Best Online News From Nepal

युरोपियन लाइ देश निकाला गर! सार्वभौम सत्ता कायम गर

युरोपियन युनियन जसले संसारभर अनेक बखेडामा जातीय हिँसाको लागि लगानी गर्दछ त्यसले फेरी एक पटक नेपालमा जातीय झगडाको अस्त्र फालेको छ । युरोपियन युनियनको विश्व भरि खेलेको नकारात्मक रोल थाहा हुँदा हुँदै पनि नेपालको लोभीपापीबाट बनेको सरकारले यसलाई नेपालको हरेक क्षेत्रमा प्रवेश गर्ने ढोका खुल्ला गरिदिएको थियो ।

यसले अहिले आएर नेपालमा अत्यन्तै गलत, भ्रामक र आधारहीन नक्कली प्रतिवेदन तयार गरेर नेपाली जनतामा सकभर झगडाको बिउ रोप्ने प्रयास गरेको छ । यस्तो अवस्थामा देशको चौथो अङ्ग भनिने मिडियाहरुमा ठुला मिडिया हाउस भनिने कान्तिपुर, अन्नपूर्ण पोष्ट जस्ता मिडियाले एक सब्द चुइक्क नबोली यी मिडियालाई बिज्ञापनको नाममा विदेशीले खरिद गरेको भन्ने तर्क प्रमाणित गरेका छन ।

पराई देशले कुनै पनि रुपमा हस्तक्षेप गरेर देशमा जातीय लडाई झगडा गराईदिदा के हुन्छ भन्ने उदाहरण सुडान र सिरियामा भएका मानव संहारका घटना देख्दा देख्दै पनि तिनै प्रभुको पक्षमा वकालत गरेर “जनजाति महासंघ” भन्ने एउटा झुण्डले सम्पूर्ण जनजातिको बेइज्जति गर्दै युरोपियन पाँदरीको भक्तिगान गर्ने प्रयास गरेको छ र आफ्नो पेट पाल्ने उत्तम उपाय अपनाएको छ ।

एउटा उखान “गाईको मासु मन्दिरमा र सुँगुरको मासु मस्जिदमा लगेर फालेर गिद्धले आफ्नो बच्चाको मान्छेको मासु खाने इक्षा पूर्ति गरिदिएको थियो रे” भन्ने उखानलाई चरितार्थ गर्दै युरोपियन युनियनले क्षेत्री खस बाहुन र जनजातिको बिचमा युद्ध गराई आफ्नो बाइबल बाँड्ने प्रपन्चको प्रयास फेरी एक पटक नेपालमा गरेको छ ।

Source Facebook :https://www.facebook.com/ghale.durgesh

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *