Best Online News From Nepal

महर्षि गुरुकुल वेद विद्याश्रममा डा. विन्दु स्मृतिभवननिर्माण हुने

 २०७४ चैत्र १८ पोखरा

पोखरा लेखनाथमहानगरपालिका वडा नं. ३ नारायणस्थान नदिपुर स्थित महर्षि गुरुकूल वेद विद्याश्रममा डा. विन्दु स्मृतिभवननिर्माण हुने भएको छ । स्वर्गीय डा. विन्दु पराजुलीकाफ्लेको पुण्यस्मृतिमा वेलायतनिवासीवहाँकै श्रीमान् डा. सुरेश काफ्लेले प्रदानगर्नुहुने रु. ३५ लाख र शिक्षा मन्त्रालयबाट प्राप्त रु. १६ लाख गरी रु. ५१ लाख रुपैयाँको लागतमा डा. विन्दु स्मृतिभवनको निर्माण सम्पन्नगरिने निर्णय महर्षि गुरुकुल वेद विद्याश्रमको मातृसंस्थाबह्मचर्याश्रम समितिको विशेष साधारण सभाले गरेको छ । समितिकाउपाध्यक्ष महेश पराजुलीको पहलमाआर्थिक सहयोग दाता डा. सुरेश काफ्लेले उक्त रकमप्रदानगर्ने प्रतिवद्धता जनाउनु भएको हो । हनुमानजयन्तीकाअवसरमा नारायणस्थान स्थित बह्मचर्याश्रम समितिको विशेष साधारण सभाको समुद्घाटन प्रमुखअतिथि गलेश्वर आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामीआत्मानन्दगिरिजीमहाराजले पानसमादीपप्रज्ज्वलन गरेर गर्नुभएको थियो । बह्मचर्याश्रम समितिकाअध्यक्ष रामचन्द्र पौडेलको सभापतित्वमाभएको समितिको विशेष साधारण सभामाबोल्दै प्रमुखअतिथि स्वामीज्यूले मन्तव्य प्रकट गर्नुहुँदै वर्तमान परिप्रेक्ष्यमा गुरुकूलको महत्व अरु बढी भएको र पोखराकै पुरानो गुरुकुलको विकासमा समितिले गरेको मेहनत र खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । गुरुकुलको विकासको लागि सहयोग गर्न आफू हरतरहले तयार रहेकोउहाँलेबताउनु भयो । उक्तअवसरमा विशिष्ट अतिथिवरिष्ठ समाजसेवी रमेश शर्माले गुरुकूलप्रतिको अगाधश्रद्धा र आस्थाले आफ्नीबहिनी स्वर्गीय विन्दु पराजुलीकाफ्लेको स्मृतिमाआफ्ना ज्वाई डा. सुरेश काफ्लेले विन्दु स्मृतिभवननिर्माणमा सहयोग गर्नुभएको जानकारी दिदैं समितिले सकृय भएर भवननिर्माण कार्य अगाडि बढाउनु पर्ने बताउनु भयो ।पोखरा लेखनाथमहानगरपालिका ३ का वडाध्यक्ष रविन्द्र बहादुर प्रजुले गुरुकूलको विकासको लागि सहयोग गर्न आफू तयार भएको बताउनु भएको थियो । सो अवसरमा महामण्डलेश्वर स्वामीआत्मानन्दगिरिजीमहाराजलाई व्रह्मचर्याश्रम समितिकातर्फबाट अध्यक्ष रामचन्द्र पौडेल एवम् नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको तर्फबाट अध्यक्ष महेश पराजुलीले अभिनन्दनपत्रवाचन गरेर समर्पण गरिएकोथियो । विशेष साधारण सभाले समितिका सचिवशान्तिदेवी पराजुलीद्वारा प्रस्तुतविशेष प्रस्ताव सहितको सचिवको प्रतिवेदनएवं कोषाध्यक्ष विष्णुप्रसाद पराजुलीद्वारा प्रस्तुतआर्थिक प्रतिवेदनपारित गरेको थियो । विशेष साधारण सभामासमितिकाअध्यक्ष रामचन्द्र पौडेलले दाताबाट प्राप्त सहयोगप्रतिआभार व्यक्तगर्नुहुँदै अवतत्कालभवननिर्माण प्रारम्भ गरिने बताउनु भएको थियो । बह्मचर्याश्रम समितिकाउपाध्यक्ष महेश पराजुलीले वि.सं. १९९७मा स्थापितमहर्षि गुरुकुल वेद विद्याश्रमका संस्थापकबालकृष्ण सुवेदीको परिकल्पनाअनुसार अत्याधुनिक वैज्ञानिक पद्धतिबाट गुरुकूलको अध्ययनअध्यापन गराईने बताउनु भएको थियो । समितिका सचिवशान्तिदेवी पराजुलीद्धारा सञ्चालनभएको विशेष साधारण सभामा समितिकाउपाध्यक्ष महेश पराजुलीले स्वागतएवम् अध्यक्ष रामचन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । विशेष साधारण सभाले दाता डा. सुरेश काफ्लेलाई विशिष्ट संरक्षकमा चयन गर्नुका साथै दाताको सिफरिसमा १ जनालाई कार्यसमितिमा चयन गर्ने निर्णय गरेको छ । महर्षि गुरुकूल वेद विद्याश्रमका बटुकहरुद्वारा स्वस्तिवाचनगरिएको साधारण सभामाविभिन्न विशिष्ट व्यक्तिहरुले साधारणसभाको सफलताकोकामनाका साथै दाताको सहयोगको मुक्तकण्ठले प्रशंशागरेका थिए । सचिव शान्तिदेवी पराजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *