Best Online News From Nepal

महामन्त्रीमा कोइराला, कोषाध्यक्षमा यादव विजयी

नेपाली कांग्रेसको महामन्त्रीमा रामचन्द्र पौडेल प्यानलका शशांक कोइराला विजयी भएका छन्।

उनी १४ सय १७ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्दीहरु शेरबहादुर देउवा पक्षका अर्जुन नरसिंह केसीले १ हजार १७ र कृष्णप्रसाद सिटौला प्यानलका युवा नेता गगन थापाले ५ सय ८४ ल्याएका छन्।

अग्रता

निर्वाचन समितिले मतपरिणाम घोषणा गरेको हो।

त्यस्तै कोषाध्यक्षमा १२ सय १७ मत ल्याएर सीतादेवी यादव विजयी भएकी छन्।

उनको प्रतिद्वन्दी चित्रलेखा यादवले १२ सय ९ मत ल्याएर दोस्रो भएकी छन्।

गएको मध्य राति आएको परिणाममा सभापतिमा शेरबहादुर देउवा विजयी भएका थिए भने उनका प्रतिद्वन्दी रामचन्द्र पौडेल पराजित भएका थिए।

दुईवटा छुट्टाछुट्टै प्यानलबाट उठेका देउवा र कोइरालाको विजयलाई मानिसहरुले निकै चासोका रुपमा हेरेका छन्।

पदाधिकारीको गणना सम्पन्न भएपछि अब केन्द्रीय सदस्यको मतगणना बुधबार हुने बताइएको छ।

 

Source: BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *