ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ताको माग गर्दै विहिवार चक्काजाम घोषणा गरेका यातायात व्यवसायीले निजी सवारी साधन चल्न दिने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा बुधवार भएको बैठकले भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाउने तर निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने निर्ण भएको हो । महासंघका महासचिव सरोज सिटौलाले निजी सवारी साधनलार्इ समेत हड्तालमा सहभागिताको लागि आब्हान गरिने बताए । उनले नीजि सवारी साधनलाईकुनै किसीमको अवरोध नगर्ने समेत बताए । सिटौलाले विहिवार विहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका सवारी नचल्ने जानकारी दिए ।