Best Online News From Nepal

मेरो नजरमा ईशाई |

प्रवीण अधिकारी

=============
जिसस क्राइष्ट / येशु / ईशा मसीह (यूनानीमा Iesous; इब्रानी : येशुआ ७–२ BC to ३०–३३ AD) , ईशाई धर्मका प्रवर्तक हुन् भन्ने गरिएको छ | क्रिश्चियनहरू उनलाई परमेश्वरको पुत्र र ईसाई त्रिमूर्तिको तृतीय सदस्य मान्दछन | ईशाको जीवनी र उपदेश भगवान बुद्धको चार आर्य सत्य जस्तै बाइबलको नयाँ नियम ठानेर चार शुभसन्देश बनाइएको छ र त्यसलाई भन्ने गरिएको छ – मत्ती , लूका, युहन्ना र मर्कुस | ईजराइलको नासिरत प्रान्तको एउटा गाउँ बैतलहममा जन्म भएको ठानिने ईशाकि आमा मरियम कुमारी अवस्थामानै इनलाई जन्म दिन भ्याएकी थिइन् | त्यो बच्चा ईशा जन्मिएको निकै पछि यूसुफ मरियमको श्रीमान हुन् पुगेका थिए | यहूदी धर्मको रब्बी हरुले मानवको मूक्तिदाता (मसीहा) जन्मिने छ भनेर भविष्यवाणी गरे अनुसार ईशा जन्मिएका थिए तसर्थ ती ईशा र तिनीलाई जन्माउने मरियम र ती हुर्किएको परिवार जन्मजात यहूदी भएको सबैले स्वीकारेका छन् |

19225456_649875941885578_275203103392816788_n

तिमीले देखेको ईशा र मैले देखेको क्राइष्ट
===========================
यी ईशा भगवान श्रीकृष्णको भक्त थिए | त्यस कुरालाई पुष्टि गर्दै विभिन्न समयमा विभिन्न अन्वेषकहरुले आफ्नो अनुसन्धानको आधारमा निम्न तथ्यहरु प्रस्तुत राखे – हेर्नोस त तिनले के के तथ्यहरु लेखे –

१. १८६९ ईश्वीमा एउटा फ्रेन्च कानूनवीद एवं साहित्यकार” लुइस जेकोलियत” ले आफ्नो पुस्तक ” The Bible in India ” भन्ने पुस्तकमा श्रीकृष्ण तथा ईशा ( क्राइस्ट) को तुलनात्मक अध्य्यन गर्दै लेखेका छन कि क्राइष्टलाई ” जीसस” भन्ने नाम झुण्ड्याइदिने अरु कोहि होइनन तिनकै अनुयायीहरु हुन् |

२. हाम्रो संस्कृत भाषामा तिधेरको ” जिसस “को अर्थ ” मूल तत्व ” भन्ने हुन्छ | त्यसैले ती लुइस जेकोलियतले ” क्राईष्ट ” भनेको कृष्ण शब्दकै रुपान्तरण हो | ईशाले कृष्णको सट्टा कृष्णा शब्द प्रयोग गरे र यहि कृष्णा शब्दनै यूरोपमा अपभ्रंश हुँदै ख्रीस्तान या क्राइस्ट हुन् पुगेको हो | ती फ्रेन्च नागरिक लुइस जेकोलियतको भनाई अनुसार ती ईशाले भारतको जगन्नाथ मन्दीरमा धेरै बर्ष विताएका थिए |

३. रुसी अन्वेषक निकोलस नोतोवीचले भारतमा केही वर्ष बसी ” The Life of Saint Isha” भन्ने पुस्तक लेखेका छन त्यै पुस्तक फ्रेन्च भाषामा ” The Unknown Life of Jesus Christ” हुन्पु पुगेको छ | त्यो पुस्तक लद्दाखको लेह मार्ग स्थित ” हेमिस बौद्ध गुम्बामा ” अझै शुरक्षीत छ | त्यस पुस्तकमा भनिए अनुसार जीसस क्राइस्ट १३ वर्षको उमेरमा भारत जाने क्रममा ,सिल्क मार्ग हुँदै हेमिस बौद्ध गुम्बामा पुगेका थिए र उनले त्यही बसेर बौद्ध शीक्षा लिएका थिए | उनले निर्वाणको महत्व त्यतिखेरै बुझे | ती ईशाले तिनको उमेरको १८ वर्ष भारतको काश्मीर लद्दाख र उडीसाको जगन्नाथ मन्दीरमा विताई बौद्ध एबं हिन्दू धर्म ग्रन्थहरुको आध्यात्मिक रहष्य अध्ययन गर्न भ्याएका थिए | निकोलस नोतोवीचको भनाई अनुसार ईशालाई सुलीमा चढाएपछि उनको मृत्यु भएको मानियो तर उनी सिकेको भारतको बसाइको क्रममा सिकेको योग वलद्वार जीवितै रहन सकी सुलीमा चढाएको ३ दिनपछि आफ्नो परिवार लिई भाग्दै तीब्बतको बाटो हुँदै पुन: भारतको श्रीनगर आएर ८० वर्षको उमेरमा मरेका थिए | ईशाको चिहान अझैपनि श्रीनगरको रौजावलमा सुरक्षित छ , ल्याङ्ग ल्याङ्ग गर्नेले यो भिडियो https://youtu.be/C74pQX474tA हेरे हुन्छ |

४. पारसी( इरानी) परिवारमा जन्मिएका मेहर बाबा त्यतिखेर एक रहश्य पूर्ण चमत्कारिक साधुमा गनिन्थे | तीनले ३० बर्ष सम्म मौन बसेर बिताएका थिए | त्यै मौन बसेको समयमा उनले” God speak” भन्ने पुस्तक लेखे | जुन पुस्तकमा ईशा सुलीबाट जोगिएपछि भारतमा बसेर योग साधना गरेको कुरा उल्लेख गरिएको छ | उनले योग साधना सिकेर सुलीमा नै समाधी लगाए | यसरी समाधीबाट जागृत भएपछि ईशा पुन: भारत आए र बाकी जीवन काश्मीरमा बिताए | मेहरबाबाको यो कुरालाई अभायानंद ,सत्यसाईबाबा, शंकराचार्यले समर्थन जनाएको भेटिन्छ भने फिदाह सनैन ,अजीज कश्मीरी , जेम्सडियर्डोफ, मंतोसे देव आदिले समेत कश्मीरको रौजावलमा भएको चीहान ईशाकै चीहान हो भनेर प्रमाणित गरेको देखिन्छ |

५. सन् १९८२ मा जर्मन विद्वान होल्गर कस्टर्नले ईनै कुरा पुष्टि गर्दै आफ्नो अनुसन्धानात्मक पुस्तकमा ” Jesus Lived in India : His life before and after crucifixion ” भन्ने पुस्तक लेखेको देखिन्छ |

सनातनी मान्यता भित्रको तर्क
===================
लुइस जेकोलियतको भनाईलाई आधार मान्दा यस विश्वमा हाल प्रचलनमा रहेका सम्पूर्ण भाषाहरुमा संस्कृत भाषाको प्रभाव निकै परेको देखिन्छ किनभने संस्कृतको द्वार( ढोका) बाट अंग्रेजीको door, संस्कृतको पितृ, मातृ, भात्री बाट क्रमश: father, mother, brother आदि शब्दहरु बनेको हो भन्नेकुरा जो सुकैले स्विकार्न करै लाग्छ | यी शब्दहरु देश, काल, परिस्थीति अनुसार अपभ्रंस हुँदै ती मुलुकमा विकसित हुन पुगी प्रचलित हुन पुगेको हो | लुइसको भनाईलाई हेर्दा आ आफ्नो मातृभाषाको कारणले गर्दा अर्काको भाषा उच्चारणमा तिनको लवज अनुसार परिवर्तन हुन पुग्नु स्वभाबिकै हो | त्यसैले कृष्ण शब्द कृष्णा ,खृस्तान या क्राइस्ट उच्चारित हुन पुगेको हो | ईशाले भारतमा बसेर बौद्ध तथा हिन्दू ग्रन्थहरुको अध्ययन गरेका थिए | उनलाई भागवत गीता अत्यन्त मन परेको ग्रन्थ थियो | ईशाले गीताको ज्ञान उनका ठाउँका मानिसहरुलाई दिने उद्द्येश्य्ले आफुलाई श्रीकृष्ण संग तुलना गरेका थिए ? नत्र तिनको नाउँ अरुनै किन राखिएन ?

ईशाले कृष्णलाई धेरै पछ्याएको हो | भगवान कृष्णको अनुयायी हुन् पुग्ने ईशाको जीवनका धेरै घटनाहरु भगवान श्री कृष्ण संग मिलाइएको छ | जस्तै कंशको नजरबाट भगवान कृष्ण जन्मनसाथ भाग्नु परेको थियो, त्यसरीनै ईशालाईपनि हेरोद राजाको नजरबाट टाढा भगाइएको थियो | भगवान श्रीकृष्ण एउटा किसानको घरमा हुर्किन पुगेका थिए भने ईशालाई पनि भेडा गोठला कहाँ जन्मेको भनेर उल्लेख गरिएको छ | यस्तो समानताको कारण ईशु गीता प्रति आकर्षित हुन् पुगेका थिए | भागवत गीताको ज्ञान श्रीकृष्णले समस्त मानव कल्याणकोलागि अर्जुनलाई निमित्त बनाएर दिएका थिए भने सोही ज्ञानलाई ईशाले कृष्णनितिको नाममा ईजराइलमा र वरपर प्रचार प्रसार गराएका थिए | त्यसैकारण बाइबल र ईशाले प्रचार गरेको ज्ञान श्रीमद भागवत गीतामा श्रीकृष्णले दिनु भएको ज्ञानकै हुबहु नक्कल र व्याख्या हुन पुगेको छ |

कृष्णनीति ( कृश्चियनिटी)
=================
एउटा श्लोक उदाहरणको रुपमा हेरौ –

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥ (भगवतगीता १८:६६)

अर्थात, सबै धर्मलाई त्यागेर तिमी मेरो शरणमा आउ | म तिम्रो सम्पूर्ण पापलाई नष्ट गर्छु | म तिमीलाई मूक्ति दिन्छु , तिमि शोक नगर | तिमी कसैसंग नडराउ किनभने यसरी मेरो शरणमा आउने प्राणीको संपूर्ण जिम्मा मै लिन्छु | त्यसको सबै पापकर्मलाई म क्षमा दिन्छु |

उपरोक्त श्लोकको हुबहु नक्कल बाईबलमा गरिएको छ त्याँहा ईशा बताउछन र त्यही भनाईलाई इशाईमार्गी भन्ने गर्छन – प्रभु ईशुनै मुक्तिदाता हुन | ईशु बाहेक कसैले मानवलाई मुक्ति दिन सक्दैन | अनि ईशुलेनै सम्पूर्ण पाप नष्ट गरिदिनु हुन्छ | यस्ता धेरै उदाहरण्हरु बाइबलमा भेटिन्छ, जीज्ञासा हुनेले गीता र बाइबलको तुलनात्मक अध्ययन गरे हुन्छ |

ईशा अर्थात जीससले भगवत गीताबाट प्रभावित भएर भगवान श्रीकृष्णलाई आफ्नो आदर्श मानेकै कारण ईशाले श्रीमदभागवत गीताबाट आफुले पाएको ज्ञानलाई कृष्णनीति भनेर यहूदीहरु समक्ष पुर्याएका हुन् | तिनै यहुदीहरुले त्यो कृष्णनीति उच्चारण गर्दा कृश्चियानिटी हुन पुगेको हो | ईशाले कृष्णनीति अर्थात कृश्चियनिटिको ज्ञान प्रचार गरेकै कारण यहुदी धर्मका गुरुहरुमा त्रास पैदा हुन् पुग्यो र यो ईशाले कृष्णनीति अर्थात कृश्चियानिटी सिकाएर सबै यहुदिहरुलाई हिंदू बनाउने छ भन्ने डरले गर्दा यहुदीधर्म गुरुहरुले यहुदी धर्म प्रवर्तक अब्राहमको बयालिसौ पुस्ता ( बाईबल अनुसार) सन्तान ईशालाई महाअभियोग लागेका व्यक्तिहरुलाई दिइने सजाय सुलिमा झुण्ड्याउने काम गरेका थिए | ईशाले कृष्णनीतिको नाममा त्यहाँको यहुदी धर्म बिस्थापित गर्न श्री मद्भागवत गीताको ज्ञान दिएकै कारणले उनलाई सुलीमा चढाइएको हो |

त्यतिखेर यहूदी धर्म शासकहरु निकै शक्तिशाली भएका हुँदा तिनै अन्तत: ईशालाई सजाय स्वरुप सुलीमा चढाउने काम गर्न पुगेका थिए | यद्यपि ईशाले सनातन हिन्दू धर्मबाट सिकेको योगबल र तपस्या तथा बौद्ध धर्मबाट सिकेको ध्यानको प्रयोगद्वारा सुलीमै समाधीमा बस्न सके | ती यहुदीहरुले ईशालाई मरी सके भन्ठानेर चीहान खने तर फारसी योगी मेहर बाबाका अनुसार तीन दिनपछि ईशा पुन: जीवीत भएर सुटुक्क भारततिर हिंडे | पछि यहुदीहरुले ईशाको मृत शरिर चिहानमा नदेखेपछि डराएर खोजी गर्दा नभेटेपछि ईशामा दैबीय शक्ति भएको स्वीकारे | ती यहुदीहरुमा आफुले गलत गरेको कुरो छिर्र्यो साथ् साथै ईशा सशरीर कहाँ गए ? भन्ने कुराको कौतुहलतापनि उनीहरुमा जाग्यो | त्यसैले यहुदिहरुले ईशा सशरीर स्वर्ग गएको स्वीकारी , ईशाले प्रचार गरेको कृष्णनीति ( कृश्चियनिटी)को ज्ञानलाई तत्कालिन यहुदी धर्मगुरुहरुले तोड्मोड गर्न पुगे र आफ्नो धर्म अनुकूल बनाएर यहुदी धर्मग्रन्थको पुरानो कुराहरु जोड्जाड गरि बाइबल नामको धर्म ग्रन्थ जन्माएका थिए |

मेरो कृष्ण तिम्रो क्राइष्ट
===============
स्मरणीय छ ,भगवान श्रीकृष्णले म नै विराट स्वरूप परमेश्वर परमात्मा हुँ भनेको कुरो नक्कल गरेर ईशालेपनि आफूलाई परमेश्वर पुत्र ( पवित्र आत्मा) भनेर प्रस्तुत गर्न पुगे | तसर्थ भगवान श्रीकृष्णद्वार दिइएको भागवत गीताको ज्ञानलाई ईशाले अंशी परमात्मा ( श्रीकृष्ण)को अंश आत्मा ( ईशा ) द्वार श्रीकृष्ण प्रदत्त ज्ञान कृष्णनीति ( कृश्चियनिटी) मानिसहरुलाई बताएका हुन होइन र ? यस अर्थमा मेरो कृष्णनीतिनै तिनको क्रिश्टियानिटि हुन पुगेको हो होइन |

तीस वर्षको उमेरमा ईशाले आफुले हिन्दूहरुको संसर्गमा बसेर पाएको सम्पूर्ण ज्ञानलाई इजाराइलको जनतालाई यहूदी धर्मको एक नया स्वरूप भनि प्रचार गरेका थिए | उनले ईश्वरलई साक्षात प्रेमको रूपमा अर्थ्याए | यहूदी धर्ममा पशुबली र कर्मकाण्ड नचाहिने बताए | बदलाको साटो क्षमा सिकाए | उनीनै ईश्वरको पुत्र हो, उनीनै मसिहा हो , उनले बताएको बाटोनै स्वर्ग र मुक्तिको बाटो हो भनेर अर्थ्याए | यहूदी कट्टरपन्थी रब्बिहरुले (धर्मगुरुहरु )ले ईशाको विरोध गरे । उनले आफुलाई ईश्वरपुत्र बताएको कारण त्यतिखेरको रोमन गवर्नर पिलातुसले कट्टरपन्थियहरूलाई प्रसन्न गर्नकोलागि ईशालाई क्रूसमा झुण्ड्याए | योग बलमा रहेका ईशा तीन दिनपछि बिउझे | ईसाको १२ शिष्यहरुले उनको नयाँ धर्म ठाँउ ठाउँमा फ़ैलाउदा यो नै ईसाई धर्म भनेर चिन्हियो | नाना भाँती ओकलेर के गर्छौ ईशाईहरु बरु फर्केर आउ सनातनको छहारीमा -प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *