Best Online News From Nepal

युवराज पारस पचली भैरवमा

काठमाण्डौं, १५ फागुन :

 

पूर्व युवराज पारस शाहले मंगलबार बिहान टेकुस्थित पचली भैरवमा पुगेर पूजाअर्चना गरेका छन् । नजिकका सहयोगीका साथ मन्दिर पुगेका पारस निकै दुब्लो देखिएका छन् ।

नेपालबाट राजतन्त्र हटेसँगै थाइल्याण्ड बस्न थालेका उनी २०६९ साल फाल्गुन ८ मा अचेत भएर लडेसँगै ११ दिनसम्म बेहोस भएका थिए । त्यस घटनापछि एक महिना उपचार गरेर पूर्ण निको भएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । यस्तै उनी २०७१ असारमा थाइल्याण्डमा नै गाँजासहित पक्राउ परेका थिए ।

त्यसबेला उनले केही दिन थाई प्रहरीको हिरासतमा नै बस्नु परेको थियो । सो घटनापछि थाइल्याण्ड छाडेर नेपाल बस्न थालेका पारस कहिलेकाँही मात्रै सार्वजनिकस्थलमा देखिने गरेका छन् । दुब्लाएका पारसको पचली भैरवको पूजा अर्चना पनि स्वास्थ्य लाभ कामनाका लागि भएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

souece naya page

Leave a Reply

Your email address will not be published. Required fields are marked *