Best Online News From Nepal

मैले (न) बुझेको सामान्य ज्ञान

DrLaxmi Prasad Khatiwada —–

download (1)

मैले (न) बुझेको सामान्य ज्ञान
देवनागरी लिपि ब्राह्मीबाट विकसित भएको हो भनेर जर्ज बुह्लरले ब्राह्मी लिपिको अध्ययन गरेर पत्ता लगाए ।
देवनागरी लिपि ब्राह्मी लिपिबाट विकसित भएको हो — बुह्लर
संस्कृत भाषा देवनागरीमा लेखियो, लेखिन्छ – सबै
ऋग्वेद १९०० इस्वीपूर्वदेखि १२०० इसापूर्वमा लेखियो –मुलर एवम् पश्चिमी विद्वान्
वेदको शुल्बसूत्रको पाठ इस्वीपूर्व ८०० तिर लेखिएको हुनुपर्छ जो पाइथागोरस थेरमसँग ठ्याक्कै मिल्छ — काक र फ्राउले
शुस्रुत संहिता इस्वीपूर्व ७००-८०० तिर लेखिएको हो –नासा
पाइथागोरस थेरम विश्वमै गणितको पहिलो किताब हो – आजसम्मको ज्ञान
पाइथागोरस थेरम पाइथागोरसका चेलाले इस्वीपूर्व ४५० तिर लेखे — एडवार्ड बाल्फर
पाइथागोरस थेरम र शुल्बसूत्रको पाठ मिल्छ — काक र फ्राउले
पाणिनिले अष्टषध्यायी इस्वीपूर्व ४५० देखि ५०० को बिचमा लेखे –काक
अष्टाध्यायीमा ४००० भन्दा बढी सूत्र छन् । –काक
ब्राह्मी लिपि इस्वीपूर्व ४०० वा ३०० तिर विकास भयो — बुह्लर
ब्राह्मीबाट देवनागरीको विकास हुन ३००-४०० वर्ष लाग्यो — बुह्लर
इस्वीको दोस्रो शताब्दितिर देवनागरीको विकास हुन थालिसकेको थियो – हाम्रो पाठ्यक्रम
पढेर केही कुरापनि (न)बुझ्ने — म
खै के खै के — डा लक्ष्मीप्रसाद खतिवडा

सन्दर्भ
—————————————–
गोफ्ले खरबारीमा बाख्रा चराउँदा चराउँदै निदायो ।
बाख्रा स्यालले पो खायो कि तलबाट अजुरआमा कराइन — गोफ्ले!!!! बाख्रा छSSSSन्
गोफ्ले — छSSSSन्
हजुरआमा — कहाँ छSSSन्
गोफ्ले — को ssssss नि कहाँ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *