Best Online News From Nepal

मिल्न खोजेका हात फेरि रोकिए

पोखरामा सार्क मन्त्रिपरिषद् बैठक भएका वेला भारतका विदेशमन्त्री सुष्मा स्वराजले ४ चैतमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापासँग वार्ता गरिन् । त्यसयता नेपाल र भारत सरकारबीच राजनीतिक तहमा संवाद ठप्प छ । प्रधानमन्त्री ओलीको राजकीय भ्रमण (७–१२ फागुन) बाट पनि नेपाल र भारतबीच उच्च नेतृत्व तहमा समझदारी कायम हुन सकेन । पोखराको साइडलाइन वार्ता केवल भेटवार्ताको निरन्तरता मात्रै थियो। पछिल्लो पटक सरकार परिवर्तनको एमाओवादी–कांग्रेस कसरत सफल नभए पनि यस घटनाले भारतप्रति प्रधानमन्त्री ओली रुष्ट छन् । नयाँ पत्रिकामा खबर छ । यो घटनाको प्रतिक्रियास्वरूप सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको २७ वैशाखदेखि २ जेठसम्मको भारत भ्रमणको कार्यक्रम रद्द गरेको थियो। सरकार फाल्न सक्रिय रहेको आरोपसहित दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई पदमुक्त गरेर फिर्ता बोलाएपछि नेपाल–भारत सम्बन्ध झनै चिसिएको छ। यो घटनामा भारतको औपचारिक प्रतिक्रिया आएको छैन। भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थानमा रहेर नेपाल–भारत सम्बन्ध हेरिरहेका डा। निहार नायकले नयाँ पत्रिकासँग भने, ‘मैले बुझेसम्म हमेसा नेपालका बारेमा सोचिरहने फुर्सद भारतको नेतृत्वलाई छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *