धिरेन्द्र चन्द सोडारी
नेपाल विश्वकै सर्वप्राचिन देशहरूमध्ये एक हो । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनताको इतिहास दशौं हजार वर्षको इतिहास छ् । सबै कालखण्डमा यो देश शक्तिशाली, अग्रडी रहिआएको छ् । तर विडम्बना नै भन्नु पर्छ नेपाल अहिले सम्म विकाशको एक फड्को पनि मार्नु सकेको छैन् । २००७ सालको आन्दोलन ,२०४६ सालको आन्दोलन, १० वर्षे जनयुद्ध, २०६२÷६३ को जन—आन्दोलन र दोसा्रे पटक भारते गरेको अघोषित नाकाबन्दी बाहेक आज सम्म केहि उपलब्धि हासिल गरेको छैन् ।
जुन जोगी आए पनि कानै चिरेका भने जस्तै जुन दलहरू सत्तामा पुगे पनि नेपाली जनताहरूको दुःख जहाँको त्यहि छ । नेपाली नेताहरूले सम्पुर्ण जनताहरूलाई कसरी भष्ट्रचार गर्ने ? कसरी देशको सम्पत्तीलाई दुरूपयोग गर्ने ? कसरी कालोबजारी गर्ने ? कसरी एक—अर्को को विरोध गर्ने , कसरी सत्तामा पुग्ने ? आदी बाहेक अरू केहि सिकाएका छैन् । आज यूवाहरू पनि त्यहि बाटोमा लागेका छन् । पैशा नै सबैथोक हो भनेर अगाढी बढ्दैछन् ।
आजका यूवाहरू पढेर देश र समाजको विकास गर्नु पर्छ भनेर अध्ययन गर्दैनन् मात्र केवल एक मात्र उद्देश्ले अध्ययन गर्दैछ ः इन्जिनीयर बन्नेले कसरी कमिशन र भष्ट्रचार गर्ने भनेर सोचेर अध्ययन गर्दैछ् डक्टरले कसरी मान्छे मार्ने भनेर अध्ययन गर्दैछ् म्यानेजमेन्ट अध्ययन गर्नेले कसरी बैकं लुट्ने भनेर अध्ययन गर्दैछ, पत्रकारीता पढेको विद्यार्थीले कुन राजनीतिक दलको समाचार लेखेर अगाडी बढ्ने हो भनेर सोचिरहेको हुन्छ, विजनेश म्यानले कसरी कालोबजारी गरेका कसरी अगाडी बढ्ने भनेर सोचिरहेको हुन्छ, शिक्षकहरूको हालत पनि यस्तै छ उहाँहरू त केवल विद्यार्थीहरूलाई आफ्नो पार्टीमा प्रवेश लगाउनु र राजनीतिक पाठ मात्र सिकाउनुमा व्यस्त आदी ।
कहिले सम्म हामी विद्यार्थी, यूवाहरू आम सर्वसाधरण नेपाली जनताहरू हेरेरमात्र बसिरहने त ? के फेरी १० वर्ष आन्दोलन गर्ने , फेरी फोहोरी राजनीतिक गर्ने ? कहिले सम्म चल्ने हो राजनीतिक ग्याम ? की त यो शुरुवात मात्र भइरहेको छ , समाप्त हुने होइन् । राम राज्य बनाउने अनि सुन्दर शान्त अनि समृद्ध नयाँ नेपाल निमार्ण गर्ने भन्ने कहाँ गए वुद्धिजीविहरू, कहाँ गए वरिष्ठ विज्ञहरू ? के गर्दैछन् की त आखामा पट्टी बाधेर बसिरहेका छन् , की त कानमा तेल हालेर बसिरहेका छन् ।
हो आज देशमा रोजगारको सिर्जना नभएर पढे लेखेका यूवाहरू विदेश पलाएन भएका छन् । दोस्रो जलस्रोतको धनी देश भए पनि धारामा पानी छैन् र न विजुली नै छ् , पैट्रोल छैन्, सुरक्षा छैन्, र शिक्षा छैन् । देशको परिस्थिति दिन प्रतिदिन नाजुक अवस्थामा गइरहेको छ् । दिन प्रतिदिन कालोबजारी, भष्ट्रचार, चोरी डकैती आदि बढ्दै छ । अब आम् सर्वसाधरण जनताहरूले प्रश्न गर्नु आवश्यक छ् ।
नेपाली राजनिितक दलको जरो र किलो कहाँ हो । सम्पुर्ण नेपाली जनताहरूले सोध्ने बेला भएको छ । यी दलहरू अरूबाट नियन्त्रित हो या स्वतन्त्र हो ? नेकपा एमाले माओवादी लगायतका सबै कम्युनिष्ट घटकहरू,नेपाली काग्रेस, राप्रपा, राप्रपा नेपाल,सबै पूर्वपञ्च घटकहरू, कथित माओवादीहरू, राजावादीहरू, जनजातिवादीहरू, अहिले सम्म पटक पटक सत्तामा पुगे र अहिले पनि सत्ताकांक्षी छन् ।
परिक्षण मुल्यांकन गर्दा नेपाली राजनीतिक दलहरूको मुल जरो कहाँ छ ? आज सम्पुर्ण नेपाली जनताहरूले प्रश्न गर्नु आवश्यक छ । सबै राजनीतिकदलहरूको जन्म र सा्रेत नेपाल बाहिर नै हो । यिनीहरूक स्रोत र सिद्धान्त पनि नेपाल बाहिरको हो । त्यसैले आज सम्म नेपाली राजनिितक दलहरूले नेपाली जनतालाई शक्तिको केन्द्र नै मान्दैनन् । कोही पूर्व तिर,कोही दक्षिण तिर कोहि पश्चिम गाडिएका हुनाले यीनिहरू कसरी स्वतन्त्र, स्वाधीन हुन्छनन् ?
पटक–पटक सत्तारूढ भएका यिनै राजनीतिक दलहरूले पटक पटक सत्तामा जादाँ पनि नेपाली जनताहरूलाई बेइमानी गर्ने यिनै हुन ?
अब ढिलो गर्नु हुदैन् आज आत्मनिर्भर नबनेकै कारणले छिमेकी सामु झुक्नु पर्ने बाध्यता छ् । नेपालीहरू नेपालको स्रोत साधनलाई मात्र प्रयोग गर्ने हो भने पनि धेरै हुन्छ । अब घर—घर बाट यूवाहरू जुट्नु पर्छ । नेपालमै भएको मौलिक रैथाने शक्ति बनाउनु सकिन्छ् नेपाललाई वैश्विक पुन ः संरचनाको अग्रणी एवं केन्द्र मानेर आर्थिक समृद्धि, दिगो विकास, न्याय, शिक्षा, स्वास्थ्य, रोजगार द्वारा नै पूर्ण प्रत्याभूति, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता भएको शक्ति बनाउनु आवश्यक छ । नेपालमा नै मौलिक रैथाने शक्ति बनाएर पूर्ण प्रत्याभूति, अखण्डता, स्वाधीनता, वसुधैव कुटुम्बकम सार्थक पार्न सक्ने गरी एक नयाँ शक्ति खडा गर्ने आवश्यक छ।