Best Online News From Nepal

लागूऔषध निषेध र मदिरा नियन्त्रणमा सम्पूर्ण जनताको साथ आवश्यक छ-गृहमन्त्री

लागूऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यकः गृहमन्त्री गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन् ।

म‌ंगलबार ललितपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलन कै रुपमा सुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे।
‘राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागिसमेत संयुक्त आन्दोलन गर्न जरुरी छ,’ गृहमन्त्री थापाले भने।
उनले भने , ‘लागूऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार वा नेता एक्लैको प्रयासले मात्रै गर्न सकिँदैन। यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ। निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोलनको सुरुवात गर्दैछौँ।’
यस्तो आन्दोलनमा विद्यालय र महाविद्यालयका विद्यार्थीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
गृहमन्त्री थापाले भने, ‘यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ। युवालाई यो आन्दोलनको मूल कमाण्डरका रुपमा जिम्मेवारी दिएर मात्रै लक्ष्यमा पुग्न सकिन्छ।’
लागुऔषध कारोबारीलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सुधार आवश्यक रहेको उनको भनाइ छ।
उनले गृहले लागुऔषध निषेधलाई गम्भीरताका साथ लिँदै मूलभूत कार्यभारका रुपमा लिएको जानकारी दिए।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *