Best Online News From Nepal

म र मेरो पाटि नेपाली काङ्ग्रेस हिन्दु राष्ट्रको पक्षमा छ- प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दु राष्ट्रको पक्षमा बोल्ने बताएका छन् ।

विश्व हिन्दु महासंघका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा हिन्दु राष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले त्यस्तो बताएका हुन् ।

देउवाको बचनपछि महासंघले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षधरलाई मत हाल्न आफ्ना शुभेच्छुक र सदस्यलाई आह्वान गरेको छ ।

देउवालाई उद्धृत गर्दै बास्तोलाले भने, ‘नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्रको बिपक्षमा छैन । म सार्वजनिकरुपमा नै बोल्न तयार छु ।’ महासंघ पदाधिकारीले सोमवार प्रधानमन्त्री देउवासँग र मंगलवार एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

उडिशाबाट शंकराचार्य आउँदै

उडीसाको जगन्नाथ पुरस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वती चैतमा नेपाल आउँदैछन् ।

विश्व हिन्दु महासंघको निमन्त्रणामा उनी आउन लागेका हुन् । उनी दश दिन काठमाडौं रहने गरी कार्यतालिका बनिरहेको छ ।

‘उहाँ चैत्रमा यहाँ आउने गरी कार्यक्रम बनिरहेको छ,’ महासंघका बरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बास्तोलाले भने, ‘उहाँले नेपाल बसाईका क्रममा विराटनगर, बराहक्षेत्र, काठमाडौं, पोखरा हुँदै मुक्तिक्षेत्र जाने कार्यक्रम बनिरहेको छ ।’

भारतका चार प्रमुख शंकराचार्यमध्ये उनी एक हुन् । यो स्तरका शंकराचार्यको नेपाल भ्रमण २०४४ सालपछि भएको थिएन । निश्चलानन्द आठौं शताब्दिबाट शुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५ औं उत्तराधिकारी हुन् ।

भारतमा द्धारिकाधीश मठ गुजरातमा स्वरुपानन्द सरस्वती तथा सृंगेरी मठमा भारती तीर्थ नामका शंकराचार्य छन् । ज्योतिर्मठ बद्रीकाश्रमका शंकराचार्य पद रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *