रेडियो नेपालमा जागीर खुलेको छ । गत भदौ १ गतेदेखि चौबिसै घण्टा प्रशारण सुरु गरेको रेडियो नेपालले केन्द्रीय र क्षेत्रीय कार्यालयहरुका लागि विभिन्न पदमा २२ जनाको दरखास्त आह्वान गरेको हो । रेडियो नेपालले १६ जना वरिष्ठ प्राविधिक सहायक, ३ जना सहसमाचारवाचक (नेपाली) र ३ जना वरिष्ठ कार्यक्रम सहायक माग गरेको हो । दरखास्त बुझाउने मिति भदौ २३ गतेसम्म रहेको छ ।