Best Online News From Nepal

मुकाला आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

यमनको दक्षिण क्षेत्रमा अवस्थित मुकाला सहरमा इस्लामिक स्टेट (आईएस) समूहद्वारा गराइएको आक्रमणमा परी मृत्यु हुने यमनी प्रहरीको सङ्खया ३७ पुगेको स्थानीय अस्पताल स्रोतले आइतबार बताएको छ । करिब दुई लाख मानिस बसोबास गर्दै आएको मुकालमा हालैका दिनमा गरिएको यो दोस्रो आतङ्ककारी हमला हो । मुकालामा अलकायदा समूहले आश्रयस्थल बनाउँदै आएकोमा सेनाले गएको महिनामा यसलाई सरकारको नियन्त्रणमा ल्याएको थियो । विस्फोटक पदार्थसहितको पेटीलगाई प्रहरीको लाइनमा बसी गराइएको उक्त घटनामा ६० जना अन्य नागरिक घाइते भएका छन् । आक्रमणका बेला हाद्रामावटका सुरक्षा प्रमुख मुवारक अल अवथानीसमेत उपस्थित रहेको उक्त ठाउँमा आक्रमण भए पनि उहाँलाई भने कुनै चोट नलागेको प्रहरी अधिकारीले बताएका छन् ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *