Best Online News From Nepal

मधेशी युवा शक्तिले पहलकदमीको भूमिका निर्वाह गर्ने युवा मोर्चाको उद्घोष

मोर्चाले निर्धारित गरेको कारयक्रमलाई स्वागत गर्दै, भोलि सोमबार २३ गते मोटरसाइकल रैली कार्यक्रम युवा मोर्चाले नेतृत्व गर्ने I आज बिहान युवा मोर्चाको बसेको बैठकले भोलि र पर्सि हुन लागेको मोटरसाइकल रेली र लाठी जुलुस युवा मोर्चाले अगुवाई गर्ने निर्णय गरेको छ I

हिजो पर्सामा बैठेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तय गरेको कार्यक्रमलाई बृहत रुपमा सफल पार्न  सबै युवा बिधार्थी एक भै अगाडी बढ्ने भएको छ | समाजवादी युवा फोरम पर्साका अध्यक्ष शेख जल्सुदीनले भोलिको रैलीमा युवा बिधार्थीको उलेखनीय उपस्तिथी हुन जनाएका छन् | अब हुने कार्यक्रममा युवाको भूमिका अहम हुने र मधेश बिरोधिलाई सखाप पर्न सबै युवा एकजुट भएको तराई मधेश युवा फ्रन्टका जिल्ला अध्य्क्ष आसुतोष चतुर्बेदीले बताएका छन् | भोलि बारा र पर्साको मोर्चाले संयुक्त रुपमा बृहत मोटरसाइकल रैली निकाल्ने जनाइएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *