Best Online News From Nepal

लखन दाजु (भाग(१)

नुम नाथ प्याकुरेल—

16991802_805658859604126_3458777168402069788_o

विहान उठेर सुचि हुँदै गर्दा, निरुले फोन गरेर गणेश स्थानमा रिजर्भ हायस माइक्रो बस लागिसकेको छ, झट्टै तयार भएर निस्कन भन्यो। करिव हप्तादिनको विदाको सदुयोग गर्ने उपयुक्त अवसर सँम्झदा मन त्यसै फुरङ थियो। यात्रामा समकालिन साथीहरु लक्ष्मी र शितल पनि थिए। झट्पट आवश्यक सामान झोलामा राखेर परिवारका सदस्यसंग बिदा लिई, घर बाट निस्किएँ। गणेश स्थान नपुग्दै निरु र शितलको घर पर्ने भएकाले, दुबैलाई बोलाउँदै, सँगै लिएर चौतारीमा पुग्दा यात्राका सहयात्रीहरु सबै जना आइपुग्नु भएको भएर, हामी गाडीमा पुगे लगत्तै, गाडी छुट्यो। यात्राको अन्तिम तर महत्वपूर्ण सहयात्री प्रकाश स्वंयम्भूमा बस्ने भएकाले रिङरोडै रिङरोड गाडी स्वयम्भू तर्फ हुँइकियो प्रकाश गाडीमा चढे लगत्तै गाडीले गन्तब्य तर्फ अघि बढ्यो।
बालाजु पुगेर रिङरोडको बाटो कलंकीतिर लम्कदा, धुलाम्मे बाटो, गाडीको भिड यात्राको सुरुवात खासै शुभ थिएन। कलंकीबाट नागढुंगा सम्मको बाटो चौडा गर्न भत्काएको भएर यात्राको त्यो खण्ड पनि उति रोमान्चित रहेन। नागढुंगाबाट अगाडि बढ्दा सम्मका दृष्य सधैंजसो हिँडिरहिएको, देखिरहेको र चिनिरहेको भएर होला, झ्यालबाट देखिने दृष्यले खासै अकषर््ाण गरेनन्।
जब नौबिसेबाट टिस्टुङपालुङको उकालो लागियो, बाटो अलि सांगुरो बिग्रिएर खण्डहर भएको, खाल्टैखाल्टा भएको र धुलाम्मे भएकाले साथीहरुको आग्रहमा सबैले झ्याल बन्द गरे र मेरो सिटको झ्यालमा निरू बसेकाले उसले पनि झ्याल बन्द ग¥यो। करिब १८(२० किलोमिटरको यात्रा पुरा गरेपछि, अचानक चिसो बढे जस्तो भयो, सडक पनि अलि सफा देखिएकाले सबैले झ्यालको पल्ला खोले, निरूले पनि खोल्यो। हामी उकालो चढ्दै रहेछौं, सल्ला र धुपीका रुखहरु सडकको दुबै किनारमा बाक्लै देखीन्थे। गाडीको आवाजले होला, चराचुरुङीको आवाज त सुनिदैन थियो तर रंगिबिरंङी चराचुरुङी उडेका दृष्य आकासमा मानिसले प्याराग्लाईडिङ गरेजस्तै गोता लगाएका दृष्यहरु मनमोहक थिए। निरू गाडीमा बसे देखिनै, राजनीतिका बेथितिका, गलत प्रतिमानका कुरा तथा चक्रब्यूहबाट निश्कन सकिने उपायका बारेमा कुरा गर्दै थियो। म अँअँ भन्दै थिएँ तर उसका कुराले मलाई खासै आकर्षण गरिरहेको थिएन। झ्यालपट्टि ऊ भए पनि मेरो ध्यान सिटमा ढल्कदा झ्यालबाट देखिने प्राकृतिक दृष्यतिर थियो।
यतिकैमा गाडी मूल बाटो छोडेर, देब्रेपट्टि मोडियो। चिया नास्ता गर्नलाई रहेछ, नजिकैको हिमालयन रिसोर्टको गेटमा हामीलाई झारेर, गाडी पार्किङ पट्टि मोडियो। यात्राका सहयात्रीहरू गाडीबाट झर्न आत्तिएको जस्तो गरेकाले हाम्रो सिटभन्दा पछाडिका सहयात्रीहरुलाई पहिला झर्न दिएर निरु र म एकैछिन् सिटमै बसि रहयौं। अगाडि क्याबिनमा बसेका प्रकाश, लक्ष्मी र शितल पहिलै बसबाट झरेर, रिसोर्टका सुन्दर दृष्यलाई आफ्नो पृष्ठभूमिका पारेर थुप्रै फोटो खिच्न भ्याइसकेका रहेछन्। हामी झरेपछि उनीहरुको आग्रहमा हामीले पनि जानि नजानि एक दुईवटा पोजमा फोटो खिचिउँ र नास्ताका लागि रिसोर्ट छिरेउँ। हामी ५ जनाको रोजाई रिसोर्टको पछाडिको बगैँचा बन्यो र पल्लो पहाडको डाँडा, भिर, पाखा, बेंसी र खोलाको दृष्य हेर्दै आआफ्नो रोजाईको खाजा खान बसेउँ।
बाहिर आकाशमा सानदार गोता लगाउँदै दुईवटा चिल आए, नागबेली उडान गरिरहेका चिल अव कता जालान्? के गर्लान्? कहिँ बस्लान्? या चमत्कारिक उडान गर्लान्? सोच्दासोच्दै म एकोहोरिएँछु। खोला सुसाएको हाम्रो टेबल सम्मै सुनिन्थ्यो, पल्लो डाँडामा झाङगिएका रुख, बनस्पती हरियो कार्पेट ओछ्याएको जस्तै सुहाएको थियो। बनै ढाकेका कति बनस्पती बहुउपयोगी जडिबुटी होलान्। कति काष्ठ उधोगका लागी उपयुक्त रुख होलान। कति कागज र हस्त कालाकृति निर्माण गर्न उपयुक्त पातपतिङगर तथा बनस्पती होलान। त्यसै बनमा रंगीबिरंगी चराचुरुङी बस्दाहुन्, साना तथा मझौला सुन्दर जनावर दौडदा हुन्। कति पुतलीले बन सिंगारेका होलान्, किरा फट्याङराले वातावरण संतुलन गरेका होलान। ओहो कति सुन्दर होला त्यहाँको संसार। शितलले ए मिस्टर भनेर मेरो आँखा अगाडि हात हल्लाउदा म झस्किएँ। केहि नभएको जस्तो गरेर, के गर्छे यसले भन्दै स्वाँङ पारँे। उसले, मम खानु पर्दैन? सेलाईसक्यो त! भनेपछि चाहिँ अव मेरा कुनै स्वाङले काम नगर्ने देखेर होला सवै जना खित्का छोडिछोडि हाँस्न थाले। हाँस्दै गर तिमीहरू भनेर म चाहिँ कपाकप ममका डल्ला फोड्न थाले। यतिकैमा यात्रामा अघि बढ्ने संकेत गर्दै हाम्रो यात्रा सहयोगी सबैलाई वोलाईरहेको भएर अब अलमल गर्नु हुन्न भन्ने सम्झि सबै जना पुन सौच भई गाडीमा प्रवेश गरेउँ।
गाडीको यात्रा त्यति कष्टकर थिएन। यो पटक निरुलाई भनेर झ्यालपट्टि म बसें। रिसोर्टबाट निस्किए र अघि बढ्दाको केहि घण्टा बाक्लो मानव वस्ती थियो। त्यति ठूला, ढलान, आकर्षक घर, सुब्यवस्थित पसल र मानिसको बाक्लो चहलपहल नभएकोले स्वभाविक रुपमा ग्रामीण ईलाका हो भनेर अनुमान लगाउन सकिन्थ्यो। साना र मझौला घर भए पनि सुन्दर, सफा र चिटिक्क परेका घर भएका ले, त्यस्ता घरमा बस्ने मानिस पनि सुन्दर र सफा मनका होलान भनि अनुमान गर्दै गाडिकै गतिमा म पनि बहकिएको थिए यात्रामा देखिएका केहि दृष्य ठम्याउनै नपाउँदै ओझेलमा पर्दथे। साना र सामान्य घटनाले पनि मलाई आक्रषित पार्ने भएकाले मेरा लागि हरेक दृष्य रोमान्चित थिए। नजिकका दृष्य ठम्याउँन गाह्रो परेका बेला अलि पर क्षितिजका दृष्यले आकर्षित तुल्याउदथे। अघिबढ्ने क्रममा एक पटक निरुको स्थिती हेरेँ उ त अघिनै कहिले भुस भइसकेको रहेछ। उठाएँ फेरि यसका राजनीतिक टिका टिप्पणी सुन्नु पर्छ भनेर, छाडिदिएँ, उठाइन। राजनीति मेरो पनि चासोको बिषय त हँुदै हो तर मलाई त्यस क्षण राजनीति भन्दा मनमोहक प्राकृतिक दृष्य महत्वपूर्ण लागेको थियो।
यात्राकै क्रम चलिरहेको थियो। गाडिभित्रका अन्य साथीहरु के गरेर रमाईलो गर्ने भनेर छलफल गर्दै गर्दा प्रकाश ले यौटा मुक्तक भन्छु भनेर तम्सियो। प्रकाश पनि रमाइलो भनेपछि हुरुक्क हुने खुल्ला दिलको भएकाले। खोकेर स्वर मिलाउदै मुक्तक सुरु ग¥यो।
सफलताको उडान, तिमीले जब भ¥यौ।
हेला ग¥यौ गाउँघर, शहर डेरा स¥र्यौ।।
देख्दा सरल, रुप यौटा, सार अर्कै तिम्रो।
टेक्ने लौरो विर्सिएर जँघार अन्तै तर्यौ।।

जब प्रकाशले गजबको मुक्तक सुनायो, सबैको वाहवाहि पायो र सम्पूर्णको ध्यान उसमै केन्द्रित भयो। निरूको निन्द्रा पनि खुल्यो। सबैजनाको अर्को एउटा, अर्को एउटा, भन्नेको स्वर न थाके पछि प्रकाशले अर्को पनि एउट मुक्तक सुनायो।
मैले मनवाट, तिमीले दिमागबाट रोज्यौ।
म अगाडि थिए, तिमिले पछाडी खोज्यौ।।
जिन्दगिको यात्रा निरंतर अगि बढिरहँदा।
मैले जून रोजेँ, तिमिले तारा रोज्यौ।।
वाहवाह र अर्को एउटा मुक्तक भन्नेको स्वर अझै शान्त भएकै थिएन। प्रकाशले शितल तर्फ संकेत गर्दै, अझ राम्रो मुक्तक भन्ने मान्छे ओझेलमा परेको भने पछि, शीतल पनि उम्कन नपाउने स्थिति बन्यो। शितल पनि के कम, अघि सर्दै उसले पनि गजबको मुक्तक सुनाइ।
मनकी चरी प्रेम उसले पिन्जडामा कजाएकी छ।
नभनेरै, मनको दरवार भित्रबाहिर सजाएकी छ।
बाहिरबाहिर ठुस्केपनी मनैमनमा लजाएकी छ।
एकान्तमा उसलाई सम्झी अश्रुधारा बगाएकी छ।
शितलको मुक्तकको पनि उत्तिनै तारिफ भयो। वाह वाह, अर्को एउटा, अर्को एउटा भन्नेको स्वर गुन्जि रहेकै थियो। यात्राले अर्को मोड लिएछ। घन्टौ लामो एकान्त र घना जंगलको रात्री यात्रा सुरु गर्नु भन्दा पहिला गाडीका चालक र चालक दलका सदश्यले यात्रीलाई केहिक्षण तन्दुरूस्त हुन, सौच समय छुट्टाए। अरुसंगै, हाम्रो टिम पनि तन्दुरूस्तिका लागि गाडीबाट ओर्लियो।
सन्ध्या भएको थियो। अस्ताउन लागेको घामलाई ठूलो बादलले ढाक्दा, रातो साडीमा सजिएर स्यंम्वरका लागि सिंगारिएकी दुलही जस्तै सुन्दर थिईन। प्रकाशका किरणले पिताम्वर रंगमा सजिएको मण्डपको पृष्ठभूिममा संध्या र सूर्यको सामिप्यता अन्य बेलाको जस्तो थिएन। दुबै लाजले सर्माउँदै, पर्दा पछाडी खुशुखुशु मुसुमुसु गरिरहेको प्रेमलिला दुनियाँलाई खासै मतलव थिएन तर सन्ध्याको स्खलन, रात्रीको संकेत ठानेर चराचुरुङी आफ्नो गुणतर्फ लम्केको र जनावरहरू आआफ्नो बासस्थान तर्फ दौडेका दृष्यको सम्वन्ध भएझैं लाग्दथ्यो।
सडकको अर्को दिशामा ठुलो नदी, नदीमा साना तथा मझौला पनिजहाज, नदिको दुबै किनारमा खालखालका बनस्पती रोपेर हुर्काइएको बगैंचा, कोहि साँझको हिडाईमा, कोहि आरामदयी कुर्सीमा पल्टिएका, कोही युगल जोडी, कोहि मायाको अंगालोमा बांधिएका, कोही झुरुप्प गोलाकार रुपमा बसेका दृष्य मनमोहक थियो। सिरसिर चलेको चिसो बतास, नदीको एकनासको सुसाहट, क्रमैसंग ढल्किदै गरेको समय, प्रकृित देखि जिवित प्राणी सबैको जीवन गतिशील थियो। हामी केहिक्षण स्थिर थियौं। प्राकृितक दृष्य मनमोहक थियो। सारा दुनियाँ बिर्सिएर प्रकृतिमै रमाए पनि, अघाउने गरिको माहोल थिएन। सारा दुख, पीडा, तनव, झीँजो, हतार तथा व्यस्तता बिर्सिएर ध्यान मग्न भई प्रकृितमै लिन हुने मनको चाहना हुँदा हुँदै पनि, रात्री प्रखर नहुँदै गन्तब्यमा पुग्ने चटारोले, मुटुमाथि ढुंगा राखि अघि नबढि सुखै थिएन।
जब हामी अघि बढियौं, रात्री गाढा हुँदै गयो। दृष्य ओझेल पर्दै गए। सन्नाट छाउँदै गयो। छिट्टै गन्तब्यमा पुगि दिनभरिको थकान मेट्ने अभिलासाले मनमा कौतुहलता जाग्न थाल्यो। यता उता साथीहरुलाई हेरेँ, निरू सुतुवा मस्त निद्रामा थियो। प्रकाश कानमा ईयर फोन राखेर मनपर्ने गीत सुनिरहेको जस्तो देखिन्थ्यो। लक्ष्मी र शितल मोबाईलमा कैद गरिएका फोटा एकएक गर्दै हेर्दै हाँस्दै थिए। मेरा आँखामा पनि थकान भएर होला, गाडी भित्रको बत्तीको उज्यालोमा आन्तरीक दृष्यहरु मधुरा भएका। एकैक्षण त मै पनि भुसुक्कै भएछु।
करिव दुई घण्टको यात्रा पछि, हामी तराईको दुर्गम गाउँमा पुग्यौँ। गाउँमा लखन सोरेन र उनकी श्रीमती मिना सोरेनले हामीलाई स्वागत गरे। अर्कै परिवेश, बेग्लै भाषा, अलग्गै वेषभुषा, धर्म र संस्कृितक बिषेशता बोकेका हामीलाई हेर्न, टोलका थुप्रै मानिसहरु बाटाको दुईकिनारमा लामबद्ध लागेर बसेका रहेछन। गाउँ विभिदतापूर्ण रहेछ। धनि र गरिबका घरहरू प्रष्ट छुट्टिन्थे। छालाको रंग, नाकको आकार, आँखाको स्वरूप धेरैको बेग्लै देखिन्थ्यो।
बेला बितेपछि अबेर गरेर मिना भाउजुको हातको रात्रीको खाना खानबस्दा रात्रीको ९ बजिसकेछ। रैथाने भोजमा सजिवनको कलिलो पातको साग, फ्राई गरेको माछा, उसिना चामलको भात, टमाटर र पुधिनाको पिरो अचार ओहो बर्णन गरेरै साध्दे थिएन। खाना खाएर सुत्ने स्थानको बन्दोबस्त नहुन्जेल, लखन दाजुले मिठामिठा गफ गरेर भुलाउनु भयो। दाजुको लरबराउने नेपाली लवज सुनेर लक्ष्मी र शितलले खित्का रोक्न सकेनन् र पेट मिचिमिचि हास्न थाले। निरूले कुरो बुझेछ र मिना भाउजूले अफ्टेरो मान्नुहुन्छ भन्दै खुसुक्क चिमोटेर तिनीहरुलाई सम्झायो। यस्ता मौकामा निरू असाध्यै भरपर्दो मान्छे हो भन्नेकुरो सबैलाई थाहा थियो। केहिक्षणमै, मिना भाउजू आउनु भयो र हामी केटाखाल र केटी खाललाई एकएक ओटा सुत्ने कोठाको बन्दोबस्त गरिदिनु भयो। हाम्रा दुबै कोठामा एकएक अंङ्खरा पानी राखिदिएर भाेिल बिहान सबेरै भेट्ने निधो गरेर, हामीलाई आराम गर्न भन्नु भयो र वहाँ पनि सुत्न जानु भयो।
लक्ष्मीको मोबाईलमा अलाराम सेट गरेकी रहिछ। पल्लो कोठामा बजेको अलारामले सबै भन्दा पहिला मेरो निद्रा खुल्यो। घडी हेरें बिहानको ५ बजि सकेको रहेछ। सबैजना संगै उठ्दा सौचगृहमा भिड हुने ठानेर, सबैभन्दा पहिला आफूगएर, सौच भई, हात, मुख धोइ, एकैछिन जानेको योग गरेर आफ्नो कोठामा फर्कदा पनि कोही उठेका रहेनछन। त्यसै मौकामा एक पटक मोबाइलको डाटा अन गरेर फेसबुक अपडेट गरेँ।
एक पछि अर्को जना गर्दै सबै जना उठे। सबै जना सौच भैसके पछि, मिना भाउजुले चिया ल्याउनु भयो। सबैले चिया खायौं। चिया पिँउदा पिँउदै प्रकाशले भन्यो, लखन दाजु हामीलाई तपाईको गाउँ घुमाउने हैन त? लखन दाजुले लरबरिएको नेपाली लबजमा लौन अब जाउँ भन्नुभयो।
घुम्न क्रममा सबैभन्दा पहिला लखन दाजुले आफ्नो आँगनमा भएको मझिथान देखाएर यो हाम्रो सन्थाल जनजातिको पबित्र धार्मिक स्थल भएको कुरा अबगत गराउनु भयो। वहाँ आफू टोलको मुखिया (मझिहडाम) तथा नाइकी (समुदायको पुजारी) भएको बताउनु भयो। सामान्य माटोको ढीस्को दुई चरणमा वर्गाकार आकारमा कालो माटोले लिपेर चिटिक्क पारेको र बिचमा मोटो काठको किलो माटोभन्दा अलिमाथि सम्म रहने गरी गाढिएको र त्यो आफ्नो जनजातिको प्रमुख भम्पड महादेव रहेको बताउनु भयो। यसका बापजुत, माराङबुरु, मोडेको, तुरेईकु, जाएरएरा, गोशाईएरा, हाप्डाम्कु लगायत भगवानको पुजा गर्ने र आफु प्रकृतिक पुजक भएको तथ्य बुझाउनु भयो।
त्यस पछि हामीलाई गणेश मन्दिर लैजानु भयो। ठूलो क्षेत्रफलमा फैलिएको मन्दिर, नाम मात्रै गणेशको सबै देबिदेवताका साना तथा मझौला मन्दिर, मुर्ति, सुन्दर कलाकृित, मिहिनेत गरेर सजाइएको बगैंचा, बगैंचामा रंगिबिरङी फुल फुलेका, फुलमा किसिमकिसिमका भमरा झुमेको दृष्य मनमोहक थियो। मन्दिरमा मानिसहरुको चहल पहल सुरु भैसकेको थियो।
हाम्रो समुहका सबै साथीहरु हिन्दुहरु नै भएकाले सबै मन्दिर र देवी(देवताको शभक्ती दर्शन तथा अवलोकन ग¥यौँ मन्दिर परिसरबाट निस्कना साथ, लखन दाजुले संकेत गर्दै भन्नु भयो, उ त्यो चाहिँ बुद्व गुम्वा हो। करिव ५० मिटरको दुरीमा रहेके गुम्वामा करिव १०० जना पूर्णकालिन लामाहरु बसोबास गर्दा रहेछन्। सानो बुद्व स्तुपा, चैत्य र साना तथा मझौला बिहारहरु पनि रहेछन्। प्रसस्तै क्षेत्रफलमा फौलिएको गुम्बा कलाकृतिमा धनि र असाध्यै सफा भएकाले पनि थुप्रै मानिसहरू धेरै टाढाटाढ बाट पनि अवलोकन तथा दर्शन गर्न भनेर त्यहाँ आउनेकुरो, लखन दाजु बाट अवगत भयो। हामीले पनि उत्तिनै आस्थाका साथ गुम्बाको दर्शन र अवलोकन ग¥यौँ,
लखन दाजुसंगै गाउँ घुम्नेक्रममा निरुको सल्लाह बमोजिम लोकल चिया पसलमा चिया खान बस्यौँ। दाउरा बालेर उभीएर पकाउन मिल्ने अग्लो चुलोमा चियापकाएको दृष्य हामी सबैलाई अनौठो थियो। चारैतिर आमुन्ने सामुन्ने मिलाएर राखेका बेन्चमा टुक्रुक टुक्रुक बसेर आमुन्ने सामुन्ने भई चिया खादाको सहृदयता चाखलाग्दो थियो। हामिलाई नौलो ठानेर होला, चिया पसलमा जम्मा भएको जमात हामीलाई हेर्दै खुसुखुसु गरिरहेका थिए, हामीले कसैलाई ध्यान दिएनौं। चिया खाएर अघि बढ्ने क्रममा गाउँलेको आत्मियता, प्रेम, जिज्ञास, कौतुहलता र हामी प्रतिको चासो देखेर हामी प्रफुल्लित भयौं।
फर्केर पुन हामी, लखन दाजुकै घर पुग्यौँ ।लखन दाजुको घर अगाडि ठुलो माछा पोखरी रहेछ। पोखरीको डिलमा दिवाकालिन आराम गर्न बनाईएको सानो टहरो र आराम गर्नका लागि डोरिबाट बुनिएको खटिया अचम्म मानेर, निरू हतार हतार बस्न अघि सरेर बस्यो। आमुन्ने सामुन्ने भइ बस्न नमिल्ने भएका ले निरु र प्रकाश खटियामा बसे। खटियाको क्षमता ख्याल गरेर म, लक्ष्मी र शितल चाहिँ पलास्टिकका कुर्र्र्सीमा बस्यौँ। लखन दाजु पनि हामीसंगै, कुर्सी मै बस्नु भयो। गाउँ घुमेर हामी घर आइपुगेको संकेत बुझेर मिना भाउजू पनि त्यहिँ आउनु भयो। लखन दाजुलाई संकेत गर्दै, काठमाण्डौ देखि तपाईलाई भेट्न आउनु भएको सरहरुलाई आफ्नो पोखरीको माछा खुवाउनुहुन्? लखन दाजु जुरुक्क उठ्नु भयो र घर गएर हातले फाल्न मिल्ने जाल लिएर आउनुभयो। दुई पटकको कोशिसमा हामीलाई पुग्नेगरी माछा समाउनु भयो लखन दाजुले। लखन दाजुसँग जाल मागेर प्रकाशले पनि जाल फाल्ने कोशिस ग¥यो तर सफल भएन। निरुले पनि कोशिस गर्यो। जाल फाल्नुभन्दा पहिला आफ्नो टाउको वरपर घुमानेक्रममा जालमा अल्झिएर निरु लड्यो। लक्ष्मी र शितल पेट मिचिमिचि हाँसे। हामीले पनि हाँसो रोक्न सकेनाँै। निरु लाज पचाउँदै उठ्यो र लड्दा लागेको धुलो आफ्नो कपडाबाट टक्टकायो। मेरो पनि हालत त्यहि हुन्छ भनेर, मैले चाहिँ कोशिस नै गरिन।
लक्ष्मी र शितल मिना भाउूुलाई भान्सामा सघाउन गए। हामी लखन दाजु संग सहृदयी कुरा गर्न व्यस्त भयौं। लखन दाजुले आफ्नो जातिको उत्पति, उत्थान, चाडपर्व र संस्कृति र संस्कारका बारेमा बताउनु भयो। हामी मन्त्रमुघ्द भएर सुनिरहयौँ। जब हाम्रो बोल्ने पालो आयो, हामिले पारिवारिक प्रेम, छोराछोरीको पढाई, नैतिकता, ईमान, जमान, सद्भाव र सहृदयता कायम राख्ने सल्लाह दियौं। छालाको रंग, आँखाको स्वरुप तथा नाकको आकारमा भेद कहिलै खोज्नुहुन्न। “स्वघर्मे निधनं श्रेयस् परधर्मो भयवह,“ भौतिक सम्पतिको लोभमा विधर्म अपनाउनु भन्दा आफ्नै धर्मचरणमा मर्न बेस। आफ्नो धर्म, संस्कृति, मुल्य, मान्यता अभ्यास गरिरहेर पनि अन्य धर्म, संस्कृति, मुल्य, मान्यता संग सद्भाव तथा सहृदयता कायम राख्न सकिन्छ। तर मर्नु प¥यो भने पनि आफ्नो धर्म पालन गर्दागर्दै मरे मोक्ष प्राप्त हुन्छ। फुट्न सजिलो छ, फुटेर पनि नजुटि उपाय छैन भने वर्षौंदेखि मिलेर बसिरहेका हामीलाई कोहि आएर एकअर्का बिरुद्ध भड्काएर घृणा, हिंसा, द्वेश तथा व्यभिचार गर्न सिकाउलान, ति विधर्मी हुन। विधर्म पालन गर्ने कार्य भयावह हुन्छ। तिनका कुरामा कैहिलै नपर्नु। छोराछोरीको अलि केहिदिन बिदा हुँदा, काठमाण्डौ घुमाउन ल्याउनु, हाम्रा परिवारका सदस्यहरुसंग सहृदयता कायम राख्न सल्लाह दियौं।
त्यति कुरा गरिसक्दा बिहानको खाना खाने समय भएछ। मिना भाउजुको हातको रैथाने भोजनको स्वाद जिब्रो र हृदयमा स्मरण गर्दै संगै बसेर भोजन गरियो। लखन दाजुको महिनौको आग्रह बमोजिम वहाँको निमन्त्रणा ग्रहण गरि पुन आप्नो कर्मथलो फर्कने बेलाको क्षण अलि भावुक रह्यो। मिना भाउजु अलि कोमल दिलको हुनुहुदो रैछ, हामि जाने भन्ने थाहापाए पछि आँखाभरि आँसु परेर सुँक्क सुँक्क गर्न थालन्नु भएको थियो, लक्ष्मी र शितलले सम्हाले। लखन दाजुलाई सहृदयता मर्न नदिनु भन्दै ढाडस दिँदै, लखन दाजु र लक्ष्मीपुरको सम्झना मनमा संगाल्दै हामी काठमाण्डौ फर्कियौं।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *