Best Online News From Nepal

राष्ट्रवादी नेता चक्रप्रसाद बास्तोलाको निधन

नेता चक्रप्रसाद बास्तोलाको  निधन भएको छ । बास्तोलाको शनिबार अपरान्ह खुमलटारस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

बास्तोलालाई बाँसवारी स्थित न्यूरो अस्पतालमा लगिएकामा अस्पतालले उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो  । सोलगत्तै   निवास लगिएका उनको त्यही निधन भएको  बताइएको छ।

मस्तिष्कघातका कारण नेता बास्तोला ६ वर्षयता अर्धचेत अवस्थामा थिए । उनलाई २०६९ साल पुस १४ गते मोरङको विराटनगरमा भेलालार्इ सम्बोधन गर्दा गर्दै लडेपछि मस्तिष्कघात भएको थियो।