाहेक धेरै अवधारण तथा सिद्वान्त गलत छन् जस्तै, खस आर्यको परिभाषा आवश्यकनै छैन, भएको पनि पुर्णत: त्यो गलत छ। संघियताको सिद्धान्त र राज्य विभाजनको आधार गलत छ। त्रिशंखु सरकारको अभ्यासमा दलिय भागवण्डा तथा सिन्डिकेट प्रणालि संस्थागत गरिएको र मिश्रित निर्वाचन प्रणालिबाट देशमा अन्नतकाल सम्म कुनै दलविशेषको वहुमत नआउने निश्चित भएकाले  यो अस्थिरता तथा राज्य असफलताको प्रमुख कारण हुने निश्चित छ। शिपयुक्त समुदायलाई, आत्मासम्मानका साथ सगौरव शिल्पि समुदाय नभनेर सम्बोधन नगरेर, जिवनपर्यन्त शोषित, पिडित तथा बहिस्कृत हौ भनेर सम्झना दिलाईरहने दलितको अवधारण पुर्णत: अश्विकार्य छ। शिपको महत्व आधुनिक औधोगिक समाजमा कति महत्वपुर्ण छ। तत्कालको परिस्थीति प्रतिकुल भएपनि तिनको सम्भावना कति छ, हेक्कै नराखि प्रयोग गरिएका अवधारण गलत छन्। निरपेक्षको अर्थ:
निर्गता अपेक्षा यस्मात् सः निरपेक्षः

One who has lost expectations.

यसको अर्थ जुनकुराको औचित्य र आशा दुबै सकिएको छ त्यो निरपेक्ष्य हो र त्यसमा ” ता ” प्रत्यय जोडिन पुग्दा निरपेक्षता शब्द बन्न पुगेको हो। यसरी हेर्दा धर्म निरपेक्षता भनेको कुनै किसिमको आशा, अपेक्षा सकिएको वा नराखिएको धर्म हो।

यहाँ पद, प्रतिष्ठा, पैसा, अवसरका पछि दौडनेको प्रतिस्पर्धा छ। नाम लोकतन्त्रको जपिरहन्छन् तर कसैलाई हेक्का सम्म पनि छैन, प्रजातन्त्र गुम्यो भने फेरि ल्याउन सकिन्छ तर एकपटक पराधीन वा क्षत विक्षत वा तहसनहस पारिएको राष्ट्र पुनः स्वाधीन, अखण्ड बनेर हिड्न सक्तैन भन्ने तथ्य।

जब ओछ्यानमा निद्रालाई जितेर व्युझीइन्छ, त्यो नै विहानि हो। जाग्न अलिकता ढिलो मात्रै भएको हो। वर्तमान परिस्थिति सर्लक्कै सकिएको अवस्था हैन। यध्यपि हाम्रा कदम सकारात्मक लक्ष्यपट्टि निर्देशित हुन अनिवार्य छ। सैद्धान्तिक अडान त बर्तमान सिन्डिकेट, भागवन्डा, भ्रष्टाचारको संस्थागत विकास, घृणा र प्रतिशोधको राजनैतिक संस्कार त्यागेर प्रेम, सद्भाव, सहृदयता, राज्यराष्ट्रवाद, ऐतिहासिक मौलिक रैथाने पद्धति तथा प्रतिमान, परंरागत शक्ति तथा संगठनको जागरण, विविधताको स्विकारोक्ती, हाम्रा वेद, पुराण, तृपिटक, जतक कथा, मुन्धुम, गरुग्रन्थ साहेव…लगायत यहि माटोमा जन्मिएका हुर्किएका रैथाने पद्वती र संस्कृतिको बिकास हो। हाम्रा भनेर गलत पद्वति अथवा प्रतिमान पनि काखिच्याप्नु पर्दैन र पराई भनेर अरुका सहि पद्वति तथा प्रतिमान लत्याउनु पनि पर्दैन तर हामिले ग्रहण तथा अभ्यास गरेका अवधारणा तथा सिद्वान्तको मुल र केन्द्र चंही यहि मटोमा गाडिएको हुनुपर्दछ।

विभीदता विकास तथा समृधिको वाधक हैनन्। विविधता संम्पदा हो, सम्पति हो, परंपरागत ज्ञान, शिप तथा विधिको मुहान हो। सर्वत्र बिभिदता पुर्णसमाजमा बिकास छिटो भएको छ। राज्यको अस्पष्ट नीति तथा अकर्मण्यताका बापजुत स्वतस्फुर्त जनताको कृयाशिलतामा आजसम्मको सामाजिक तथा आर्थिक बिकास भएको हो। राज्यको नितिले यो चाहिँ बिकास भएको भनेर सगौरव भन्ने स्थिति आजका मिति सम्म छैन। भएका एकाध प्रयत्न पनि असाध्यै प्रचारवादि छन् जुन दिगो छैनन्।

संविधानमा कुनै जाति वा जनजातिलाई असाधारण अधिकार र अर्को जाति वा जनजातिलाई निषेध गरेर बिवेध गरेको छैन। निषेध या विभेद भएको महसुस भए अधिकार प्राप्तिका आन्दोलन प्रेम, सद्भाव, सहृदयाता कायम राखेर शान्तिपुर्ण, समावेशी, विविधता लाई स्विकारेर, लोकतान्त्रिक प्रकृया बाट खोजौँ। समुह र जत्था अलि ठुलो छ भनेर राज्यसत्तालाई घुंडाटेकाएर छाड्छु भनेर घृणा, हिंसा तथा प्रतिशोधलाई संस्थागत हुनेगरि गरिने तथाकथित पहिचान वादि आन्दोलन नै भएपनि त्यस्ता आन्दोलन अश्विकार्य छन् किनकि तिनको लक्ष्य अस्थिरता, अकर्मण्यता तथा सामुहिक पतन हो।

पुर्विय र पश्चिमि शभ्यतामा भेद

मेकियाभेलियन शिक्षा पद्वति तथा यूरोपियन राष्ट्रराज्य अवधारणा तथा सिद्वान्त पहिला लड्ने र पछि मिल्न सिकाउने पद्वती हो। विचार मिल्दैन भने छुट्टिहाल, सम्झौता त गर्ने नै हैन तर  छुट्टिएपछी सहृदयता राखा भन्ने पद्वति तथा प्रतिमानको प्रभाव हाम्रो राजनीतिक, सामाजिक, साँस्कृति, न्याय, प्रशासन लगायत सम्पुर्ण क्षेत्रमा लागु भएको छ। यसका विपरित पुर्विय दर्शनमा आधारित, प्रेम, शद्भाव, सहृदयतावाद तथा राज्यराष्ट्रवाद मिलेर बस्न सिकाउने पद्वती हो। जिवन संघर्षपुर्ण भएकाले सद्भव र समझदारी गरेर संगै मिलेर वस। एकपटक फुटेको संवन्ध पुन त्यहि अवस्थामा जोड्न गह्रो हुन्छ। आफुमात्रै हैन, पराईको पनि भलो सोच। आफुमात्र हैन सारा विश्व ब्रमाण्डलाई अग्रणि तुल्याउन आफुबाट प्रयत्न प्रयत्न गर भनि सिकाउँछ। पश्चिमी मेकियावेली सिद्वान्त दुई मध्ये एक रोज्न सिकाउने पद्वती हो सहृदयतावाद परिस्थिति बमोजिम दुबै स्विकार्ने पद्वती हो।

मधेसको जनसंख्याको संरचना मिश्रित तथा विभीदता पुर्ण छ। यधपि कतिपय वर्तमान पश्चिमी प्रतिमान सापेक्ष विद्वान महोदयको विचारमा मधेसको मुद्धा तथा अधिकार, मधेसी अनुवारले मात्रै र जनजातिको मुद्धा जनजाति अनुवारले मात्रै रक्षा र सम्वर्धन गर्छ भनि मान्दछन्, हामि सहृदयवादि नवा प्रतिमान तथा पद्धतीका हिमायति विशिष्ट नेतृत्व, सामुहिक कर्तित्व र संस्थागत नेतृत्वमा विश्वास गर्दछौं। जसरि मुहान फोहोर हुँदा धारामा ढल आउँछ, त्यसरि नै अवधारण तथा सिद्धान्त गलत भएपछि, परिणाम पनि गलत नै आउने निश्चित छ।
निर्वाचन प्रणाली

जनसंख्या असमान वितरण भएको मुलुकमा जनसंख्याको मात्रै आधारमा प्रसाशकिय अंग बिभाजन हुनुपर्दछ भन्ने अडान पनि गलत छ। जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विधि परिस्थिती जन्य हुनुपर्दछ। मिश्रित निर्वाचन प्रणालीले समावेशी प्रतिनिधित्व गर्ने तथा गराउने भएपनि, राजनैतिक स्थायित्वका लागि वाधक छ। समानिपातिक प्रतिनिधित्व छालाको रंग, नाकको आकार र आँखाको बनोट अनुसार हैन, बिचार र सिद्धान्तको हुनुपर्दछ।

इतिहासको कुनै कालखण्डमा जान वा अन्जानमा विभेद भयो होला। चेतना तथा जागरणको अवस्था न्युन थियो त्यसवेला। वर्गिय समाजमा सबै शासक र सबै साशित हुदैनन्। हरेक परिवर्तनले एक समुह सत्तामा पुग्ने र अर्को सत्ताबाट विमुखहुने स्थिती ऐतिहासिक हो। तथाकथीत खसआर्यन सत्तामा भएका बखत समग्र खसआर्यन समुदाय लाभान्वित हुदैन्/छैनन्, त्यही स्थिती मधेसी नेतृत्वमा पनि लागू हुन्छ। सत्तामा मधेसी समुदायको समानुपातिक सहभागिता हुदैमा सर्वसाधारण मधेसी जनताको शसक्तिकरण हुदैन। वर्तमान प्रतिमानमा दुबै समुदायका ठेकेदारले मात्रै अवसर पाउने हुन्। हामिले चाहेको त नेतृत्वमा जोसुकै जावोस/रहोस न्याय र अधिकारवाट कोहि बन्चित हुनुहुदैन भन्ने हो?

हजुरबुबाले अपराधगर्ने नाति/पनातिले त्यसको सजाय भोग्नुपर्ने प्रतिमान गलत छ। यतिन्जेलको देशको विकास राज्यले अवलम्बन गरेको नितिले भएकै हैन, अपितु स्वतस्फूर्त जनचेतना, जनसहभागिता तथा श्रोत र साधनको सामुहिक व्यवस्थापन ले भएक हो। राज्यको नीति मधेसीलाई मात्रै शोषण गर्ने पक्कै हैन, थिएन, छैन र हुनु हुदैन।

नेतृत्वको निर्मम समिक्षा 

मधेसी समुदायको निश्कृयता, सत्तामोह, जमिन्दारी/सामन्ती सोच, लघुताभाष, आफुमात्रै अघि वढ्ने प्रवृत्ति पनि उत्तिनै दोषी छ। त्यस्ता प्रवृत्ति तथा प्रतिमानको निर्मम समिक्षा गर्नुपर्छ। वर्तमान वेतिथी, दन्डहिनता, कुशासन, संस्थागत भ्रष्टाचार, औपचारिक घृणा, प्रतिशोध, हिंसाको समाधान र दिशानिर्देश के हुन सक्छ?

घृणा, हिंसा, प्रतिषोध, सिन्डिकेट, राजनीतिक अपराध, भ्रष्टाचार, कृतिम नाक, आँखा तथा छालाको रंगका आधारमा गरिने/गरिएका कित्ता कटाई अश्विकार्य छन्। प्रेम, सद्भाव, सहृदयता, मौलिक प्रतिमान, स्थानिय परंपरागत शक्ति तथा पद्वती, परिस्थिति अनुसार दुईमध्ये एकछान्ने नभएर दुबैलाई छाने मौलिक विधिलाई ग्रहण गर्न अनिवार्य छ। एक्लै भएपनी विसंगति तथा विकृतिका बिरुद्ध आवाज उठाउन अनिवार्य छ। राजनीति नै उद्देश्य तथा लक्ष्य हैन, सामाजिक उत्तरदायित्व सम्झन अनिवार्य छ।

मधेस र मधेसीका जनताका गंविर समस्य छन्। समस्याको समाधान घृणा र प्रतिशोधलाई बनाएर समस्यालाई ओझेलमा नापरौं। आजसम्मको राजनीतिले हामिलाई घृणा र हिंसा सिकायो। सर्वसाधारणको बलिदान बाट स्वार्थी गुट सत्तामा पुगे। के मधेस के पहाड घृणाको बिज रोपेर हुर्केको रुखमा कहिलै प्रेम र सद्भाव फलेन। दण्डहिनता, कुशासन, भागवन्डा, सिन्डिकेट लगायत राजनीतिमा जे पनि सम्भव छ भनि प्रचारप्रसार गर्ने तथा त्यसै अनुरुपको कृयाकलाप गर्ने वर्तमान राजनीति संस्कार तथा प्रतिमानको विकल्प, प्रेम, सद्भाव, सहृदयता, योग, सम्योजन, एकता तथा हर्दिकता नै हुन्।

आयातित सिद्धान्त, नीति, संस्कृति तथा संस्कार हैन मौलिकता, परंरागत शक्ति तथा संगठने हाम्रो बिभिदतालाई जोड्छ भनेर विश्वास गर्नु र गराउन अनिवार्य छ। भागवन्डा तथा सिन्डिकेट राजनीतिमा विशिष्ट नेतृत्व, सामुहिक कर्तित्व, संस्थागत स्वामित्वको सुत्र कहिलै अभ्यास गरिएन। विश्ववाट जेसुकै राम्रो ठहरिएका अवधारण तथा सिद्वान्त ल्याएपनी सामाजिक, राजनीतिक तथा संस्कृतिक प्रतिमान यस्तो बनाएका छौं कि, सबै बेकार हुनेछन्।

विकल्प मौलिक प्रतिमानको

मानविय जनसंख्या गतिशिल हुन्छ। को काताबाट आए वा कता गए भन्ने कुरा गौण हो। खास कुरात जनसंख्याको सामाजिक संम्रचना कसरि बनेको छ भन्ने हो। विवाह जस्तो सम्वन्ध तथा सहृदयता विस्तारको माध्यम अन्य हुनै सक्दैन। सामाजिक सांस्कृतिक अन्तरकृया जति वढि गरियो प्रेम, सद्भाव तथा सहृदयता उतिनै वढ्नेकुरामा दुईमत हुदैन। तराईका मौलिक रैथाने कोचे, किसान, धिमाल, मिथीला, अवध, कोलिया, शाक्य, थारु…उल्लेख नगरिएका अरु जाति तथा जनजाति नेपालका गौरव हुन्। समय र परिस्थितिको कुरा हो, कैले यताका कैले उताका मानिस यता र उता वसाई सराई गर्ने प्रवृति सामान्य हो। राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक मुल र केन्द्र यहि मुलुकमा राख्नेहो भने प्रेम, सद्भाव, सहृदयता सम्भव हुन्थ्यो। समस्या पराई प्रतिमानको निशर्त स्विकारोक्तिमा छ। तिनको कार्यान्वयन गर्न तछाडमछाड गर्ने माधेस तथा पहाडका मुलघार तथा परिधिका दल र नेतृत्व  तिनका मतियारहरु हुन्।

लोकतन्त्रका नाममा सिन्डिकेट तथा भागवन्डाको माध्यमवाट सत्ता र शक्तिमा उदय भएका नवधनाड्य नालायक व्यापारिक राजनीतिक नेतृत्व, अकर्मण्य प्रतिपक्षि तथा आन्दोलनरत राजनीतिक दल तथा दलिय नेतृत्व, अधिकारका नाममा सरकारलाई गलाएर, थकाएर, झुकाएर, लत्राएर पाएको अधिकार जाडोमा तातो मुत वरावर हो। किनकि राज्य र राज्यसंयन्त्र बलियो हुंदामात्रै प्राप्त अधिकार दिगो र प्रभावकारि कार्यन्वयन हुन्छन्।

राजनितीक निर्णयका नाममा लोकतान्त्रिक विधि र प्रक्रिया उलंघन गरेर संविधानसभा तथा व्यवस्थापिका संसदलाई छलेर, निजि निवास, तारे होटल तथा पराईभुमिमा बसेर, माता तथा मात्रिभूमि प्रति घातहुने गरि गरिएका निर्णय मान्नैपर्छ भन्नेछैन।

गलत पात्र तथा प्रतिमानले लोकतान्त्रिकको उपहास भैरहेको यथार्त हो, विकल्प सबै किसिमका घृणा त्यागी लोकतन्त्रमा मौलिक विधि र पद्धति स्थापना गर्नु हो, अर्थात आधार तथा केन्द्र यहीँ भएका अवधारणा र सिद्धान्त अभ्यास गर्नु हो।

गलत सामाजिक, सांस्कृतिक तथा राजनितिक प्रतिमान तथा पद्वति ले लोकतन्त्र तथा लोकतान्त्रिक पद्धतिलाई कसरी कम्जोर र बेकम्मा बनाउदो रहेछ भन्ने कुराको प्रमाण हाम्रै समाजमा प्रसस्त छन्। लोकतन्त्र र लोकतान्त्रिक अधिकार घृणा र हिंसाको माध्यमबाट हैन सद्भाव र सहृदयताको मार्ग बाट उपल्ब्ध हुन्छ।

निस्कर्श

लोकतान्त्रिक यात्रा अनन्त सम्मको हो। बिस्तारै हिडे गन्तब्यमा अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न। जाडोको मुतले क्षणिक न्यानो दिन्छ। धेरैबेर मुतमा लटपटिए संवन्धित व्यक्ति लाई विभिन् रोगका किटांडुले संक्रमण गर्न सुरु गर्दछ तर हामिले चाहेको दिगो न्यानोपन हो। संविधानसभा/संसदको निर्णय राजनितिक सहमतिले उलंघन/प्रतिस्थापित गर्ने पद्वती स्थापित गरियो भने लोकतन्त्रको भविष्य के हुन्छ?

निर्वाचन, संविधान संसोधन, आन्दोलन लोकतान्त्रिक प्रकृया हुन् तर तिनलाई प्रतिष्ठा वनाइनु हुदैन। विधि र प्रक्रिया वाट प्राप्त उपलब्धी स्विकार गर्नु पर्दछ। सिन्डिकेट/भागबन्डा संस्थागत गरेर ९/१० महिनामा सरकार बदलिरहने कि, संयुक्त सरकारको संस्कार स्थापित गर्ने? स्मरण रहोस, मिश्रित निर्वाचन प्रणालिको अवलम्वनले भविष्यका हरेक निर्वाचनमा कुनैपनी दलको बहुमत नआउने निश्चित छ। लोकतन्त्र संविधानको सफल कार्यान्वयन बाट संस्थागत हुन्छ, समृद्ध लोकतन्त्रमा मात्रै व्यक्तिका अधिकार सुनुवाइ हुन्छन्/सुनिस्चित हुन्छन्। कि त यो देशको लोकतान्त्रिक अभ्यास उत्कृष्ट छ, आर्थिक बिकास उच्च स्तरको छ, समाज प्रगतिको पथमा छ, संस्कृति र संस्कार प्रगतिशील र सहृदयी छन, संघिय गणतन्त्रको अभ्यास सहि छ भन्नू पर्यो हैन भने हरेक समुदाय र सम्प्रदाय बिच प्रेम, सद्भाव र सहृदयता कायम राखेर विद्यमान पद्धति तथा प्रतिमान परिवर्तन गरेर लोकतान्त्रिक विधि/पद्धति तथा प्रतिमान संस्थागत गर्न मौलिक रैथाने विधि/पद्धति अवलम्वन गर्न अनिवार्य छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *