Best Online News From Nepal

मायाँका चार रुप:- भक्ति, श्रद्धा ,मैत्री र स्नेह |

प्रवीण अधिकारी,

18342318_1410015295708622_205272819385554008_n

हामी मानवहरुको मूख्य तिनोटा रुप हुने गर्दछ : एउटा स्वार्थ केन्द्रित ,अर्को पर केन्द्रित र तेश्रो रुप परमार्थ केन्द्रित अर्थात जँहानिर आएर स्वार्थ र पर बीच रहन पुगेको फरक सकिन्छ | हाम्रो स्वार्थ केन्द्रित रुप हाम्रो जीवनको भोग हो भने पर केन्द्रित रुप हाम्रो जीवनको त्याग हो र परमार्थ केन्द्रित रुप भनेको नितान्त भित्रबाट उर्लिएको प्रेम वा मायाँ हो | त्यसैले बुढापाकाहरुले भन्ने गर्दछन – भोगमा एठन छ ,त्यागमा कष्ट छ ,अनि मायाँ , प्रेममा आनन्द हुन्छ |

अर्को पट्टिबाट हेर्दा प्रेमको चार रुप देखिन्छ – भक्ति , श्रद्धा , मैत्री र स्नेह | अव यो प्रेमको वर्गीकरण गर्दा आफ्नो अस्तित्व प्रति भक्ति ,अग्रजः प्रति श्रद्धा ,आफु समान प्रति मैत्री र साना प्रति स्नेहनै प्रेम हो भन्नुपर्ने हुन्छ | प्रेमको यसै चार रुप भित्र अहंकार नासिन पुग्छ | याँहा मान्छेको अस्तित्व नै सामान्य रुपमा भगवान हो किनभने हामी उनको अस्तित्वको एकभाग हौँ | यसरी बोध गर्दा मान्छेमा भक्ति भाव उत्पन्न हुने गर्दछ | हाम्रो अस्तित्वलेनै अस्तित्वकोलागि क्यै गरीरा हुन्छ | म त एक निमित्त मात्र हुँ भन्नु भावभक्ति हो |

अस्तित्व निराकार हुन्छन | ती साकार हुन्छन हाम्रा परिवेशका रुपमा | बाबु ,आमा ,गुरु त्यै अस्तित्वका स्वरुप हुन | त्यसैकारण हामी तिनलाई भगवान भन्दा उच्च मान्दछौ | बाबु ,आमा , गुरु प्रतिको श्रद्धा भावले श्रद्धावान बनाउँछ | व्यक्तिमा ग्रहण शिलता भित्र्याउछ अनि ग्रहणशील उम्रिएपछि मात्र हामी केही सिक्न सक्छौ | त्यसैले भनिएको छ – ” श्रद्धावान लभते ज्ञानम ” | उदण्ड व्यक्तिले केही सिक्न सक्तैन | श्रद्धा गरिदा निहुरिन पर्दछ भने अहंकार गर्दा छोड्नु पर्दछ | बराबर हुँदा मैत्री हुन पुग्दछ | मैत्रीमा तेरो मेरो हुँदैन | त्यसैले अरुलाई भन्न नसक्ने कुरो साथीलाई भनेर मन हल्का गर्ने गरिन्छ | मित्रता सधैं अद्वैत रहन्छ | यो अद्वैत पन ईश्वरको स्वरूप हो | हामीले सुनेका छौ अर्जुनको श्री कृष्णसंग मैत्री थियो त्यसै कारणले श्री कृष्ण उनकोलागि भगवान हुन पुगेका थिए |

आफु भन्दा साना प्रति स्नेह हुन्छ | यो नै वात्सल्य रस हो | हाम्रा गाउँ घरमा एउटा शव्द प्रचलित छ “बाल गोपाल ” | त्यसको अर्थ हो साना साना वच्चाहरुमा भगवानको रुप हुन्छ भन्ने | बच्चाले जे कुरापनि निश्वार्थ भावले गर्दछन | ती सरल हुन्छन | तिनमा तेरो मेरो हुन्न | सधनाको अर्थ हो त्यो व्यक्ति पुनः बच्चा जस्तो हुन सकोस | यसरी हेर्दा प्रत्येक नरमा नारयण प्रतिष्ठापित हुन पुगेका हुन्छन | सेवा , त्याग ,तपस्या नैतिक शब्दहरु हुन | मायाँ आध्यात्मिक शब्द हो | नैतिकतामा कर्तब्य र भावनाको दवाव हुन्छ तर , मायाँ सँधै दवाव रहित हुन्छ |

अहंकारको ढुङ्गो फुट्दा प्रेमको झरना बग्छ | त्यसैले मायाँ ज्ञान हो | यसलाई बुझ्ने मान्छे पण्डित हुन पुग्छन | यस अर्थमा यो जीवन हो | मायाँ बिना कसैले सांस फेर्न सक्तैन किनभने विश्वकर्माको धाती (खलाती) उ बिना कहिल्यै चल्नै जान्दैन | -प्रवीण अधिकारी18342318_1410015295708622_205272819385554008_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *