Best Online News From Nepal

भारतीय आयल कर्पोरेसनले नेपाल आयात गर्ने पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ

भारतीय आयल कर्पोरेसनले नेपालले आयात गर्ने पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ । मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत् रहेको छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ३१ पैसा बढाएको हो । यसअघि मे १ तारिखमा निगमले आयात गर्ने सबै प्रकारको इन्धनमा मूल्य वृद्धि गरेको थियो ।
आईओसीले मूल्य बढाए पनि नेपाल आयल निगमले उपभोक्तालाई बेच्ने मूल्यमा भने परिर्वतन गरेको छैन। विश्व बजारमा कच्चा तेलमा आएको मूल्य वृद्धि सँगसँगै आईओसीले मूल्य वृद्धि गरेको घिमिरेले बताए । मूल्यबृद्धिपछि पेट्रोल प्रतिलिटर ४२ रुपैयाँ ६ पैसा र डिजेल ४१ रुपैयाँ ६४ पैसामा नेपालले आईओसीको डिपोबाट खरिद गर्नेछ । त्यस्तै मट्टितेल ३८ रुपैयाँ ५२ पैसा, हवाई इन्धन ३७ रुपैयाँ  ३१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ८ सय ३० रुपैयाँ ९७ पैसामा आईओसीको डिपोबाट खरिद गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *