Best Online News From Nepal

मुम्बईमा कार्यरत दशौहजार नेपाली द्बारा राजतन्त्रको पक्षमा नाराबाजी

काठमाडौ,२९ असोज । छिमेकी मुलुक भारतको मुम्बईमा राजतन्त्र जिन्दावाद भन्दै पुर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गरिएको छ मुम्बईमा आयोजना गरिएको धार्मिक महायज्ञमा विशेष पुजापाठका लागि सरिक भएका पुर्व राजा शाहको हिन्दुवादी र राजतन्त्र समर्थकले भव्य स्वागत गरे । ऊनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्दै शाहको जयजयकार समेत गरे ।

ऊनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्दै शाहको जयजयकार समेत गरे ।ऊनीहरुले पछिल्लो समय देशमा विखण्डनकारीको सक्रियता बढेको भन्दै हिन्दु धर्म र देशको सुरक्षाका लागि अब ठोस कदम चाल्न शाहसमक्ष्य अपिल समेत गरे ।

पुर्वराजा शाहको समर्थनमा महायज्ञमा सहभागी हिन्दुवादी भारतीय नागरिकले समेत जयजयकार गरेका थिए । सो समयमा निकै मलिन स्वभावमा रहनु भएका पुर्वराजा शाहले हिन्दुवादी र राजावादीको साथमा मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा संचालित लक्ष्यचण्डी महायमा विशेष पुजाआजा समेत गर्नुभयो । उहाँ महायज्ञको प्रमुख अतिथिका रुपमा रहनुभएको छ ।

राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सरिक हुन पुर्वराजा शाहसहित स-परिवार यतिबेला मुम्बईमा छ । महायज्ञमा सरिक हुन पुर्वराजा शाह ,रानी कोमल र युवरागी हिमानी शाह थाइल्यान्ड, श्रीलंका हुँदै भारतको मुम्बई पुग्नुभएको हो ।

महायज्ञमा नेपालबाट एक हजार बढी हिन्दु तथा राजावादीहरु सरिक छ्न । विगत लामो समयदेखि विदेश भ्रमणमा रहेका शाह परिवार पर्सि नेपाल फर्किने कार्यक्रम छ । मुम्बई नितान्त धार्मिक भ्रमणको कार्यक्रम रहेको दरवार निकट श्रोतले बताएको छ । नेपाल फर्केलगत्तै पूर्वराजा शाहसहित सपरिवार विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्ने कार्यक्रम समेत तय भएको छ ।