चालू आर्थिक वर्षको ८ महिना पूरा भइसक्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरुले विनियोजित रकमको आधा हिस्सा पनि खर्च गर्न नसकेको अधिकारीहरुले बताएका छन्।
भूकम्प र भारतसँगको सीमा नाकामा उत्पन्न अवरोधले थलिएको नेपालको पूर्वाधार विकास क्षेत्र ठेकेदारको लापरवाही र स्थानीय तहमा अख्तियारी दिन हुने गरेका ढिलाइले थप मारमा परेको अधिकारीहरु बताउँछन्।
राष्ट्रिय योजना आयोगको आँकडा हेर्ने हो भने मुलुककै गौरवका रुपमा हेरिएका आयोजनामा समेत छुट्याइएको रकमको आधा अंश पनि खर्च हुन सकेको छैन।
आयोगका उपाध्यक्ष युवराज खतिवडाले भने, “सडकमा प्रगति राम्रो छ, विद्युतमा राम्रो छैन, खानेपानीमा अपेक्षाभन्दा पछाडि छ, अरु आयोजनाहरु ठिकै छन्, अहिले फागुन मसान्त सम्ममाकरिब करिब ४० देखि औसतमा ५० प्रतिशतको बीचमा भएको होला।”