Best Online News From Nepal

युवराज पारस शाह आज काभ्रेपलाञ्चोक मन्दिरमा सवारी हनुभएको हो

राजकुमार पारस शाह कसैलाई थाहा नदिई पलाञ्चोक भगवतीमा दर्शनमा अचानक पुजा अर्चनामा झुल्किए ।
राजकुमार पारसले पलाञ्चोक भगवतीको दर्शन गरेका छन् । पछिल्ला केहि दिन यता लगातार सञ्चार माध्यममा छाईरहेका प्रिन्स पारसले आज बिहान ९ बजे पलाञ्चोक मन्दिरमा बिधिवत् रुममा पुजा अर्चना पनि गरेका छन् ।

प्रिन्स पारस शाह मन्दिरको द्वारमा पुग्ने बित्तिकै शंख बज्यो, मन्त्र पढ्ने काम भयो , बाजा बज्यो र नित्य पुजा पनि भयो । यो कुनै योजना बिना आफैं भएकाले एउटा ठुलो शुभ संकेत का रुपमा हेरिएको छ ।

बिहान ७ बजे हिँडेका उनले ९ बजे प्रारम्भ गरेको पुजा आधा घण्टासम्म चलेको थियो । कसैलाई थाहा नदिई सर्वसाधारणकै शैली र पहिरनमा पलाञ्चोक पुगेका प्रिन्सलाई देख्नेहरु नै झुक्कीएका थिए । प्रिन्स पारस होईन भनेर मन्दिर दर्शनमा आएका भक्तजन एक आपसमा कुरा गरेर अलमलिएका थिए भने उनलाई चिनेपछि उनिसंग फोटोसेसन गरेका थिए । पुजा सकेर स्थानिय साधारण पसलमा चिसो र चाउचाउ खाएका उनले देशको बारेमा चिन्ता गर्दै कुराकानी गरेका थिए । भक्तजनहरुसंग भलाकुसारी समेत गरेका उनले अब धर्म र संस्कृती जागरणको लागि र धर्म र संस्कृती सुरक्षा को लागि बुझ्न र सम्झिनु नै कर्तब्य हो भनि अगाडि बढ्ने प्रण गरेका छन् ।

पछिल्ला केहि हप्तादेखी लगातार धार्मिक पिठहरुमा भेटिंदै आएका युवाबर्गको मनको राजकुमारले पशुपतीमा छायाँ दर्शन गरेर धार्मिक यात्रा सुरुवात गरेका थिए । छायाँ दर्शनबाट सुरु भएको उनको यात्रा पचली भैरव, दक्षिणकाली, बौद्ध स्तुपा, कपन मन्दिर र गुम्बा हुँदै आज पलाञ्चोक भगवती सम्म पुगेको छ भने ३० गते आईतबारका दिन पंचमुखि हनुमान , उत्तरगया गोकर्ण स्थित मठ मन्दिरको दर्शनको र पुजापाठको कार्यक्रम छ । प्रिन्स पारस गोकर्ण आउने खबरले उत्साहित गोकर्णेश्वरका युवा र नगरवासी ले पनि अन्य स्थानमा झैं उनिलाई स्वत: स्फुर्त स्वागत गर्ने देखिएको छ । जहाँ बाजागाजा बजाईने , फुल बृष्टि गर्ने बृहत कार्यक्रमको अायोजना हुने खबर छ ।
विश्वं शान्तिः र मानवः कल्याणंको लागि पूजा उपाशनाको नारा सहित जेठ कृष्ण त्रियादशी तथा भोटो जात्राको दिन एकदम उत्तम तथा शुभ साईत निकालेर त्यहाँको समिती र ३० वटा बटुकद्वारा वाचन गर्ने , अभिनन्दन गर्ने , सम्पूर्ण भक्तजनलाई प्रसाद बाढ्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *