Best Online News From Nepal

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण नेपालको तयारी पूरा

प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ ।

भारतको पटनाबाट सिधै जनकपुरधाम आउने मोदीको हेलिकप्टर अवतरणका लागि जनकपुर विमानस्थलमा ३ वटा हेलिप्याड निर्माण गरिएको छ । भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी र उनको टोली शुक्रबार बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछ ।

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिर र त्यसपछि बाह्रबिघा रङ्गभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुने कार्यक्रम छ ।

जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ ।

मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर आउने र मन्दिरमा मन्दिरमा उनले षोडशोपचार विधिबाट विशेष पूजा अर्चना गर्ने कार्यक्रम छ । विशेष पूजाका बेला १०१ पण्डितले शंख बजाउने छन् ।

जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहने छ । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बस सेवा आरम्भ गर्नेछन् ।

त्यसपछि, प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघामा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *