Best Online News From Nepal

मिडिया इन्टरनेसनलको चौथो वार्षिकोत्सव : आर्थिक क्रान्तिमा जोड दिनुपर्छ – उद्योगमन्त्री

मुलुकको आर्थिक विकासका लागी निरन्तर बहस र पैरवी गर्दै आएको मिडिया इन्टरनेश्नलको चौथो बार्षिकोत्सव भव्य रुपले सम्पन्न भएको  छ । बुधबार राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पूर्वअर्थमन्त्री तथा अर्थविद मधुकर शमशेर राणा र बरिष्ठ पत्रकार लाल देउसा राईलाई लाइफ टाइम एचिमेण्ट अवार्ड र सम्मान प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मूलुकको समृद्धिका लागी आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताए । नयाँ संविधान निर्माणपछि मुलुक विकासको नयाँ चरणमा पुगेको भन्दै उनले अबको बाटो सबैका लागी आर्थिक समृद्धितिर हुनुपर्नेमा जोड दिए । ‘हामीले विश्वकै उत्कृष्ट संविधान बनाएका छौँ । देश संविधान निर्माणपछि नयाँ चरणमा प्रवेश गरिसकेकाले अबको बाटो आर्थिक विकासतिर हुनुपर्छ ।’ उनले भने ।

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय व्यापार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले  अहिलको आवश्यकता राजनीतिक परिवर्तन भन्दा आर्थिक समृद्धि भएको बताए । यसका लागी निरन्तर बहसको आवश्यकता रहेको उनको भनाई थियो । एउटा फरक किसिमको मिडियाले देशको आर्थिक उन्नतीको लागी सम्भावित क्षेत्रको खोजी गरी व्यावहारिक बनाउन मिडिया इन्टरनेश्नल लागिपरेको प्रति उनले धन्यवाद समेत दिए । व्यवसायीका समस्या र ती समस्याका समाधानका पाटोमा पनि बहस गर्ने मिडिया इन्टरनेश्नलले यस्ता बहस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।‘देशको आर्थिक समृद्धि विकास र सकारात्मक परिवर्तनको लागि स्थापनादेखि नै मिडिया ईन्टरनेसनलको समग्र विकासमा केन्द्रित रहेको छ’ उनले भने ‘हरेक दिनहुँ जसो विभिन्न बहस तथा अन्र्तक्रिर्यात्मक कार्यक्रमहरु गर्दै आएको मिडिया ईन्टरनेसनल अझ प्रभावकारी रुपमा सूचना प्रवाह गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

ट्रेकिङ एजेन्सिस एशोसियन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र प्रसाद रिजालले अहिलको आवश्यकता आर्थिक समृद्धि नै भएको बताए । उनले देशमा कर्मचारी तन्त्रले गरेको भ्रष्ट राजनीतिले गर्दा मुलुकको विकास नभएको आरोप लगाए । राजनीतिक नारा भन्दा पनि आर्थिक समृद्धिको बहस अब हुनुपर्नेमा उनले जोड दिए । देशमा भएका श्रोत र सम्पदाका क्षेत्रलाई उचित स्थान नदिदा अहिलेको समस्या निम्तिएको उनको भनाई थियो ।

यस्तै कार्यक्रममा अष्ट्रिच व्यवसाय नेपालका अध्यक्ष सिपी शर्माले रोजगारीको अभावमा युवाहरु विदेशिन बाध्य भएको भन्दै यसलाई रोक्न मुलुकमा उद्योग व्यवसायमा जोड दिनुपर्ने बताए । ‘संसारमा सबैभन्दा धनी मुलुक भएर पनि हाम्रा हरेक यूवाहरु विदेशीन बाध्य भएका छन् । अष्ट्रिच चरा, चिया, कफी, जडिबुटि, हावापानी जस्ता हरेक हिसाबले नेपाल उत्कृष्ट भएको भन्दै यसको विकासका लागी सबै जुट्नुपर्छ’, उनले भने । व्यवसायमा चुनौति धेरै भएपनि यसमा लगानीको अभाव नभएको शर्माको भनाई थियो । ‘गोलभेडाको उत्पादन छ तर सञ्चय गर्ने वा त्यसबाट नयाँ कुरा निकाल्ने प्रविधीको उपलब्धता हाम्रो मुलुकमा भईरहेको छैन । त्यसैले बजारमा सिजनमा एकदमै सस्तो र अफसिजनमा छोईनसक्नुको भाउ बजारमा हुने गरेको छ ।’ उनले भने ।

programकार्यक्रममा लाइफ टाइम एचिभमेण्ट अवार्डबाट सम्मानित पूर्वअर्थमन्त्री तथा अर्थविद मधुकर समशेर राणाले अहिलेको आवश्यकता आवश्यकता विदेशबाट हुने आयातलाई घटाउनु रहेको बताए ।

कार्यक्रममा बोल्दै मिडिया इन्टरनेश्नलका अध्यक्ष माधव निर्दोषले अहिलेको समयमा अर्थतन्त्रलाई विकास गर्नु नै मुख्य एजेण्ड भएको भन्दै यसमा लागिरहनेप्रति संस्थाले सगौरव स्थान दिइरहने बताए । ‘अहिलेको आवश्यकता, धार्मिक, जातियता, क्षेत्रीय नभई आर्थिक समृद्धिको एजेण्डा हो’ उनले भने ‘यसका लागी राजनीतिक नेतृत्वमा साझा मुद्धा बोकेर आउने मान्छेको अभाव छ ।’ उनले जनताको पैसा बैंकमा थुप्रिएको भन्दै लगानीको अभाव देखाएर व्यवसाय र मुलुकको आर्थिक समृद्धिबाट टाढिन नहुनेमा जोड दिए । सामाजिक रुपको समृद्धिलाई सबैले त्यही किसिमका एजेन्डालाई राजनीति मार्फत भएपनि मुलुकलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउनुपर्नेमा बताए ।

कार्यक्रममा आर्थिक समृद्धिका लागी आफ्नो पेशा व्यवसायबाट सहयोग गर्ने विभिन्न आर्थिक क्षेत्रका संघ संस्थाका प्रमुख तथा प्रतिनीधिसहित दर्जन बढी आर्थिक क्षेत्रका पत्रकारलाई समेत सम्मानित गरिएको थियो ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *