पोखरा, १३, चैत्र ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ र ३० मा रहेको नेपाल रेडक्रस सोसाइटी शिशुवा उप–शाखा कास्कीको आयोजनामा नव वर्ष धार्मिक महोतसव तथा पितृ मोक्ष महायज्ञ हुने भएको छ । नेपाल रेडक्रसको रजत जयन्तीको पुर्व सन्ध्या र नव वर्ष २०७५ सालको पुनीत अवसरमा रेडक्रस भवन निर्माणका लागि पावर हाउस स्थित वडा कार्यालयको प्राङ्गणमान ‘‘धार्मिक तथा अत्यामिक चिन्तन राष्ट्र शान्ति र समाज विकास‘‘ भन्ने मुलनाराका साथ लेखनाथ नव वर्ष धार्मिक महोत्सव तथा पितृ मोक्ष महायज्ञ हुने भएको हो । महोत्सवको लागि विश्वमोहन पौडेलको संयोजकत्वमा १००१ सदस्यीय मुल समारोह समिति चयन भएका छन् जसमा सह–संयोजक विश्वराज लामिछाने, प्रेमराज वसौला, सिता पौडेल, पार्वती आचार्य, ईन्द्रकुमारी गुरुङ्ग, सचिवमा दिपकराम ढेवाँजु, सह–सचिवमा रामचन्द्र पौडेल र कोषाध्यक्षमा उदयवहादुर वस्नेत रहेका छन् । त्यसैगरी मिन वहादुर केसीको संयोजकत्वमा १५१ सदस्यीय समिति र ३५ वटा उप– समितिको चयन भै सकेको छ । साथै निवर्तमान सभापति सोभामोहन पौडेल, पुर्व सभापति देवमणि भण्डारी, र कार्य समिति सदस्य ज्योति थापा मगर र कृष्ण मोहन पौडेल रहेका छन् । महायज्ञ मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता, विश्वव्यापकताा लागि र पवित्र संस्था नेपाल सेडक्रस सोसाइटीको भवन निमार्णका लागि भन्दै भाववत रसिक युवापण्डित श्री ऋषिराम शास्त्रीेले महायज्ञ अवधिभर हरेक दिन, सामुहिक तुलादान, सामुहिक वर्तवन्ध, ग्रह शान्ति, विश्व शान्ति, सामुहिक चौसारी पुजा, र लाख लक्ष्यवर्ती द्धिप प्रजनन, दिन सामुहिक कालसर्प योग शान्ति, पृतु मोक्क्ष १००८ शालिग्राम परिक्रमा र बिहान ११ बजेदेखि कथा वाचन, सांस्कृतिक कार्यक्रम सहित साँझमा महात्म्य भजन किर्तन हुने बताए । नव वर्ष , धार्मिक महोत्सव तथा पितृ मोक्ष महायज्ञ सात दिन सम्म अर्थात यही २०७४ साल चैत्र २८ गते देखि २०७५ साल वैशाख ५ गते गतेसम्म सञ्चालन हुने छ ।