Best Online News From Nepal

मान्छे उमार्ने प्रविधि : रक्तबीज

रक्तबीज : रगतबाट मान्छे उमार्ने प्रविधि !!

“चण्डी” भनिने संस्कृतको पुस्तक संभवत: धेरै नेपालीहरू पाठ गर्ने धार्मिक पुस्तक मध्ये पर्छ | केहीले केवल श्रद्धा र भक्तिले पढ्नुहुन्छ अर्थ बुझ्नु हुन्न भने केहीले अर्थ पनि बुझ्नुहुन्छ र पाठ पनि गर्नुहुन्छ |

एसै चण्डी को आठौं अध्यायमा रक्तबीज नामको असुरसंग देवीको युद्ध हुन्छ | रक्तबीज बलियो त थियो नै उसमा एउटा अनौठो विशेषता पनि थियो | देवी महापुराणकाअनुसार उसले एस्तो विशेषता महादेवबाट वरदानमा प्राप्त गरेको थियो |

अव प्रश्न उठ्छ – के थियो तेस्तो विशेषता ? आजभोली कुनै पशुको शरीरबाट एउटा सानो टिस्यु निकालेर तेसबाट दुरुस्तै तेही जनावर जन्माउन सकिने प्रविधिलाई “क्लोनिग” भन्ने गरिन्छ | डोली नामको भेडा एसको उदाहरण छ | यो विधिले प्रतिकृति बनाउनु निकै खर्चिलो हुन्छ |

चण्डीमा उल्लेखित रक्तबीजको रगत यो क्लोनिक भन्दा धेरै उन्नत छ | रक्तबीजको शरीरमा रहेको हरेक रगतको थोपामा तुरुन्तै “जस्ताको तस्तै रक्तबीज” बन्ने शक्ति थियो | रगत भुईमा खस्दासाथ मान्छे उम्रिहाल्थ्यो | दुरुस्तै रगतवाल झैं आकार, प्रकार र शक्ति उसमा हुन्थ्यो | उसलाई “डली” झैं हुर्काउने आवश्यकता पर्दैनथ्यो | युद्धका क्रममा देवीले प्रहार गरेका हतियारको चोटबाट रगत बग्दा “हरेक थोपाबाट लाखौं-लाख रक्तबीजहरू तुरुन्तै जन्मेर लड्न थालेको” भन्ने चण्डीमा स्पट उल्लेख छ |

एउटा थोपा भुईमा खस्दामात्र रक्तबाहक कै “प्रतिकृति निक्लने र त्यो प्रतिकृतिको रगतबाट पनि पुन: उस्तै असुर प्रकट हुने” कुरा ज्यादै चोटिलो लाग्यो | विज्ञानले पनि आजसम्म एसरी सोचेको छैन |

आजको विज्ञानले रगतको एउटा थोपा बनाउन सकेको छैन | तर तेस बखतको विज्ञानले रगतको थोपाबाट मान्छे उमार्न सक्ने प्रविधि त विकास गरेको रहेछ भन्न त कर लाग्यो नि !

काल्पनिक नै भए पनि एस्तो कल्पना आधुनिक विज्ञानका लागि एउटा बलियो “हाइपोथेसिस” हो | बायोलोजीका विद्थार्थी र गुरूहरूले एसतिर पनि ध्यान दिनुपर्छ | मलाई लाग्छ, एस्तो प्रविधि थियो तर पुस्तान्तरण गरिएन र त्यो प्रविधि रक्तवीजसंगै मर्यो |

यो रक्त वीजको कुरा भयो तर देवीले पनि तुरुन्त आफैलाई अनेकौं रूपमा विभाजन गरेको कुरा पनि कम महत्वपूर्ण छैन | देवीले पनि आफुलाई असंख्य रूपमा विस्तार गरेर भुइँमा रगत खस्न नपाउँदै मुखमा थापेको प्रसंग पनि चानचुने होइन |

असुरहरूले रगतबाट मान्छे उमार्ने प्रविधिको विकास गरेका रहेछन् भने देवताले (मातृशक्ति) आफैलाई आवश्यकता अनुसार अनेकौं बनाउन सक्ने रहेछन् | यो प्रसंग तत्थ्यसंग निकै निकट छ किनभने शत्रुहरूले एकअर्कालाई पराजित गर्न एकैकिसिमको तर फरकफरक प्रविधिका माध्यमबाट विकास गरेको शैली प्रयोग गरेका थिए |

अन्त्यमा, संस्कृतमा लेखिएका असंख्य ग्रन्थहरू छन् | तर ती सबै थन्किएर वा केवल धार्मिक क्रियाको विषय बनेर बस्नु हुँदैन | पढ्ने र पढाउने व्यक्तिले “रक्तबीज”को प्रसंगमा विज्ञान खोज्ने प्रयत्न गर्नुपर्छ |