खानी तथा भूगर्भ विभागले भूकम्पपछि जोखिममा परेका प्रभावित क्षेत्रहरुको वास्तविकता बुझ्न अध्ययन टोली खटाउने तयारी थालिएको जनाएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको विस्तृत योजना बनाउनुअघि भौगोलिक अवस्थाको विवरण जरुरी रहेको भन्दै जोखिमयुक्त स्थानको पहिचान गराउनका निम्ति भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले सो काम थालेको हो।
प्राधिकरणले भौगोलिक अवस्थाको अध्ययनसँगै पुनर्निर्माणको नियमित काममा कुनै असर नपर्ने जनाएको छ।
भूकम्प गएलगत्तै खानी तथा भूगर्भ विभागले द्रुत गतिमा गरेको अध्ययनले कतिपय दुर्गम स्थान नसमेटिएकोले अब प्राधिकरणले तोकेको क्षेत्रमा विस्तृत अध्ययन थाल्ने त्यहाँका अधिकारीले बताएका छन्।
प्राथमिकता
Source: BBC