Ambika Dhital —-
रामायणको अनुवाद गर्यौ , हे भानुभक्त
नेपाली भाषाको प्रचार गरी,बनायौ सशक्त
भक्तमाला , प्रश्नोत्तर , बधुशिक्षा हुँदै
रामगितामा आध्यात्मिक,भाव छ अभिव्यक्त
अमरावती कान्तिपुरी ,सुन्दर नगरीमा
व्यङ्ग्य गर्दै समाजको,चित्र खिच्यौ दुरूस्त
भाषाहरूको एकीकरण,गरी नेपालमा
जोगायौ हर नेपालीलाई,हुनबाट विरक्त
सेवा गर्ने घाँसीको ,उच्च विचारलाई
कदर गर्दै बन्यौ तिमी,सदा रामको भक्त
प्रकृति र राष्ट्रप्रेम ,नैतिकता सिकाउने
आदिकवि भानु प्रति छौँ,हामी अनुरक्त