Best Online News From Nepal

भारतबाट विजुली ल्याएर लोडसेडिङ घटाइने

नेपालले मुलुकको लोडसेर्डिङ थेग्न भारतको सहारा लिने भएको छ । भारतको एनपीटीसी विद्युत् व्यापार निगम लिमिटेडले नेपाल विद्युत् प्राधिकरणलाई बिजुली बेच्ने भएको हो । उसले प्रतियुनिट ५।५० रुपैयाँ विजुली दिन तयार भएको हो । एनभीभीएनले यही यसैसाताभरी नेपाललाई ८० मेगावाट विद्युत् उपलब्ध गराउनेछ ।

नेपाल–भारत विद्युत् आदानप्रदान सम्झौताअन्तर्गत बिहार र उत्तरप्रदेशका बोर्डबाट बिजुली खरिद हुँदै आएको छ । यही सम्झौताबाट हाल २२० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । थप ८० समेत गरी भारतबाट मात्रै ३०० मेगावाट बिजुली आउनेछ । अहिलेको ८० मेगावाट भारत सरकारको विशेष व्यवस्था ९गभर्मेन्ट अफ इन्डिया अलोकेसन पुल० मार्फत आउँदैछ । ४०० केभी क्षमताको प्रसारणलाइन भए पनि ढल्केबरमा सबस्टेसन निर्माण नहुँदा प्रसारणलाइनलाई १३२ केभी क्षमतामा चार्ज गरेर ८० मेगावाट ल्याइने भएको हो । प्रणाली सुधार भएपछि क्रसबोर्डर लाइनबाट १ हजार २०० मेगावाट आपूर्ति गर्न सकिन्छ ।

नेपाल विद्युत प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीका अनुसार अनुसार भारतको मुजफ्फरपुरदेखि नेपालको ढल्केबरसम्म १४० किलोमिटर लामो अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आउनेछ । प्रसारणलाइनमा केही प्राविधिक काम बाँकी रहेकाले ढिलोमा शनिबारसम्म बिजुली आयात भइसक्ने उनको भनाइ छ । मुजफ्फरपुरलाई केन्द्रीय प्वाइन्ट मानेर बिजुलीको भाउ निर्धारण गरिएको अधिकारीले बताए ।

सन् २०१७ डिसेम्बरसम्म नेपालको ऊर्जा संकट समाधान गर्न भारतले केही वर्षका लागि ९४० मेगावाट बिजुली दिने घोषणा गरिसकेको छ । प्रसारणलाइन विस्तारमा भएको ढिलाइसँगै भारतले दिँदा पनि नेपालले ल्याउन सकेको छैन ।

प्राधिकरण र एनभीभीएनबीच दरमा सहमति नहुँदा बिजुली आयात अनिश्चित बनेको थियो । दुवै मुलुकका सरकारी अधिकारीबीच वार्तापछि सहमति बनेको अधिकारीले बताए । टनकपुरबाट पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडले दिँदै आएको ५.५० रुपैयाँमै अहिले सहमति भएको हो । यसअघि एनभीभीएनले प्रतियुनिट ८.६४ रुपैयाँ ९५.४० भारु० प्रस्ताव गर्दा कुरा मिलेको थिएन ।

source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *