Best Online News From Nepal

भारतबाट ठगिएको नेपाल : यस्ता छन् अहिलेसम्मका सन्धिहरु (विवरणसहित)

वि.सं. १६५७(सन् १६००) बाट इस्ट इन्डिया कम्पनिले भारतमा व्यापार गर्न थालेपछि अंग्रेज भारत र नेपालबिच व्यापारिक सन्धि भएको थियो । सन् १९२३ डिसेम्बर २१ मा दुबै देश भएको मैत्रीपूर्ण सन्धिबाट अंग्रेजहरुले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिएको थियो । सन् १९७२ मार्च १ मा इस्ट इन्डिया कम्पनि सरकार र नेपालबीच पहिलो सात सुत्रिय सन्धि भएको थियो । सन् १८८६ मार्च ३ (वि.स. १९७३) मा नेपाल र अंग्रेज भारतबीच सुगौली सन्धि भएको थियो । सन्धिमा नेपालको तर्फबाट गजराज मिश्रले १८ नोभेम्बर १८१५ मा हस्ताक्षर गरेका थिए भने अंग्रेजका तर्फबाट मेजर ब्राडशाले २ डिसेम्बर १८१५ मा हस्ताक्षर गरेका थिए ।
सन् १९५० जुलाई ३ मा नेपाल र भारत बीच शान्ति तथा मैत्री सन्धि र व्यापार सन्धिमा काठमाडौँमा हस्ताक्षर भएको थियो जसमा १० धाराहरु थिए । यो सुन्धिमा नेपालको तर्फबाट मोहन शमशेरले हस्ताक्षर गरेका थिए भने भारतको तर्फबाट हस्ताक्षर गर्ने चन्द्रेश्वर प्रसाद नारायण सिंह थिए । सन् १९५४ अप्रिल २५ मा नेपालले भारतसित कोसी सम्झौता र सन् १९५९ डिसेम्बर ४ मा गण्डक सम्झौता भएको थियो । वि.सं. २०५२ माघ २९ मा भारत भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधामन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावले विद्युत्, सिँचाई र बाढी नियन्त्रण सहितका विभिन्न लाभ रहेको पञ्चेश्वर बहुउद्देशीय परियोजना समेत समेटिएको महाकाली सन्धिमा हस्ताक्षर भयो । सन् १९६० सेप्टेम्बर ११ मा व्यापार तथा पारवाहन सन्धिमा नेपाल र भारतबीच हस्ताक्षर भएको थियो । नेपालका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमण सन् २०११ अक्टोबर २०–२३ को अवसरमा द्धिपक्षीय लगानी संरक्षण तथा प्रवद्र्यन सम्झौता (विप्पा) मा नेपालका तात्कालीन उद्योगमन्त्री अनिल झा र भारतका तात्कालीन अर्थमन्त्री प्रवण मुखर्जीले २१ अक्टोबर २०११(वि.सं. २०६८ कार्तिक ४) मा नयाँ दिल्लीमा हस्ताक्षर गरेका थिए । नेपाल र भारतबिच दोहोरो कर मुक्ति सम्झौता (डीटीटीए) र वित्तीय छल निवारण सम्झौतामा नेपालका तात्कालीन अर्थमन्त्री वर्षमान पुन र भारतका तात्काली अर्थमन्त्री प्रवण मुखर्जीले सन् २०११ नोभेम्बर २७ (वि.सं. २०६८ मंसिर ११) मा काठमाडौँमा हस्ताक्षर गरेका थिए ।

नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीहरु
सन् १९५१ भारतका तात्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल भ्रमणमा आएका थिए । सन् १९६३ मा तात्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्री, सन् १९९० फेब्रुअरी १३–१५ मा तात्कालीन प्रधानमन्त्री चन्द्रशेखर, सन् १९९२ अक्टोबर १९–२१ मा तात्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजराल र वि. सं. २०७१ साउन १८ र १९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको भ्रमण गरे ।

 

Source: BusinessSansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *