Best Online News From Nepal

भूकम्पपीडतको ७९ लाख किलो चामल गोदाममा

भूकम्प लगत्तै घरबारविहीन नेपालीलाई सहयोग पुर्‍याउन मित्रराष्ट्र बंगलादेशले ७८ लाख किलो चामल उपलब्ध गरायो । तर, आपतका वेला छिमेकीले दिएको चामलसमेत जनतालाई बाँड्न नसकेर सरकारले खाद्य संस्थानको तीनवटा गोदाममा थन्क्याइराखेको नयाँ पत्रिकामा समाचार छ । त्यसैगरी चीनले पनि एक लाख किलो चामल दिएको थियो । त्यो चामल पनि खाद्य संस्थानको काठमाडौंको गोदाममा छ । भूकम्पपीडित भोकै रहँदा पनि सरकार चामल कहिले कुहिएला भनेर पर्खिरहेको देखिन्छ । अन्तर्राष्ट्रि सहयोगको चामल वितरण नगरी राख्दा कुहिएपछि विश्व खाद्य कार्यक्रमले पनि खाल्डो खनेर पुर्दै आएको छ । विश्व खाद्य कार्यक्रमले मंगलबार मात्रै सिन्धुपाल्चोकको इर्खुमा एक लाख ६० हजार किलो कुहिएको चामल खाल्डो खनेर पुरेको थियो । यसअघि सो संस्थाले सिन्धुपाल्चोककै खाडीचौर र भीमटारमा मात्र होइन काभ्रे, धादिङ र गोरखामा पनि चामल नष्ट गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *