Best Online News From Nepal

मोदी गाँउपालिका-६, पर्वत का वडा अध्यक्ष विमल लामिछानेले गरे विद्यार्थी भर्ना एव अभिभावकत्व ग्रहण

पर्वत । युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् मोदी गाँउपालिका-६,पर्वतका वडा अध्यक्ष विमल लामिछानेले १ जना विपन्न विद्यार्थी भर्ना गरी अभिभावकत्व ग्रहण गर्नु भएको छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुवाट शुरुवात गर्नुभएको भर्ना अभियानलाई निरन्तरता दिदै वडा अध्यक्ष विमल लामिछानेले मोदी गाँउपालिका–६ स्थायी ठेगाना भएका आर.एन. कुवंर लाई नवजागृत मावि,तिलाहार, कक्षा १ मा भर्ना गरि अभिभावक बन्नु भएको हो । बाबु,आमा सँगै आएका मनोजलाई पोशाक,पाठ्यपुस्तक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै उहाँले आर.एन. कुवंर लाई SEE सम्मको शिक्षाका लागि आफुले जिम्मा लिने प्रतिवद्धता व्यक्त गर्नु भयो। समग्र शिक्षाको विकाश विना समृद्ध समाजको परिकल्पना गर्न नसकिने भन्दै विधालयका सवै विद्यार्थीको शिक्षाको गुणस्तर बढाउन सधै लागि पर्ने पनि बताउनु भयो ।
सरकारले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान संचालनमा ल्याएको र भर्ना अभियानलाई सफल बनाउन सवै सरोकारवाला, नागरिक समाजहरु स्वेच्छिक अभिभावकत्व ग्रहण गरी सरकारको यस महान अभियानमा सरिक हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *