Best Online News From Nepal

यस साताको शेयर बजार : ११.७३ प्रतिशतले बढ्यो कारोबार

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव ६ अंकले बढेर अन्तिम दिन १ हजार २ सय ८३ दशमलव ५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव २९ अंकले बढेर २ सय ७७ दशमलव ५१ अंकमा आईपुगेको छ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से ३.६२ अंकले बढेको छ । साताको अन्तिम दिन १२८३.५२ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिव इन्डेक्स पनि ०.६९ अंकको वृद्धि भई २७७.५१ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

यस साता कारोबार रकम पनि ११.७३ प्रतिशतले बढेको छ । साताभरमा नेपाल स्टक एक्सचेन्जका १३८ वटा कम्पनीहरुको ८० लाख १० हजार २ सय ४० कित्ता शेयर ११ हजार ६ सय ९६ पटक किनबेच हुँदा २ अर्ब ८३ करोड १५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता १३६ वटा कम्पनीहरुको ८४ लाख ७० हजार ७ सय ५० कित्ता शेयर १२ हजार ५ सय ३१ पटक किनबेच हुँदा २ अर्ब ५३ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस साता कारोबार रकमको आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट अग्रस्थानमा रहेको छ जसको २३ करोड ११ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापकको २२ करोड ५ लाख ८० हजार रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको १६ करोड ७५ लाख ५० हजार रुपैयाँ, नेपाल बंगलादेश बैंकको १६ करोड ५८ लाख १० हजार रुपैयाँ र सानिमा बैंकको १४ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम अग्रस्थानमा रहेको छ जसको १५ लाख १२ हजार कित्ता शेयर खरिद बिक्रि भएका छन्  भने कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैँक अग्रस्थानमा रहेको छ जसको ७ सय ४५ पटक शेयर कारोबार भएको छ ।

यस साता ३ वटा कम्पनीका बोनस र हकप्रद शेयर नेप्सेमा कारोबारका लागि सुचिकृत भएका छन् । आइसीएफसी फाइनान्सको २१ लाख ३४ हजार ८ सय ४५ कित्ता हकप्रद शेयर, मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७५ हजार कित्ता बोनस शेयर र विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको १२ लाख १५ हजार ९७ कित्ता साधारण शेयर खरिद बिक्रिका लागि नेप्सेमा सुचिकृत भएका छन्  ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *