भारतीय रेलले किचेर विराटनगर सिमावर्ती क्षेत्रमा तीन नोपलीको मृत्यु भएको छ । तीव्र गतिको रेलले किचेर मोरङ कदमाहाका २५ वर्षीय रमेश शर्मा, १६ वर्षीय राजु ऋषिदेव र रधनुषा मडारीका २६ वर्षीय विनोद यादव छन् ।मगलबार राति साढे ८ बजेतिर जोगबनीबाट दुई सय मिटर दक्षिणको १७ प ३६९३ नम्बरको मोटरसाइकलबाट रेल्वे लिकक्रस गर्न खोज्दा रेलले उनीहरुलाई मोटरसाइकलसहित किचेको थियो । नेपालीयुवा सवार मोटरसाइकललाई जोगबनबाट कटिहारतर्फ गई रहेको ५५४२ नम्बरको रेलले ठक्कर दिएको थियो । ती युवा जोगबनी के कति कारणले गएका थिए भन्ने खुल्न बाँकी रहेको जानकारि प्राप्त भयको छ।