Best Online News From Nepal

भारतसँगको व्यापार घाटा ७० प्रतिशत

श्रम तथा रोजगार र वाणिज्यमन्त्री दीपक बोहराले भारतसँग ६५ देखि ७० प्रतिशतसम्म व्यापार घाटा भएको बताएका छन् । लुम्बिनी प्रेस क्लब भैरहवाद्धारा आइतबार आयेजित एक पत्रकार भेटघाटमा बोल्दै उनले भारतसँग धेरै परनिर्भर भएकै कारण अत्यधिक व्यापार घाटा भएको बताएका हुन् । मन्त्री बोहराले हाल भइरहेको व्यापार घाटा न्यूनीकरणका लागि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा छलफल हुने बताए । वैकल्पिक बन्दरगाहका रुपमा भारतको विशाखापटनमलाई व्यवस्थित गरिन लागेको समेत उनले जानकारी गराए ।

विभिन्न देशसँग श्रम सम्झौता भएको र पहिलो चरणमा इजरायलसित सम्झौता भएअनुसार ६० जना केयर गिभरका रुपमा त्यहाँ जान थालेको उहाँले बताउनुभयो । मन्त्री बोहराले विभिन्न युरोपेली देश, साउदी अरेबिया, मलेसियासँग रोजगारको सुरक्षित गन्तव्यका रुपमा सरकारले सम्झौता गर्न लागेको बताउनुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसदसमेत रहनुभएका बोहराले जिल्लाको विकासका लागि निर्माणाधीन भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम छिटो सम्पन्न गर्ने, भैरहवा बुटवलमा निर्माणाधीन व्यापारिक मार्गको आयोजनालाई तत्काल पूरा गर्ने, भैरहवालाई सुन्दर तथा पर्यटकीय व्यापारिक सहरका रुपमा विकास गर्न भूमिका खेलिरहेको बताए ।

source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *