Best Online News From Nepal

मोटर साईकल चोरीमा संलगन गिरोह पक्राउ

पोखरा १२, चैत्र ।

मोटरसाइकल र स्कुटर चोरीमा संलग्न गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्कीका विभिन्न स्थानबाट विभिन्न मितिमा हराएका तथा तथा चोरी भएका स्कुटर र मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर बेचबिखन गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

घटना विवरणः
कास्कीका विभिन्न मिति र समयमा विभिन्न स्थानहरुबाट स्कुटर, मोटरसाकलहरु चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि बेचबिखन गर्ने गिरोहहरु सक्रिय रहेको भन्ने सूचना प्रहरीलाई आयो । सोही सूचनाका आधारमा मिति २०७४।१२।१० गते बिहान अन्दाजी ९ः३० बजेको समयमा कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं ३ नदिपुरस्थित फिल्महलको पार्किङमा मोटरसाइकल चोर्दै गरेको अबस्थामा प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ ग¥यो ।

उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान एवं सोधपुछ गर्दै जादा भिमाद गाउँपालिका वडा नं ६ बस्ने वर्ष २२ का दिवस रानालाई मोटरसाइकल दिने गरेको खुल्यो । दिवस रानालाई खोत तलास गर्दैजादा पोखरा आउने क्रममा पोखरा २७ बाट पक्राउ गरी प्रहरी कार्यालय ल्याइयो ।

रानालाई अनुसन्धान तथा सोधपुछ गर्दै जादा उनले सम्पूर्ण दोष स्वीकार गरे । उनले बयान गरे बमोजिम मोटरसाइकल तथा गिरोहमा संग्लन सबै व्यक्ति खोजतलास गर्दै जादा मोटरसाइकलसहित संलग्नहरु पक्राउ परे । घटनामा सहयोग पु¥याउने बर्कसप संचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका  मो.सा चोरीमा संग्लन ब्यक्तिहरु

  • जि. तनहुँ भिमाद गाउपालिका ६ माझकोट बस्ने बर्ष २२ को दिबश राना ।
  • जि .कास्की पो.ले.म.न.पा १० रामवजार बस्ने बर्ष २० को बिकाश क्षेत्री ।
  • जि .कास्की पो.ले.म.न.पा १० रामवजार १९ को अभिषेक सुनार ।
  • जि.न.प.बुङदिकाली गाउपालिका ३ सिउन बस्ने बर्ष २२ को युवराज रुचाल ।
  • जि.तनहूँ भिमाद न.पा-बागटार बस्ने बर्ष ४० को कृत बहादुर नेपाली ।
  • जि.तनहूँ भिमाद न.पा-बागटार बस्ने बर्ष १९ अर्जुन नेपाली ।
  • जि.वारा इनर्वा नगरपालिका २० गोटवडिवा बस्ने बर्ष १७ को उचिर चुरिहार ।
  • जि तनहुँ भिमाद नगरपालिका ४ पिरुङ बस्ने बर्ष २२ को सुनिल थापा ।
  • भारत मोतिहारि जिल्ला सिक्ताको बर्ष १७ को संम्शाद आलम ।
  • जि.स्याङजा हरिनाथ न.पा ७ चाङसिङ बस्ने बर्ष २२ को मदन चन्द ठकुरी ।
  • जि.स्याङजा हरिनाश गा .पा ६ देगाछाप बस्ने बर्ष २२ को अरुण आले ।
  • जि.स्याङजा हरिनाश गा.पा.२ गुरुजा बस्ने बर्ष २८ को ओम राना ।
  • जि.स्याङजा हरिनाश गा.पा.४ गिरकोट बस्ने बर्ष २० को रेशम आले ।
  • जि.तनहु भिमाद न.पा.७ राङरुङ बस्ने बर्ष २२ को रेशम आले ।
  • जि.तनहु भिमाद न.पा.७ पाङमि बस्ने बर्ष २० को लक्ष्मण परियार ।
  • जि.स्याङजा हरिनाश गा.पा.७चाङसिङ बस्ने २८ बर्ष डोलराज चन्द्र ठकुरी ।
  • जि.स्याङजा हरिनाश गा.पा.७ चाङसिङ बस्ने बर्ष २४ को हिरा सिंह थापा
  • जि.भिमाद न.पा.७ पिरुङ बस्ने बर्ष १९ को सुरज राना ।
  • जि.वारा विरगंज गा.पा.१ त्रिवेणी २२ को रामबाच दास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *