Best Online News From Nepal

मंगलबार २ सय रुपैँया महँगियो सुन

सुनको भाउ उकालो लागेको छ । साताको सोमबारसम्म स्थिर रहेको सुनको भाउ मंगलबार प्रतितोला दुई सय रुपैँयाका दरले बढेको हो । यसअघि शुक्रबार एकैदिन ५ सय रुपैँया प्रतितोलाका दरले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ५५ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५५ हजार ४ सय ५० रुपैँया प्रतितोलाका  दरले कारोबार भइरहेको छ । यसअघि सोमबारसम्म छापावाल सुन प्रतितोला ५५ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको थियो भने तेजावी सुन प्रतितोला ५५ हजार २ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको थियो ।

सुनको भाउसँगै चाँदीको भाउ पनि महँगिएको छ । चाँदीको भाउ मंगलबार प्रतितोला ५ रुपैँया दरले बढेको महासंघले जनाएको छ । मूल्यवृद्धि सँगै मंगलबार चाँदीको कारोबार प्रतितोला ७ सय ३५ रुपैँयाका दरले भइरहेको छ । यसअघि, सोमबार चाँदी प्रतितोला ७ सय ३० रुपैँयाका दरले कारोबार भइरहेको थियो ।

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *