Best Online News From Nepal

भेरीको फेरी बिग्रदा सास्ती

फाल्गुन २७, २०७२- छिन्चु जाजरकोट सडक अन्तर्गतको भेरी नदीको फेरी विग्रंदा यात्रुलाई आवतजावतमा सास्ती भएको छ । हप्तै पिच्छे फेरी विग्रंदा यात्रुलाई सास्ती मात्र हैन, दैनिक उपभोग्य बस्तु र निर्माण सामाग्री ढुवानीमा पनि कठिनाई भएको छ ।

साताअघि बिग्रेको उक्त फेरी संचालन भएको १ दिन वित्न नपाउँदै पुनः विगे्रको छ । विहीवार फेरीको कलाजप्लेट विग्रेपछि संचालनमा अवरुद्ध भएको हो । यस अघि फेरी विग्रीएको सातासम्म वेवास्ता गर्ने सडक डिभीजनका कर्मचारीलाई यो पटक भने फेरी मर्मतको हतारो भएको पाइएको छ । गृह मन्त्री शक्तिबहादुर बस्नेत शुक्रबार सडक म्ाार्गब्ााटै गृह जिल्ला आउने भएपछि सडकका कर्मचारीलाई फेरी मर्मतको हतारो भएको हो । फेरी मर्मतको कार्य विहीवार राति नै पुरा गरेर संचालनमा ल्याउनु पर्ने प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले बताए । फेरीको कलाजप्लेट मर्मतको लागि सुर्खेत पठाएको मल्लले बताए ।

फेरीको लठ्ठा, जेनेरेटर, कलाज प्लेट लगाएत उपकरणमा बारम्बार समस्या आउने गरेको छ । फेरी संचालन अवरुद्ध भएपछि भेरी नदीको वल्लो पल्लो घाटमा दर्जनौं यातायातका साधन अलपत्र परेका छन् । फेरीका कारण यात्रुलाई आवतजावतमा सास्ती हुनुका साथै यातायातका साधन सल्ली बजार र राकममा अलपत्र परेका हुन् । फेरी नचल्दा यात्रुहर सुर्खेतको राकमदेखि सल्यानको सल्लीबजारसम्म आधा घण्टा पैदल हिड्न वाध्य छन् । सीधा यातायात नहुँदा जाजरकोट अस्पतालबाट प्रेषण भएका विरामी, बुढाबुढी, अपाङ्ग र बालबालिकालाई आवतजावतमा झन समस्या भएकोे छ ।

फेरी विग्रीएपछि दैनिक उपभोग्य बस्तु, खाद्य, निर्माण सामाग्री लगाएत ढुवानीमा असजिलो भएको ब्यापारी भद्रबहादुर वलीले बताए । ३५ बर्ष पुरानो जीर्ण फेरी पटक /पटक विग्रंदा सास्ती हने गरेको वलीले बताए । बर्षमा ५ महिना पनि संचालन हुने उक्त फेरीमा हप्तै पिच्छे विग्रनाले ठाउँ ठाउँमा गाडी बदल्नु पर्ने समस्याले सताएको उनले बताए । निर्माण शुरु भएको १२ बर्षसम्म भेरी नदीको राकममा पुल नबन्दा यात्रुहरुले सास्ती ब्यहोर्दैर् आएका छन् । पुरानो र जीर्ण फेरीका उपकरण एक पछि अर्को विग्रने गर्दा समस्या भएको सडक डिभीजन चौरजहारीका ईन्जिनियर धनबहादुर बुढालेे बताए । फेरी मर्मतका लागि प्राविधीक टोली खट्टीरहेको बुढाले बताए । भेरी नदीको पुल निर्माण सम्पन्न नभएसम्म यो समस्या आइ नै रहन्छ, उनले भने ।

Source: ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *