Best Online News From Nepal

मानव सभ्यता र विश्व संस्कृतिमा सनातन हिन्दू धर्मको प्रभाव

प्रवीण अधिकारी ________

18033171_625356271004212_3725305746865859061_n

वैदिक धर्म र सनातन हिंदू संस्कृति वेद सिद्धान्तमा आधारित संस्कृति हो | यो संस्कृति महाभारत कालसम्म विश्वमा सर्वत्र थियो | यूरोप र अरब देशहरुमा यो संस्कृति त्यहांको भूगोल र सामाजिक संरचना अनुसार पल्लवित हुन पुग्यो | हिमयुग काल सकिएपछि देव, दैत्य, दानव, राक्षस, यक्ष, गंधर्व, वसु, अप्सरा, रुद्र, मरुदगण, किन्नर, नाग जातिहरु र ऋषि मुनिहरुले सनातन विज्ञान, धर्म, संस्कृति र सभ्यता विस्तार गर्न योगदान दिंदै जाँदा ययाति र वैवस्वत मनुको समय शुरुआत हुँदा यस बिश्वभरी सनातन हिन्दू धर्मले ब्यापकता लिन पुगेपछि विश्वका अन्य सभ्यताहरुले यसलाई कुनै न कुनै रापमा अंगाल्न पुग्दा ” सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।” को मूल मर्म यो विश्वमा फैलिन पुग्यो | फलतः संसारको प्रत्येक सभ्यता , धार्मिक संस्कृति र समाजमा सनातन हिन्दू धर्मको प्रभाव रहन पुग्यो | यहूदी, यजीदी, रोमा, पारसी, बौद्ध , ईसाई , इस्लाम आदि सबैधर्ममा यसको प्रभाव धेरथोर रहँदै आएको अझै देख्न सकिन्छ | ईशाइहरुले यो प्रभाव हटाई धर्मान्तरण गराई संख्या बढाउंदै लाने सूत्र अनुरुप चर्चमा आधारित राजनीति र कुटनीतिलाई प्रश्रयदिन थालेपछि पनि हिंदू धर्मावलम्वीले त्यसको खासै चासो राखेको देखिन्न कारण हिन्दू धर्मावलम्वीले कसैलाइ जबर्जस्ती हिन्दू बनाउनु पर्ने आवश्यकता देख्दैन , जरुरी पनि ठान्दैन , किनभने यो संस्कृतिले हामीलाई संधै –

” ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:,
पृथ्वी शान्तिराप: शान्तिरोषधय: शान्ति:।
वनस्पतय: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:,
सर्वँ शान्ति:, शान्तिरेव शान्ति:, सा मा शान्तिरेधि॥
ॐ शान्ति: शान्ति: शान्ति:॥”

भन्न सिकाएको छ | भगवान राम संस्कृत शब्दको अयुद्धमा अर्थात अयोद्ध्यामा जन्मिएका कारण त्यस ठाउँमा कसैको वध हुन नपाएको कारण त्यो ठाउँ अवध भनिन पुगेको स्विकार्छ | यसको महानता विश्वभरी प्रसारित हुन पुगेको कारण जेसस क्राइष्ट , फह्यान ,ह्वेंनशाङ्ग ,अलवरुनी जस्ता ब्यक्तिहरु यस ठाउँमा शान्ति खोज्न आएका थिए |

सनातन हिंदू धर्म वैदिक सभ्यताको मूल हो | वैदिक संस्कृतमा लेखिएका चार वेद यसका मर्म हुन् | भारतीय उपमहाद्वीप , मध्य एशिया लगायत सम्पूर्ण विश्वमा यो संस्कृति हजारौं वर्ष सम्म प्रचलित रहेको थियो | वेदहरु ईश्वरबाट निश्रित भई ऋषिहरुले पाएका कारण वेदलाई श्रुति र प्राचिन वेदज्ञहरुले रचना गरेको कारण वेदांगादि सूत्रलाई स्मृति ग्रन्थ भनिएको हो | वेदज्ञ मनु, अत्रि, याज्ञवल्क्य तथा अन्य ऋषि महर्षिहरु यसका प्रणेता हुन् पुगेका थिए | विभन्न वेद शाखा सम्बद्ध कल्पसूत्र, श्रौतसूत्र, गृह्यसूत्र, धर्मसूत्र ,रामायण महाभारत यसलाई दिग्दर्शन गर्ने ग्रन्थ हो | वैदिक धर्म र सभ्यता र देवीदेउताहरु यूरोप , मध्य एशिया र ईरानको प्राचीन धर्ममा फैलिएर कुनै न कुनै रुपमा स्वीकृत भई पूजित हुन पुगेका थिए | ब्रह्मा,विष्णु,रुद्र,सविता,मित्र, वरुण,र बृहस्पति (द्यौस-पितृ), वायु-वात, सरस्वती त्यस समयमा निकै प्रचलित हुन पुगेका थिए | विश्वको प्राचीनतम, आदिकालीन, सर्वोत्कृष्ट, ईश्वरीय ज्ञान भएको कारण यो संस्कृति महाभारत कालको निकै शताव्दीपछि सम्म सर्वत्र फक्रिएको थियो | ऋ़षि मुनि द्वारा प्रचारित एवं संरक्षित भई धर्म, भाषा, भावना, वेषभूषा, परम्परा वा रीतिरिवाज ,विचार, चिन्तन, ध्यान , मनन द्वारा वेदमन्त्र देश र जनताको भलो गर्ने माध्यम हुन पुगेको थियो | सच्चिदानन्द, निराकार, सर्वशक्तिमान, सर्वव्यापक, सर्वान्तर्यामी, न्यायकारी, दयालु व सृष्टिकर्ता ईश्वरको उपासना देश देशान्तरमा प्रचलित हुँदा मान्छेहरुले तद अनुरुप अपनाएका परम्परा , रीति-रिवाज हाम्रो संस्कृतिको अंग मानिएको हो |

कुनै काल खण्डमा हिन्दू धर्म एशिया देखि यूरोप सम्म फैलिएको थियो | सबै धर्म वैदिक धर्मबाटै निश्रित भएका हुन | वेटिकेन शब्द संस्कृतको वाटिकाबाट “Christianity” शब्द कृष्ण नीतिबाट , अब्राहिम ब्रह्माबाट विकसित गरिएको हो | वेटिकेन शब्द वाटिकाबाट विकसित हुँदा यो ठाउँ कोइ दिन वैदिक केंद्र थियो भन्ने पनि बुझ्न सकिन्छ | रोमको संग्रहालय Gregorian Etruscan Museum वैदिक धर्मको साक्ष्य प्रमाण हो |कंबोडियामा रहेका हिन्दू र बौद्ध मंदिरहरु हिन्दू धर्मको साक्ष्य हुन | मंदिर अंकोर वाट यसैको प्रमाण हो | १९४०मा उत्खननमा Archaeologist M.S. Vats ले भेटेको हडप्पको शिव लिंग ५००० पुरानो थियो | मिस्र को Quseir-al-Qadim मा भेटिएको फुटेको जारमा लेखिएको ब्राह्मी लिपि ,इंडोनेशियाको इस्लामिक यूनिवर्सिटीको उत्खनन बाट भेटिएको हिन्दू देवी-देउताको मंदिर ,सेंट्रल अमेरिका को Mosquitia का शोधकर्ता चार्ल्स लिन्द्बेर्ग ले भेटेको La Ciudad Blanca को ‘The White City’ मा स्थानीयले बाँदर को पूजा गर्नु हिंदू साम्राज्यको द्दोतक हो भन्नेकुरा बुझिन्छ |

तत्कालिन विश्वमा सनातन हिन्दु संस्कृति परासारित भएको केही प्रमाणहरु हेरौं जसले प्रत्येक ” म हिन्दू हुं ” भन्ने प्रत्येक लाई गर्व दिलाउनेछ | :-

यूनान
====

यूनानी { ग्रीक} देवी , देवताको संबंध नक्षत्र संग गाँसिएको छ | ग्रीसको चिकित्सा पद्धतिमा आयुर्वेदको प्रभाव प्रत्यक्ष: तथा परोक्षतः रहेको छ | टाउकाको माथिल्लो भागलाई हामीले आयुर्वेदमा भन्ने गरेको ” शिरोब्रह्म ” शब्दलाई ग्रीस र रोममा ‘सेरेब्रम’ भनिनुले यसको प्रभाव आँक्न सकिन्छ | हामीले भन्ने गरेको हाम्रो मस्तिष्कको पच्छिल्लो भाग ” शिरविलोम ” लाई उनीहरुले ‘सेरिबैलम’ , हाम्रो हृदय ‘हर्ट’ हुन पुग्नु र हाम्रा वेदका अश्विनीकुमारहरु त्यहाँ ‘कैक्टस र पोलुपस’ भई युग्म घोडाको रुपमा चित्रित हुनुले त्यहाँ सनातन हिंदू धर्म कुन अवस्थामा थियो आफै अनुमान लाउन सकिन्छ |

अफगानिस्तान
===========
महाभारतकाल सम्म अफगानिस्तानको पश्चिमी भूभागमा जुन चन्द्रवंशी राजाहरु बसेका थिए तिनिहरुनै पछि गएर अपगण भनिन थालिए | त्यै ” अपगण ” को विकृत स्वरूप ” अफगान ” हुन् पुग्यो र देशको नाम ” अफगानिस्तान ” भएको हो | यसै देशमा रहेको महाभारतकी पात्र गान्धारीको गान्धार अपभ्रंश भई अहिले कान्धार हुन् पुगेको हो | गान्धारी गान्धार नरेश सुबलकी छोरी थिइन् | जतिखेर अर्जुन यस देशमा राजसूय यज्ञ गर्न भनि आएका थिए त्यतिखेर उनले आफ्नी ठूली आमा गान्धारीको जन्मभूमि भएको कारण त्यहाँको माटोमा उभिएर प्रार्थना गरेको प्रसंग महाभारतमा उल्लेखित गरिएको छ | यसै ठाउँमा उहिले गज प्रदेश थियो जुन अहिले गजनी भनेर चिन्हीएको छ | महाभारतकालीन कुभा प्रदेश आधुनिक काबुल हो | काबुल नदी नै प्राचिन ” कुभा ” हो | बौद्ध कालमा याँहा प्रसस्त बिहारहरु थिए र पर्वतिय गुफाहरुमा भगवान बुद्धको प्रतिमाहरु प्रसस्त स्थापित गरिएको थियो | अरबीहरु ईश्लाम मत प्रचार गर्न याँहा आउँदा अधिकांश बौद्ध भिक्षुहरु काटिए र बाँकी रहन पुगेकाहरुले ईश्लाम धर्म अंगाले | यी अफगानीहरु आज सम्म आर्यनै रहन सकेको भए अफगानिस्तान आजसम्म अपगण नै रहन सक्ने थियो | मतान्तर र तरवारको जोडले आर्य अपगण जाति मुसलमान हुन् पुगे | वैयाकरणाचार्य पाणिनिको जन्मभूमि अहिलेको अफगानिस्तानमै थियो | पाणिनीले उल्लेख गरेको अफरीद नै अहिले चिह्निएका प्राचिन आप्रीति जाति हुन् |

ईरान
====
ईरान प्राचीन पारस्य देश हो | महाभारत कालमा यसलाई ” आर्याण ” भनिन्थ्यो ! जहां राजा शाल्वले राज्य गर्दथे | ती महाभारत युद्धमा समेत भागलिन त्यहाँदेखि आएका थिए | त्यस बाहेक त्यस भूभागका थुप्रै राजाहरुले महाराज युधिष्ठिरले गरेको राजसूय यज्ञमा भाग लिएका प्रमाण महाभारत पढदा देखिन्छ | त्यतिखेर ईरानका राजाहरुको उपाधी ” आर्य मिहिर ” थियो | ईरानी भाषामा आर्य भाषाहरु प्रसस्त भेटिञ्छन | जस्तो – मित्र (सूर्य) मिथ्र ,अग्नि आतर , यम लाई यिम ,र इन्द्रलाई बरथ्रहन जुन वृत्रासुरन्धको अपभ्रंश हो | ईश्लामको आंधी बेरीले यिनलाई मुसलमान बनाए पनि तिनको मूल आर्यहरु भएको कुरो मेटाउन सकेन | ती सोम अर्थात होमको पूजा अहिलेपनि गर्दछन | पहिला यहांको मूलधर्म वैदिक धर्म थियो | जरथुस्त्रले वेदमा आधारित पारसी धर्मको शुरुआत गराए पछि ईरानमा वेदकालीन धर्म र संस्कृतिको गहिरो प्रभाव रहेकै थियो | यहाँको धर्म गुरु जरथुष्ट्र अंगिरा, बृहस्पति ऋषिका समकालीन र पौरुषहस्पका छोरा थिए | त्यतिखेर यता आर्यावर्तमा सुदास राजा थिए | तीनको ‘जेंदा अवेस्ता’ ऋग्वैदिक संस्कृत अवेस्ता भाषामा लेखिएको हो | ऋग्वेद र अवेस्तामा धेरै शब्द समान भेटिञ्छन | प्राचीन पारसीहरुको प्रार्थना, उपासना र कर्मकांड अग्नि, सूर्य, वायु आदि प्रकृति तत्वहरुको उपासना र अग्निहोत्र कर्मसंग सम्बन्धित रहेको थियो |

ईरानीहरु प्राचिन विशिष्ट आर्य सौन्दर्यबाट सुसज्जित थिए | ईरानको माटोमा सौन्दर्यकी देवी अप्सराहरुको गाउँ थियो | जसलाई पैरिक भनिन्थ्यो | संस्कृतको ” परी ” शब्दबाटै पैरिक बनेको हो | ज्ञानथैयति एउटि देव परी थिइन् | गान्धार जाति यसै क्षेत्रमा बस्तथे | त्यतिखेर इनिहरुको संगीत स्वर लहरीबाट ईरानी उपत्यकाहरु गुन्जिंथ्यो | काम गोत्रजा ” कामायनी ” यै गान्धारकी छोरी थिइन् | उनले भेडाको ऊनबाट बनेको पारदर्शी लुगा लाउने गर्थिन | ऋषि जरथुश्ट्र ईरान का थिए जो आर्यहरु जस्तै अग्निका उपासक थिए | त्यतिखेर ” अहुर मज्द ” लाई यस देशको देउता मानिन्थ्यो | त्यसताका आजको ईरान पारसिक, पह्लव, पारद आदि आर्य शाखाहरुको केन्द्र थियो | ईनको भेषभूषा र लुगा सलवार, पाईजामा अहिले आधुनिक मुसलमानहरुको पहिरन हुन् पुगेको हो |

ईराक
====
कुनै समयमा ईराक नक्षत्र पूजक मुलुक थियो | त्याँहा चन्द्रमाका मन्दिरहरु थिए | ईश्लामी देशहरुमा आज पनि हामी सनातनी हिन्दूहरुको चान्द्र बर्षनै ” हिजरी सम्बत ” नामकरण गरी प्रयोगमा ल्याइने गरिएको छ | इराकको प्राचिन नाउँ मेसोपोटेमिया हो | हाम्रो पौराणिक शास्त्र अनुसार इराकमै हाम्रो पौराणिक प्रसिद्ध जंगल ” नंदन वन ” रहेको थियो | यसैलाइ इंजीलमा “अंदन बाग” भनिएको छ जहाँ कृष्टानका पूर्वजहरु हज़रत आदम र हव्वा विचरण गर्ने गर्दथे | संसारको दुई ठूलानदी दजला र फ़रात अहिले इराकमै परेको छ |इराकको प्राचीन सभ्यतामा सुमेरी, बाबुली, असूरी सभ्यताहरु पर्दछन |

पाकिस्तान
=======
भारत टुक्रेर पाकिस्तान बन्यो | पाकिस्तान संग नया कुरा खासै नहोला | तर वैदिक सिन्धु नदि आज पनि त्यहाँ बगी रहेकी छन | भरतपुत्र तक्षको तक्षशिला यसै देशमा अझै छ | यहाँका मानिसहरुको नशामा आर्य पुर्खाहरुको रगत अझै दौडि रहेको छ | पाकिस्तानमा ऋगवेदको ऋचा ” मधुवाता ऋतायते मधु क्षरन्ति सिन्धव: ” अझै गुन्जी रहेको छ | त्यो भूभाग जम्बूद्वीप भरतखण्ड आर्यावर्त नै हो | नृसिंह भगवानको जन्म पाकिस्तान मै भएको थियो | रामका छोरा लवको नगरी लाहौर हो | पाकिस्तानमा परुष्णी नदि आज नी बगी रहेकी छिन |

तुर्किस्तान
=======
उहिले तुर्किस्तान अरब भित्रै थियो | त्यहाँका मान्छेहरु नक्षत्र पूजा गर्ने गर्दथे | चन्द्रमा र नक्षत्र तिनको संस्कृतिको अभिन्न अंग थियो | तिनको झण्डामा चन्द्रमा र नक्षत्र (तारा) हुने गर्थे | त्यस ठाउँका स्वास्नी मान्छेहरुले तारा युक्त लुगा लाउने गर्थे | नक्षत्र पूजा गर्ने प्रेरणा अरवीहरुले तुर्कहरुबाट पाएका हुन् किनभने त्यस क्षेत्रमा सर्वप्रथम तुर्कहरुलेनै नक्षत्र पूजाको शुभारम्भ गरेका थिए |

बलूचिस्तान
========
महाभारतकालमा शक्तिपीठ हिंगुला देवीको वरीपरी जो आर्य जातिहरु रहन्थे तिनलाई बलूच भनिन्थ्यो | धेरै वीर , विक्रमी र बलशाली भएका कारण तिनलाई ” बलोच ” भन्दै लगियो | इनका पुर्खाहरुले महाभारत युद्धमा भाग लिएका थिए | यी जाति युद्ध प्रिय थिए त्यसकारण आज पनि यी आफ्नो अस्मिता र अतीत प्रति निकै जागरूक छन् | यी बलूचहरु अहिले मतान्तरित मुसलमान हुन् पुगेका छन् |

पख्तूनिस्तान
=========
सप्त सिन्धवदेखि सीमान्त प्रदेश सम्मको भूभागमा ऋग्वैदिक राजा पख्तको शासन थियो | राजा पख्त गोवंशको सुरक्षाकोलागि कृत संकल्पित रहेका थिए | तिनको राज्यमा दूध-दही प्रसस्त हुने गर्दथ्यो | पख्त भूभागमा बस्ने जातिलाई पख्तु भनियो | यस प्रकार पख्त पख्तू हुन् पुग्यो र तिनको देश पख्तूनिस्तान हुन पुग्यो | पख्तूनिस्तानको भाषा पश्तु हो | जसमा आर्यहरुको भाषाको शब्दावली प्रसस्त भेटन सकिन्छ | पस्तो जातिको खुखुर शब्द संस्कृतको अपभ्रंश स्वरुप ” श्वसुर ” हो |
चीन
====
कोइदिनमा संपूर्ण जम्बूद्वीपमा सनातन हिन्दू साम्राज्य स्थापित हुन पुगेको थियो | जम्बूद्वीप भित्र ९ ओटा देशहरु रहेका थिए | त्यस मध्येको हरिवर्ष, भद्राश्व र किंपुरुष भन्ने पौरणिक देशनै आजको चीन हो | त्यसको केही भाग नेपलमा पर्दछ | चीन प्राचीनकालमा हिन्दू राष्ट्र थियो |त्यस देशमा अहिले हिन्दू मंदिरहरु त भेटिन्न तर खंडहरहरु चाहीं यात्रा तत्र देख्न सकिन्छ | हाम्रो क्षेत्र भारतवर्ष भनेर चिह्निए झैँ प्राचीनकालमा यो ठाउँ हरिवर्ष भनेर चिह्निन्थ्यो | कोही बेला चीनको बर्तमान औद्योगिक शहर च्वानजो हिंदूहरुको तीर्थस्थल मानिन्थ्यो | १,००० वर्ष अघि त्यहाँ सुंग राजवंश भएको बेलाको भग्नावशेश अहिलेको दक्षिण चीनको फुच्यान प्रांतमा रहेको छ जहाँ थुप्रै हिंदू देवी देउताका मन्दिरहरुको भग्नावशेष समेत देख्न सकिन्छ |

दक्षिण पूर्व एशिया र हिंदू धर्मको सम्वन्ध २००० बर्ष अघिदेखि रहेको हो | यी दुई बीचको ऐतिहासिक र समकालीन सांस्‍क़तिक संबंध दक्षिण पूर्व एशियाका देशहरु विशेषगरी म्‍यान्‍मारको प्‍यू बस्तिहरुको उत्‍खननले नै देखाएको छ | त्यहाँ प्राप्त भएको प्‍यू वास्‍तुकला, सिक्‍का , हिंदू देवीदेउताका मूर्तिहरु र कम्बोडियाको अंकोरबाट एवं टा प्रोह्म मंदिरहरु र मध्‍य थाईलैंडको द्वारावति जहाँ मोन वासीहरुको वसोवास छ त्यहाँ पहिलो सहश्राव्दी सम्म वैष्‍णव एवं शैव परम्‍परा , संस्‍कृति रहेको प्रत्यक्ष अझै देख्न सकिन्छ | दक्षिण पूर्व एशियाका गणराज्‍ य हरुमा हिंदू संस्कृति प्रतिविम्बित गर्ने शिलालेखहरु वियतनामदेखि र इंडोनेशिया सम्म छरिएर रहेका छन् | थाईलैंडको खोराट पठारमा भएको , ६ थुन शताव्दीको संस्‍कृत शिलालेख र त्यै समयावधिको कंबोडियाको शिलालेख ट्रुओंग साने रेंजमा विएतनामको समुद्र तटमा समेत भेटिएको छ जहांको संस्कृति प्राचीन खमेर संग संयोजन गरिएको थियो | जावाको प्राचीनतम संस्‍कृत शिलालेख ५ औं शताव्दीको हो | हिंदू धर्मको चारैतिर फ़ैलिएपछि दक्षिण पूर्व एशियाई क्षेत्रमा हिंदू धर्म प्रमुख धर्मको रूपमा फैलियो र यो धर्म दक्षिण पूर्व एशियाका मान्छेहरुको ऐतिहासिक सांस्कृतिक डीएनए भाग बन्न पुगेको थियो | थाई महाकाव्य, रामाकिएन रामायणमा आधारित भएर लेखिएको र अयोत्‍थाया शहर अयोध्याको नाउँमा राखिन पुग्यो | लाओ पीडीआरमा , रामायण संस्करण लाई फा लाक फा लाम भनिएको छ भने फिलीपींसमा लोक वृतांत रामायण संग दुर्स्त मिलन पुगेको छ | रामायणको एउटा रूपांतरण, जसलाई यमा जाट्डडॉ भनिन्छ त्यो म्यांमारको मौखिक परंपरामा अझै जिउँदो भेटिन्छ | इंडोनेशियामा रामायणलाई काकाविन रामायण भनिन्छ | मलय संस्‍करणमा रामायणलाई सेरी रामा भन्ने गरिएको छ | मलेशियामा मात्रै २० लाख हिन्दुहरु रहेको अनुमान गरिएको छन |

वियतनाम :
========
वियतनामको पुरानो नाम चम्पा हो | चम्पाका मान्छेहरु उहिले चाम भनिन्थे | तिनीहरुका राजा उहिले शैव धर्मावलम्वी रहेका थिए | श्री भद्रवर्मन् जस्लाई चीनको इतिहासमा फन-हु-ता (३८०-४१३ ई. ) भनिएको छ नृजातीय तथा भाषाका दृश्टिले चम्पालाई चाम (मलय पलीनेशियन) भनिएको हो । अहिले यी अल्पसंख्यक हुन पुगेका छन | यी हिन्दू र बौद्ध मार्गी हुन |

मंगोलिया
=======
मनुस्मृतिमा वर्णन गरिएको दरद, खश आदि पर्वतीय जातिहरुनै नेपाल , चीन, कोरिया र मंगोलिया सम्म फैलिएका थिए भन्ने गरिएको छ | बुद्ध धर्मको प्रचार प्रसार यी देशहरुमा प्रसस्त हुन् पुगेका कारण मंगोलियाको चंगेज खांले आकाशको पूजा गर्ने गरेको थियो | पछि ती मंगोलियनहरु बुद्ध मार्गीबाट मुसलमान हुन् पुगे | नेपाल बाहेक अरु देशहरुमा धेरै बर्ष सम्म मुगलहरुले राज्य गरे | हिंदूस्थान पनि त्यसैमा पर्ने गर्दथ्यो | त्यो मंगोलियालाई पहिला मौद्गलिक भनिन्थ्यो | त्यहाँ बुद्ध धर्मको प्रसार भएको बेला तत्कालिन विपरित परिस्थितिको कारण त्यो देशमा सबै इस्लाम धर्मका अनुयायीहरु रहन पुगेका हुन | ईश्लाम युग पूर्व ती मूलत: सबै बौद्ध धर्मी थिए | उनीहरुको मन्त्र “बुद्धं शरणं गच्छामि” तथा “संघं शरणं गच्छामि” थियो |

बाली :
====
इंडोनेशियाको बाली द्वीप कोहीवेलाको हिन्दू बहुल क्षेत्र हो । त्यहाँ अहिलेपनि प्रसस्त प्राचीन हिन्दु मंदिरहरु छन – गुफा मंदिर – गोवा गजह गुफा , एलीफेंटा गुफा |यो गुफा भगवान शंकर प्रति समर्पित थियो | त्यहाँ ३ ता शिवलिंग रहेका छन | भनिन्छ रावणले सुंबा र बाली द्वीप जितेर आफ्नो शासन विस्तार गर्दा अंगद्वीप, मलय द्वीप, वराह द्वीप, शंख द्वीप, कुश द्वीप, यव द्वीप नाउँ रहन पुगेको थियो | ऋषि विश्रवाले कुबेरलाई कैलाश पर्वतको छेउ छाउ त्रिविष्टप (तिब्बत) क्षेत्रमा पठाएपछि रावण कुबेरको पुष्पक विमान सहित श्री लंकाको राजा बनेका हुन | तत्कालिन रावण राज्यको विस्तार, इंडोनेशिया, मलेशिया, बर्मा, दक्षिण भारत र संपूर्ण श्रीलंका सम्म फैलिएको थियो |

इंडोनेशिया
========
इंडोनेशियाको इतिहास हिन्दू र बुद्ध धर्मबाट प्रभावित छ | इंडोनेशियाको राजधानी बालीमा मात्र १७ हिन्दू मंदिर छन | जुन मन्दिरहरु १०सौं शतब्दीदेखि १५ औँ शताब्दिमा बनेका हुन | बेसैखको “माता मंदिर” “पूरा उलुं दनु ब्रतन” , “गोवा गजह” , “तनहा लोट” र वि .स . ९८३मा बनेको थियो | अस्तु -प्रवीण अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *