मनोज कुमार उपाध्याय, दिल्लि- भारत
माइती नेपालकी अध्यक्ष #अनुराधा कोइरालालाई भारतीय #राष्ट्रपति #प्रणव #मुखर्जीले #पद्मश्री पदकबाट सम्मानित गर्नुभएको हो । नयाँ दिल्लीमा बिहीबार भएको कार्यक्रममा उहाँलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पद्मश्री पदकबाट #सम्मानित गर्नुभएको हो । महिला बेचबिखन रोकथाम तथा उद्धारका क्षेत्रमा गरेको उल्लेख्य योगदानको कदर गर्दै भारतले उहाँलाई पद्मश्री पदकबाट
सम्मानित गरेको हो । नागरिकलाई भारत सरकाले प्रदान गर्ने चौथो बरियताको यो पदक पाउने अनुराधा कोइराला यसवर्षका लागि एक मात्र विदेशी नागरिक हुनुहुन्छ ।