पोखरा, चैत १९ ।
पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनले गर्दा तनावग्रास्त भएको छ । तनाव बढे पछि प्रहरीको हस्तक्षेप पछि लाठीचार्जबाट कर्मचारी घाइते भएका छन्।
तलव बृद्धिको माग गर्दै आन्दोलित भएका कर्मचारीलाई प्रहरी प्रशासनले एकाएक धर्नामा बसेकालाई नियन्त्रणमा लिन थाले पछि झडपको स्थिती सृजना भएको कर्मचारीले आरोप लगाएकाछन। झडपको क्रममा कर्मचारी र प्रहरी दुबैै तर्फ ७-७ जना घाईते भएको बताईएको छ । झाडपको क्रममा कर्मचारीले ईट्टा, व्लक, ढुंगा, कुर्सीले प्रहरी माथि प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खडग बहादुर खत्रीले बताए । उनका अनुसार धर्नामा बसेका कर्मचारीले प्रहरीलाई एकाएक ढुंगा मुडा गरे पछि प्रहरीले सामान्य लाठ्ठी चार्ज गरी केहिलाई नियन्त्रणमा लिएको बताए ।