Best Online News From Nepal

यो खोलाबाट ५४ मेगावाट विद्युत उत्पादन हुने

ताप्लेजुङस्थित मध्य तमोर विद्युत आयोजनाबाट आगामी पाँच वर्षभित्र ५४ मेगावाट विद्युत उत्पादन हुने भएको छ । बिस्तृत अध्ययन÷प्रतिबेदन अनुसार कार्यले गति पाएमा पाँच वर्षभित्र उक्त क्षमता बराबरको विद्युत उत्पादन हुने सो आयोजना सानिमा हाइड्रो पावर कम्पनीको संयोजनमा गैह्र आवासीय नेपालीहरुको ९० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका समुदायको १० प्रतिशत लगानीमा सन् २०२१ डिसेम्बरभित्र तमोर नदीबाट बिद्युत उत्पादन हुने भएको हो । सानिमा हाइड्रो पावर कम्पनीका प्रवन्धक डा. सुवर्णदास श्रेष्ठका अनुसार आयोजना कुल नौ अर्व रुपियाँ बराबरको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।
कुल लागतमध्ये सात अर्व १० करोड रुपियाँ गैह्र आवासीय नेपालीहरुले लगानी गर्ने प्रवन्धक श्रेष्ठले जानकारी दिनुभयो । बाँकी एक अर्व ९० करोड रुपियाँ आयोजना प्रभावित क्षेत्र ताप्लेजुङको सावादिन, फुरुम्बुु, खोक्लिङ र हाङ्देवा गाविसका स्थानीयबाट शेयर लगानीबापत रकम व्यवस्थापन गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।
यता बिद्युत उत्पादन कार्यका लागि स्थानीयलाई दिइने शेयर अहिलेसम्मकै अधिकतम् भएको प्रवन्धक श्रेष्ठको भनाइ छ । कुुल लगानीको १० प्रतिशत शेयर स्थानीयलाई दिएर आयोजनाको अपनत्वमा स्थानीय समुदायलाई बढी भूमिका दिन खोजिएको उहाँले बताउनुभयो । कम्पनीका अनुसार सन् २०२१ को डिसेम्बरभित्र बिद्युत उत्पादन गरी त्यसको परीक्षण प्रसारण गर्ने लक्ष्यका साथ कामलाई अघि बढाइने छ । आयोजनाको कार्य सञ्चालन अघि सानिमाले आयोजना प्रभावित क्षेत्रका समुुदायको राय र परामर्श लिइएकाले कार्य अघि बढाउँदा स्थानीयको सहयोग सबैभन्दा बढी हुनेमा आसावादी रहेको प्रवन्धक श्रेष्ठको भनाइ छ ।
आयोजनाका लागि तमोर नदीको पानीलाई फुरुम्बुको मित्लुुङ क्षेत्रमा ६० मिटर अग्लो बाँध बाँधी ७३ दशमलव ७१ घनमिटरको पानी इन्टेकमार्फत व्यवस्थापन गर्ने तयारी छ । प्रवन्धक श्रेष्ठका अनुसार खोक्लिङको लोरिन्देनमा १८ मेगावाट क्षमताका तीन वटा टर्वाइन खडा गरी सुरुङ मार्गमार्फत् आएको पानीलाई तीन वटा जेनेरेटिङ् युनिटमार्फत ५४ मेगावाट बिजुली उत्पादन गरिने छ ।
गत २०६४ साल फागुन २ गते बिद्युत विकास बिभागबाट बिद्युत उत्पादन सर्बेक्षण अनुुमति पाएको सानिमा हाइड्रो पावर कम्पनीले पछिल्लो सर्वे र बिस्तृत अध्ययन पछि बिद्युतको उत्पादन क्षमता ५४ मेगावाट हुने भएको हो । नदीमा बग्ने पानीको चाँप र बिस्तृत अध्ययन प्रतिबेदन अनुसार उत्पादन क्षमता पुुनरावलोकन गरेको कम्पनीका प्रवधन्क श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनसार प्रभावित समुुदायका सदस्यहरुसँग गरिएको सार्वजनिक सुनुुवाइको प्रतिबेदन स्वीकृत हुनासाथ आयोजनाले निर्माणको गति लिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *